कालीकोट अस्पतालको आम्दानी बढ्यो

मान्म । जिल्ला अस्पताल कालीकोटको वार्षिक आम्दानी ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा अस्पताल विकास समितिको खातामा विभिन्न स्रोतबाट सो आम्दानी प्राप्त भएको हो । विद्युतीय बिलिङ प्रणाली सुरु गरेको र विकास समितिको खाताबाट चुहावट हुन रोकिएकाले अस्पतालको आन्तरिक स्रोतमा वृद्धि भएको स्वास्थ्यसेवा कार्यालय कालीकोटका लेखा अधिकृत मुनबहादुर रावतले […]

सम्बन्धित सामग्री

नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी - Nepal Japan

कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–९, मुम्राका ४६ वर्षीय वसन्त लुवार गाउँमा स्थापित नेपाली हाते कागज

नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी

कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–९, मुम्राका ४६ वर्षीय वसन्त लुवार गाउँमा स्थापित नेपाली हाते कागजबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।

नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी

८ जेठ, कालिकोट । कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–९, मुम्राका ४६ वर्षीय वसन्त लुवार गाउँमा स्थापित नेपाली हाते कागजबाट मनग्य आम्दानी गरिरहेका छन् । पहिले रोजगारीका लागि अर्काको देशमा गएर जोखिमपूर्ण काम गर्नुपरे पनि त्यहाँबाट फर्केर गाउँमै …

कालीकोटमा सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन

कालीकोट – यस वर्ष कालीकोटमा मनग्य स्याउ उत्पादन भएन । स्याउ उत्पादन गरेर राम्रो आम्दानी लिन थाले तर उत्पादन भने राम्रो भएन । चालु आर्थिक वर्षमा कालीकोटको एक हजार तीन सय हेक्टर क्षेत्रफल ओगटेको स्याउको बगैँचाले अहिले नौ सय हेक्टर क्षेत्रफलमा मात्रै स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ । नौ सय […]

मूर्ति व्यवसायबाट आत्मनिर्भर

बुढीनन्दा गाउँपालिका–६ बाजुराका कर्णप्रसाद जैसी मुगुको धैनकोट बसेर सररस्वतीलगायत विभिन्न देवीदेवताका मूर्ति बनाउँछन् । ४८ वर्षीय जैसीले बनाएका सरस्वतीका मूर्तिको माग हुम्ला, बाजुरा, जुम्ला, कालीकोट, डोल्पामा जाने गरेको छ । उनले मूर्ति बनाएरै महिनामा १ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।

खाँडाचक्रमा डडुवा रोगले आलु नष्ट

कालीकोट – जिल्लाको खाँडाचक्र नगरपालिका–११ स्थित रेगिल गाउँका किसानहरुले लगाएको आलु बाली डडुवा रोगले नष्ट भएको छ । डडुवा रोगले स्थानीय किसानहरुले करिब पाँच बिगाहा जमिनमा लगाएको आलु बाली नष्ट भएको हो । आलुबाट आम्दानी राम्रो हुने भएकाले पुरै गाउँका किसानहरुले आलु लगाएको तर रोग लागेपछि पुरै नष्ट भएको स्थानीय किसान मनसरा शाहीले बताए। ‘विगतमा […]

कालीकोट अस्पतालको आम्दानी बढ्यो

कालीकोट । जिल्ला अस्पताल कालीकोटको वार्षिक आम्दानी ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा अस्पताल विकास समितिको खातामा विभिन्न स्रोतबाट सो आम्दानी प्राप्त भएको हो । विद्युतीय बिलिङ प्रणाली शुरू गरेको र विकास समितिको खाताबाट चुहावट हुन रोकिएकाले अस्पतालको आन्तरिक स्रोतमा वृिद्ध भएको स्वास्थ्यसेवा कार्यालय कालीकोटका लेखा अधिकृत मुनबहादुर रावतले जानकारी दिए । आर्थिक वर्ष २०७६/७७ मा अस्पतालको आन्तरिक आम्दानी ९ लाख दुई हजार थियो । ‘अस्पताल विकास समितिले सञ्चालन गरेको औषधि पसल, बिरामीबाट लिने सामान्य सेवा र केही भेन्टिलेटर खरिद गर्दा बचेको स्रोतलाई जम्मा गर्दा आन्तरिक स्रोत बढेको हो,’ उनले भने, ‘चालू आर्थिक वर्षमा थप वृद्धि हुने लक्ष्य राखेका छौं ।’ यसभन्दा अघि अस्पतालको आन्तरिक स्रोत हुने आयलाई ऋण सापटी लिने दिने, औषधि खरिद गर्दा खासै चासो नदिने, बिलिङ गतिलो नभएकाले विगतमा अस्पतालको आन्तरिक स्रोत नभएको र अहिले विद्युतीय प्रणाली लागू गर्दा सबै क्षेत्रमा सुधार भएको जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताए । रासस

