साढे दुई अर्बको बुद्धमूर्तिलाई भैरहवामा यसरी गरियो स्वागत (तस्बिरहरू)

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न ल्याइएको बहुमूल्य बुद्धमूर्तिलाई शनिबार भैरहवा नगर परिक्रमा गराइएको छ।

सम्बन्धित सामग्री

बजेटको विरोधमा इतिहासमै पहिलो पटक सडकमा ओर्लिए उद्योगी

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले सिमित उद्योगलाई पोस्ने नीति लिएको भन्दै उद्योगीहरु सडकमा ओर्लिएका छन् । जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट विभेदकारी रहेको भन्दै स्टिल उद्योगीहरु आन्दोलित भएका हुन् । उनीहरुले आज बिहिबार भैरहवामा प्रदर्शन नै गरेका छन् । भैरहवामै उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।विद्युतको खपत बढाउने, रोजगारी बढाउने र ४० अर्बको व्यापार घाटा कम गराउने दाबी गर्दै अर्थमन्त्री शर्माले गत भदौमा प्रतिस्थापन बजेटमार्फत स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुट दिने नीति लिएका थिए । सोही नीतिलाई आगामी आर्थिक वर्षको बजेटमा पनि निरन्तरता दिएपछि उद्योगीहरु आन्दोलित भएका हुन् । उनीहरुले सिमित उद्योगीहरुलाई पोस्ने गरी कायम गरिएको विभेदकारी भन्सार दर र अन्तःशुल्क खारेज गर्न माग गरेका छन् । आन्दोलित उद्योगीहरुले फलामे छड तथा वायर्समा तयारी बस्तुमा मात्रै अन्तःशुल्क लगाउन माग गरेका छन् । सिमित उद्योगीको दलाली बन्द गर्न माग गर्दै उनीहरुले मजदूरलाई गरिखाने वातावरण बनाउन आग्रह गरेका छन् । बजेटको विरोधमा उद्योगीहरु सडकमा ओर्लिएको इतिहासमा यो नै पहिलो पटक हो । सेनेटरी प्याड उत्पादन गर्ने उद्योगीहरु पनि आन्दोलनको तयारीमा छन् ।

राष्ट्रपति भण्डारीले गरिन् अढाई अर्बको ‘महाकरुणा’ बुद्ध मूर्तिको अनावरण

रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रूपैयाँ मूल्यको ‘महाकरुणा’ बुद्ध मूर्तिको आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी छन् । ‘ह्वाइट जेड’ धातुबाट निर्मित २ अर्ब ५० करोड मूल्यको महाकरुवा बुद्धमूर्ति हो । बुद्धमूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध मूर्ति राखिएकोमा यसले विश्वभर शान्तिको सन्देश फैलाउन ठूलो भूमिका खेल्ने बताइन् ।  ‘विश्वभरका पर्यटकमाझ शान्ति, अ...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ अर्बको बुद्ध मूर्ति

६ कार्तिक, बुटवल । गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा साढे दुई अर्ब रुपैयाँ मूल्यको १८ सय किलोग्राम तौलको बुद्ध मूर्ति राखिने भएको छ । बहुमूल्य धातु 'ह्वाइट जेड स्टोन'बाट बनेको बुद्धको मूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले …

भैरहवामा दुई अर्बको बुद्धमूर्ति राखिँदै

रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँको बुद्धमूर्ति राखिने भएको छ । कोलकाताबाट ल्याइएको उक्त मुर्ति विमानस्थल परिसरमा राखिने र ‘ह्वाइट जेड’ धातुबाट बनेको छ ।

८ अर्बको आयोजनाको लागत ३५ अर्ब नाघ्दै - Karobar National Economic Daily

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने समयसम्ममा आयोजनको लागत झन्डै ३५ अर्ब रुपैयाँ पुग्ने देखिएको छ । नागरिक उड्डयन…