६ ओटा लघुवित्त कम्पनीद्वारा एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन

काठमाडौं  । ६ ओटा लघुवित्त कम्पनी एफपीओ निष्कासन गर्ने तयारी प्रक्रियामा लागेका छन् । यी ६ ओटा कम्पनीले एफपीओ निष्कासनका लागि विभिन्न समयमा नेपाल धितोपत्र बोर्डमा निवेदन दिसकेका छन् । यी कम्पनीलाई बोर्डले स्वीकृति दिएमा एफपीओ निष्कासन गर्नेछन् ।  एफपीओ निष्कासन गर्न किसान, मिर्मिरे, युनिक नेपाल, उन्नति सहकार्य, समता घरेलु र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले विभिन्न मितिमा बाोर्डमा निवेदन दिएका छन् । पूँजी संरचना मिलाउन यी लघुवित्त कम्पनीले एफपीओ निष्कासन गर्ने भएका हुन् ।  सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई मर्ज तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने व्यवस्था रहेको छ । सोही प्रावधान अनुसार यी कम्पनीले एफपीओ निष्कासन गर्न लागेका हुन् ।  सबैभन्दा बढी कित्ता एफपीओ किसान लघुवित्तको  किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता रू. १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । उक्त एफपीओ निष्कासन गर्न कम्पनीले २०७८ असार २९ गते निवेदन दिएको थियो । बोर्डबाट स्वीकृति पाएपछि मात्र यो कम्पनीले एफपीओ निष्कासन गर्नेछ । कम्पनीको एफपीओ विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रू. ५ करोड १४ लाख नाफा कमाएको छ ।  नयाँ सारथी लघुवित्त वित्तीय संस्था  नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्न गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । यस कम्पनीले निष्कासन गर्न लागेको एफपीओ विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिएसँगै यो कम्पनीको नाम नयाँ सारथी लघुवित्त वित्तीय संस्था भएको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ६ करोड ४० लाख  नाफा कमाएको छ ।  मिर्मिरे लघुवित्त वित्तीय संस्था  यो कम्पनीले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो  । कम्पनीले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा उक्त एफपीओ निष्कासन गर्न सेबोनमा २०७८ कात्तिक  २३ गते निवेदन दिएको थियो । कम्पनीले निष्कासन गर्न लागेको एफपीओ विक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  यस कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एफपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १७ करोड ४९ लाख नाफा कमाएको छ ।  समता घरेलु लघुवित्त वित्तीय संस्था यो कम्पनी प्रतिकित्ता रू. १५९ दशमलव शुन्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले एफपीओ निष्कासन गर्न २०७८ चैत २९ गते सेबोनमा निवेदन दिसकेको छ । यो कम्पनीको एफपीओ विक्री प्रवन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर भई समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । कम्पनीले तेस्रो त्रैमाससम्म रू. ५ करोड ३६ लाखमा नाफा कमाएको छ ।  उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था  यो कम्पनीले प्रतिकित्ता रू.१५९ मा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गर्न २०७८ चैत २५ गते सेबोनमा निवेदन दिएको छ । उक्त एफपीओ विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  यो कम्पनी उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपमा गाभिएपछि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । यस कम्पनीले चालू आवको चैत मसान्तसम्म रू. ३ करोड ७९ लाख नाफा कमाएको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था   यो कम्पनी प्रतिकित्ता रू. १०० मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा छ । कम्पनीले उक्त एफपीओ निष्कासनका लागि २०७८ चैत १७ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । एफपीओ विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  यो कम्पनी साविकको युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेपश्चात् युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ७ करोड २७ लाख नाफा कमाएको छ ।  स्रोत : नेपाल धितोपत्र बोर्ड 

सम्बन्धित सामग्री

मिर्मिरे लघुवित्तले एफपीओ निष्कासन गर्न सेबोनबाट पायो स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एफपीओ निष्कासन गर्न स्वीकृति दिएको छ । सेबोनले कम्पनीलाई १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्कासन गर्न असोज ४ गते स्वीकृति दिएको हो । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । कम्पनीले अंकित मूल्यमा एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले एफपीओ निष्कासन गर्न निवेदन दिएको करीब २ वर्षपछि स्वीकृति पाएको छ । कम्पनीले २०७८ कात्तिक २३ गते एफपीओ निष्कासन गर्न निवेदन दिएको थियो ।  कम्पनीले शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको शेयर संरचना हाल संस्थापकको ७१ प्रतिशत र सर्वसाधारणको २९ प्रतिशत छ ।

