कुखुरापालन व्यावसायबाट मनग्य आम्दानी गर्दै पर्वतका दिदिबहिनी

मंसिर १२, पर्वत । पर्वतको जलजला गाउँपालिका-९ बनौका दुई दिदिबहिनी कुखुरापालन व्यावसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । दुई दिदिबहिनी यामकुमारी गर्बुजा र मनकुमारी पुर्जाले गाउँमै ठूलो लगानीमा एकीकृत फार्म सञ्चालनमा ल्याएका हुन् ।  दुवै जनाका श्रीमान अहिले खाडी मुलुकमा पसिना बगाइरहेका छन् । महिलाहरुले गएको असोज महीनादेखि गाउँमै रहेको खाली जग्गामा बनौ कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेर प्रसस्त आम्दानी गर्न थालेका हुन् । उनीहरुले रू. २५ लाख रुपैयाँ लगानी गरेर कुखुरा फार्म, बंगुरपालन फार्म र तरकारी खेती गर्दै आएका छन् । यामकुमारीका श्रीमान मनबहादुर गर्बुजा र मनकुमारीका श्रीमान रुद्रबहादुर पुर्जा रोजगारीका लागि कतार गएका छन् ।  कृषि फार्मको क्षमता बढाएर श्रीमानलाई स्वदेश फर्काउने उनीहरुको योजना रहेको छ । अहिले कृषि फार्ममा १ हजार कुखुरा, झण्डै १ दर्जन बंगुर रहेका छन् भने तीन ओटा टनेलमा मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् । बनौमा विशेषगरी बेमौसमी तरकारी उत्पादन हुने गर्दछ । टमाटर, काउली, बन्दा, खुर्सानी, काक्रो, घिरौला, लौका लगायतका तरकारीहरु उत्पादन गरेर विक्री गर्दै आएका छन् । मगर समुदायको बाहुल्यता रहेको यो गाउँमा यस्ता खालका अन्य फार्महरु छैनन् । एकमात्र फार्म भएकाले पनि यहाँ उत्पादन भएका अधिकांश उपजहरु गाउँमै खपत हुने गरेको सञ्चालक यामकुमारीले बताइन् । उनका अनुसार गत असोजदेखि शुरु गरिएको फार्मबाट अहिले कुखुरा, बंगुर र तरकारीबाट आम्दानी हुन थालिसकेको छ । दैनिक २४ क्यारेट अण्डा उत्पादन हुन्छन् भने तरकारीबाट समेत मासिक रुपमा सोचे अनुरुप आम्दानी हुने गरेको छ ।  श्रीमानहरु लामो समयदेखि कतारको चर्को घाममा पसिना बगाएपनि सोचेजस्तो आम्दानी हुन नसकेपछि आफूहरुले गाउँमै ऋण गरेर कृषि फार्म सञ्चालन गरेको अर्की सञ्चालक मनकुमारीले बताईन् ।  दुवैजना दिदीबहिनी फार्ममै बस्छन् । बिहान सबेरै उठ्ने एकजनाले कुखुरालाई दाना दिने, अण्डा संगाल्ने, अर्कीले बंगुरलाई दानापानी दिने र तरकारी बारीमा गएर गोडमेल गर्ने, उत्पादित तरकारी टिपेर विक्री गर्ने दैनिकी बनेको छ ।  उनीहरुले फार्ममै कुटानी पिसानी मेशिन समेत राखेका छन् । अन्नवाली कुटानी पिसानी गर्न आउनेहरुले उत्पादित अण्डा र तरकारी किनेर लैजाने गरेको मनकुमारीले बताइन् । उत्पादन गर्न सक्यो भने बजारको समस्या छैन उनले भनिन् ‘माग पु¥याउन धौ धौ भएको छ ।’ उनले यस वर्ष झण्डै रू. ५ लाख आम्दानी हुने अनुमान गरिएको बताईन् ।   ठूलो धनराशी लगानी गरेर फार्म शुरुवात गरेपनि अहिलेसम्म कतैबाट सहयोग नपाएको उनीहरुको गुनासो रहेको छ । दर्ता गरेर कानूनी रुपमा सञ्चालन गरिएको भएपनि गाउँपालिका, कृषि ज्ञान केन्द्र, प्रदेश कतैबाट पनि सहयोग नपाएको यामकुमारीले बताइन् । वडा अध्यक्ष गौबहादुर पुर्जाले उनीहरुको कृषि फार्ममा अनुदानका लागि गाउँपालिकामा पहल भइरहेको बताए । खोर निर्माण, प्लाष्टिक टनेल निर्माण र उत्पादनमा अनुदानका लागि पहल भइरहेको उनले जानकारी दिए ।  सामान्य घरायसी काममा दिन बिताउँदै आएका यामकुमारी र मनकुमारी कृषि फार्मबाट प्रशस्त आम्दानी हुन थालेपछि फुरुङ्ग बनेका छन् । गर्न सके कुनै जागिर खानु पर्दो रहेनछ, यसैबाट पनि प्रसस्त आम्दानी गर्न सकिँदो रहेछ भन्ने लागेको छ उनीहरुले भन्छन् । उनीहरुले श्रीमानहरुलाई गाउँ फर्किन आग्रह गरिसकेको बताएका छन् । श्रीमानहरु फर्केपछि व्यावसायको आकार बढाएर फ्रेस हाउस समेत सञ्चालन गर्ने योजना रहेको छ ।  अब श्रीमानहरु लगायत कोही पनि युवा युवतीलाई विदेश नजान सल्लाह दिने उनीहरुले बताए । कृषि फार्ममा गरेको लगानी उठेपछि भएको फाइदाले छोराछोरीलाई गुणस्तरीय विद्यालयमा पढाउने र रकम बचत गर्ने उनिहरुको योजना रहेको छ । दिदीबहिनी मिलेर सञ्चालन गरेको यो फार्म जिल्लाकै नमूना रहेको वडा अध्यक्ष गौबहादुर पुर्जाले बताए । 