सामूहिक स्याउ उत्पादनमा जुटे युवा

कालीकोट । कालिकोटको तिलागुफा नगरपालिका–३ फोइमहादेवका युवा सामूहिक स्याउखेतीमा लागेका छन् । स्याउका लागि उर्वरभूमि मानिएको सो वडाको फोइमहादेव गाउँका युवा सामूहिक स्याउखेतीमा लागेका हुन् ।      स्याउ सुपरजोन कार्यक्रम जुम्लाको सहयोगमा फोइमहादेव गाउँका युवा समूह गठन गरेर सामूहिक स्याउखेतीमा लागेका छन् । स्याउको राम्रो उत्पादन हुने क्षेत्र भएको र स्याउ सुपरजोन कार्यक्रमले सहयोग गरेकाले सामूहिक स्याउखेतीमा आफूहरूलाई लाग्न प्रेरित गरेको सुन्दर तरकारी तथा फलफूल समूहका अध्यक्ष शान्ति बुढाले बताए । ‘स्याउका लागि हाम्रो गाउँ नै उर्वरभूमि हो, हामीले कसरी आत्मनिर्भर हुने भनेर समूहको गठन गरेका थियौं,’ उनले भने, ‘हामीले समूह गठन गरेर स्याउखेतीमा लाग्ने सोच बनायौं, अहिले केही सहयोग स्याउ सुपरजोन कार्यक्रमले गर्दा सहज भएको छ ।’ स्याउ सुपरजोन कार्यक्रमको १ लाख ५० हजार अनुदान र समूहको १ लाख ५० हजार रुपैयाँ लागतमा स्याउको बारी सिँचाइ गर्न पोखरी निर्माण गरिएको अध्यक्ष बुढाले बताए । ‘हामीले सामूहिक स्याउ बारीमा पाँच हजार स्याउका बिरुवा रोपेका छौं,’ उनले भने, ‘पन्ध्र जनाको समूह छ, स्याउका बिरुवा रोपिएका ठाउँमा सिँचाइका पोखरीसमेत निर्माण गरेका छौं ।’   स्याउ र सिमी उत्पादनका लागि गाउँको माटो उपयुक्त भएका कारणले त्यसको उत्पादनमा लागेको स्थानीय प्रेमबहादुर बुढाले बताए । ‘रोजगारीका लागि अन्य ठाउँमा जानुभन्दा कृषि पेशा गरेर गाउँमै राम्रो आम्दानी लिन सकिन्छ,’ उनले भने, ‘गाउँमै स्याउ र सिमी खेतीका लागि राम्रो अवस्था छ, यसको माग पनि बढेकाले एकल खेती गर्नुभन्दा सामूहिक खेती गरौं भनेर सबै लागेका छौं ।’ कृषि र फलफूल उत्पादनका लागि विशेष जोड दिएको नगरपालिकाले प्रत्येक वर्ष कृषकहरूलाई स्याउलगायत कृषिका क्षेत्रमा अनुदानको व्यवस्था गरेको वडाध्यक्ष नन्दबहादुर कटुवालले बताए । ‘कृषि क्षेत्रबाटै नगरपालिकालाई समृद्ध बनाउने योजना छ,’ उनले भने, ‘त्यसै आधारमा कृषिमा लाग्ने युवालाई अनुदान दिएर प्रोत्साहन गर्ने गरेका छौ ।’      नगरपालिकाको मुख्य आयस्रोतका रूपमा स्याउ, सिमी र ओखर रहेकाले त्यसको उत्पादन तथा प्रवद्र्धनमा विशेष जोड दिइएको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले जानकारी दिए । रासस