महुली लघुवित्तले एफपीओ निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले रू. ४ करोड ७५ लाख ४४ हजार ९१५ बराबरको एफपीओ निष्कासन गर्न सेबोनमा भदौ २४ गते निवेदन दिएको हो । विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले अंकित मूल्य १ सयका ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्कासन गर्नेछ ।

सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्कासन गर्ने,सेबोनमा निवेदन दियो

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले  अंकित मूल्य प्रतिकित्ता  एक सय रूपैयाँ मूल्यका ४६  हजार ७३० कित्ता एफपीओ निष्कासन गर्न भदौ १८ गते सेबोनमा निवेदन दिएको हो ।  सेबोनबाट स्वीकृती पाएपछि मात्रै एफपीओ निष्कासन गर्नेछ ।  एफपीओ बिक्रीबाट कम्पनीले सर्वसाधारणबाट थप ४६ लाख ७२ हजार ९५४.५ रुपैयाँ रकम उठाउनेछ । कम्पनीले हाल कायम संस्थापकतर्फको ७० दशमलव ३६ प्रतिशत र सर्वसाधारणतर्फको २९ दशमलव ६४ प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत पु¥याउन एफपीओ निष्कासन गर्न लागेको हो ।

एफपीओ निष्कासन गर्न लागेको युनिक नेपाल लघुवित्त रू. ५ करोड ९८ लाख नोक्सानीमा

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनी चालू आवको तेस्रो त्रैमाससम्म  रू. ५ करोड ९८ लाख नोक्सानीमा छ । गत आवको तेस्रो त्रैमाससम्म भने कम्पनी रू. ७ करोड २७ लाख नाफामा थियो ।  चालू आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा नोक्सानीमा गएको हो । गत आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा रू. ७ करोड ७५ लाख छुट्याएकोमा चालू आवमा रू. १८ करोड ६० लाख छुट्याएको छ । त्यस्तै गरी कम्पनीको खुद ब्याज आम्दानी पनि  गत आवको तुलनामा चालू आवमा १९ प्रतिशत घटेको छ । गत आवमा रू. २० करोड ६२ लाख खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवमा रू. १६ करोड ६४ लाख मात्र कमाएको हो ।  त्यस्तै गत आवमा ३ दशमलव ९३ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा चालू आवमा १० दशमलव २९ प्रतिशत पुगेको छ । चुक्तापूँजी रू. ११ करोड ६ लाख रहेको कम्पनीले जगेडामा रू. १७ करोड ७० लाख सञ्चित गरेको छ । कम्पनी नोक्सानी रहेसँगै प्रतिशेयर आम्दानी ५७ रुपैयाँ ५३ पैसा ऋणात्मक छ । त्यस्तै तरलता अनुपात १० दशमलव शून्य ६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ३३४ दशमलव १८ रहेको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट थप सार्वजनिक निष्कासन (एफपीओ) का लागि स्वीकृति पाएको छ ।  स्वीकृति पाएसँगै कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्नेछ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

एफपीओ निष्कासनको आवेदन दिएका कम्पनीले किन पाएनन् सेबोनबाट स्वीकृति ?

