मूर्ति व्यवसायबाट आत्मनिर्भर

बुढीनन्दा गाउँपालिका–६ बाजुराका कर्णप्रसाद जैसी मुगुको धैनकोट बसेर सररस्वतीलगायत विभिन्न देवीदेवताका मूर्ति बनाउँछन् । ४८ वर्षीय जैसीले बनाएका सरस्वतीका मूर्तिको माग हुम्ला, बाजुरा, जुम्ला, कालीकोट, डोल्पामा जाने गरेको छ । उनले मूर्ति बनाएरै महिनामा १ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।