माओवादीको घोषणा : २०८४ को चुनावमा विदेशबाट भोट दिने व्यवस्था

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आउँदो स्थानीय चुनावमा विदेशबाटै भोट हाल्न पाउने व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार सार्वजनिक माओवादी केन्द्रको घोषणापत्रमा लेखिएको छ, ‘आगामी स्थानीय निर्वाचनसम्म विदेशमा रहेका नेपालीहरुले आफू कार्यरत मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था गरिनेछ ।’ हरेक ५ वर्षमा हुने स्थानीय तहको अर्को निर्वाचन अब २०८४ मा हुनेछ । […]