सम्बन्धित सामग्री

फलफूलका बिरुवा उत्पादनबाट मनग्य आम्दानी

महेन्द्रनगर, ३ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका चन्दले मासिक रु ६० हजारसम्मको बोट बिरुवा बिक्री वितरण हुने गरेको बताए । पाँच वर्षयता तीन कठ्ठा […]

कुचोबाट मनग्य आम्दानी

मंगलबारे – इलाम आठ ‘अ’ ले प्रख्यात मानिन्छ। आठमध्येको अम्रिसो गाईवस्तुलाई घाँस खुवाउने गरिन्छ। त्यसैको फूल अर्थात् कुचोबाट इलामका किसानहरूले मनग्य आम्दानी गरिरहेका छन्। अम्रिसो खेतीबाट किसानलाई दोहोरो आम्दानी हुने गरेको छ। घाँस वस्तुलाई र फूल घर आँगन सफा गर्न। उब्रिएको कुचो बेचेर आम्दानी भइरहेको छ। इलामका किसानको एक महत्त्वपूर्ण आम्दानीका रूपमा यसलाई समेत लिइएको […]

च्याउखेतीबाट मनग्य आम्दानी

मध्यविन्दु, २० माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा च्याउखेती गर्ने कृषक मेहनत गरे आफ्नै ठाउँमा नै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । गैँडाकोट नगरपालिका–५ मा रहेको छत्राक एग्रो फार्मका सञ्चालक ६१ वर्षीय कर्णलाल श्रेष्ठ विगत दुई वर्षदेखि च्याउखेतीमा नै रमाइरहैका छन्। “केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न त पैसाले रोक्दो रहेनछ, […]

मौरी पालनबाट मनग्य आम्दानी

जुम्लामा मौरी पालन व्यवसायबाट कृषकहरू मनग्य आम्दानी गर्दै आएका छन्। जिल्लामा आधुनिक र परम्परागत मौरी पालन व्यवसाय गरिरहेका किसानहरूको राम्रो कमाइ हुने गरेको छ।...

भैँसीपालनबाट मनग्य आम्दानी

दमौली- तनहुँको म्याग्दे गाउँपालिका-४ का  कृषक समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गरेका छन् । ‘विदेश गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ,’ उनले भने, ‘विदेशमा जत्ति काम स्वदेशमै गर्न सके यहीँ मनग्य आम्दानी हुन्छ ।’ बंकबाट ऋण काढेर भैँसीपालन सुरु गरेका किसान श्रेष्ठले भैसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट रहेको बताए। असिम भैसीफार्मका […]

भैँसीपालनबाट मनग्य आम्दानी

काठमाडौँ,१३ पुष । तनहुँको म्याग्दे गाउँपालिका–४ का कृषक समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गरेका छन् । “विदेश गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ,” उनले भने, “विदेशमा जत्ति काम स्वदेशमै गर्न सके यहीँ मनग्य आम्दानी हुन्छ ।” बैङ्कबाट ऋण काढेर भैँसीपालन सुरु गरेका किसान श्रेष्ठले भैसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट रहेको बताए […]

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै झापाका कृषक

जिल्लाको उत्तरी भेगका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्।

बाख्रापालनबाट मनग्य आम्दानी

काठमाडौँ,८ भदौ । मोरङको सुन्दरहरैंचा–१ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन् । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर यसमै लागेका छन् । “बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भए”, उनले भने । उनको फार्ममा उन्नतजातका बयर, […]

बाख्रापालनबाट मनग्य आम्दानी

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैंचा–१ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन्। पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर यसमै लागेका छन् । ‘बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भए’, उनले भने । उनको फार्ममा उन्नतजातका बयर, जमुनावारि र […]