राष्ट्रियसभा चुनावमा भोट हाल्नेले अनिवार्य ७२ घण्टाभित्रको कोरोना रिपोर्ट देखाउनुपर्ने

काठमाण्डौ - वाग्मती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा चुनावमा सहभागी हुने मतदाताले ७२ घण्टाभित्रको कोरोनाको पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएको छ । पर्सि ६ गते वाग्मती प्रदेशमा र २७ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा चुनावमा भोट हाल्न जानेहरुले अनिवार्य ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने भएको हो ।  कोभिड सङ्क्रमण नदेखिएका प्रदेशसभा सदस्यलाई मतदान केन्द्र ‘क’ मा, पालिकाका प्रमुख, उप-प्रमुख, अध्यक्ष र उपाध्यक्षलाई मतदान केन्द्र ‘ख’ मा, र कोरोना सङ्क्रमण देखिएकालाई मतदान केन्द्र...