काठमाडौं : सडकमा चहलपहल कम छ। केही मानिस कसलाई भोट हाल्ने भनेर सल्लाह गर्दै मतदान स्थलतिर जाँदै छन्। केही मानिस भोट खसालिसकेर बूढीऔँलाको नीलो मसी हेर्दै फर्कँदै छन्। त्यही सडक छेउमा आधा सटर खुलेको चियापसल छ। चियापसलमा एउटा पुरानो रेडियोमा समाचारको हेडलाइन बज्दै छ, 'मतदाताको उत्साहजनक उपस्थितिमा स्थानीय निर्वाचन हुँदै..'डिकुमायालाई आज अलिकति फुर्सद छ। ग्याँसको चुलो, चुलो राखेको टेबल, चिनी, चियापत्ती लगायतका वस्तु राखेका बट्टा, बट्टा राखेको ठाउँ सबै एक एक गर्दै सफा गर्दै छिन