काठमाडौं । एफपीओ निष्कासन गर्ने उद्देश्यले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवदेन दिएको लामो समय भइसक्दा पनि कम्पनीहरूले स्वीकृति पाएका छैनन् । पूँजी संरचना मिलाउन हालसम्म ६ लघुवित्त वित्तीय संस्थाले निवेदन दिइसकेका छन् । निवेदन दिनेमा किसान लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था हुन् ।  एफपीओ निष्कासन गर्ने कम्पनीको धितोपत्र सार्वजनिक भएको तीन वर्ष पूरा भएको हुनुपर्छ । निवेदन दिएका कतिपय कम्पनीहरूको यो प्रावधान पूरा नभएकाले स्वीकृतिमा ढिलाइ भएको देखिन्छ । त्यस्तै एफपीओ निष्कासनका लागि कारोबार शुरू गरेको पाँच वर्ष पूरा गरेको हुनुपर्छ । निवेदकमध्ये कतिपय लघुवित्त कम्पनीले कारोबार शुरू गरेको पाँच वर्ष पुगेको छैन ।  ‘प्रावधान पूरा गरेका कम्पनीहरूले आवश्यक कागजात पेस गरेमा एफपीओ निष्कासनको स्वीकृति पाउँछन्,’ सेबोनका प्रवक्ता मुक्ति श्रेष्ठले भने, ‘लगातार तीन वर्ष नाफामा गएको, कारोबार शुरू गरेको पाँच वर्ष पूरा भएको तथा औसतमा क्रेडिट रेटिङ राम्रो पाएको कम्पनीले एफपीओ निष्कासन गर्न स्वीकृति पाउँछ ।’  निवेदन गर्ने ६ कम्पनीमध्ये किसान लघुवित्तले प्रतिकित्ता रू. १२५ मा सबैभन्दा बढी १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासनका लागि निवेदन गरेको छ । कम्पनीले २०७८ असार २९ गते सेबोनमा निवेदन दिएको हो ।  नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासनका लागि गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । कम्पनीले २०७८ कात्तिक २३ गते निवेदन दिएको हो । समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १५९ दशमलव शून्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासनका लागि २०७८ चैत २९ गते निवेदन दिएको हो ।  उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १५९ मा १ लाख ७८ हजार कित्ता ४५१ कित्ता एफपीओ निष्कासन गर्नका लागि सेबोनमा २०७८ चैत २५ गते निवेदन दिएको हो ।  त्यस्तै युनिक नेपाल लघुवित्त वित्तीय संस्था प्रतिकित्ता रू. १०० मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले २०७८ चैत १७ गते सेबोनमा निवेदन दिएको हो । सेबोनले युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई आवश्यक थप कागजात पेश गर्न फागुन २९ गते सुझाव पठाएको छ ।

युनिक नेपाल लघुवित्तले एफपीओ जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

चैत २१, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डसँग एफपीओ निष्कासनका लागि अनुमति  माग गर्दै निवेदन दिएको छ । कम्पनीले गत चैत १७ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एफपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो। बोर्डले अनुमति दिएमा कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको एफपीओ जारी गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा  कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्नेछ।  कम्पनीकाो शेयर  निष्कासन तथा  विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई  मर्जर गरी गत पुस ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । युनिक लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्जर गरेपछि बनेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले शेयर संरचना मिलाउनको लागि एफपीओ निष्कासन गर्न लागेको हो । घोडीघोडा लघुवित्त सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था दोस्रो बजारमा सूचीकृत नभएको  कम्पनी हो । सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई मर्जर तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने कानूनी प्रावधान भएकाले  कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । आवश्यक प्रक्रिया पुरा गरेर बोर्डबाट अनुमति पाएपछि मात्र कम्पनीले एफपीओ निष्कासन गर्नेछ ।

एफपीओ निष्कासन गर्ने तयारीमा रहेको मिर्मिरे लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

पुस २३, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।  कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएसँगै निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्नका लागि कात्तिक २३ गते सेबोनमा निवेदन दिएको हो ।  विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ । इक्रा नेपालले कम्पनीले निष्कासन गर्न लागेको एफपीओलाई इक्रा एनपी इस्यूआर बीबी रेटिङ प्रदान गरेको छ ।  यस्तो रेटिङले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाँउछ । कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको हो । स्वेडा लघुवित्त वित्तीय संस्था दोस्रो बजारमा सूचीकृत कम्पनी होइन ।  सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई प्राप्ति गरेपश्चात शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नु पर्ने भएकाले यस कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र एफपीओ निष्कासन गर्नेछ ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा आयोजना गरिसकेको छ । सभा होटल सारथि धुलिखेल काभ्रे पालञ्चोक मा बिहान ११:३० बजे शुरु हुने जानकारी गराएको हो ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९३ प्रतिशत अर्थात् २ दशमलव ९३ गुणा वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. २ करोड १७ लाख ३७ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ६ करोड ३७ लाख ६१ हजार पुगेको हो ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा बढ्न सहयोग पुगेको हो । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ११५ प्रतिशत र सञ्चालन नाफा १९३ प्रतिशत वृद्धि भएको हो । चुक्तापूँजी रू. ४३ करोड ५० लाख ७१ हजार रहेको कम्पनीले जगेडामा रू. ४१ करोड १७ लाख ८७ हजार सञ्चित गरेको हो ।  त्यसैगरी, चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ५ अर्ब ४६ करोड ६ लाख सापटी लिएर रू. २ अर्ब १३ करोड ९५ लाख निक्षेप संकलन गरेर रू. ८ अर्ब ११ करोड ९४ लाख कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ५८ दशमलव ६२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१९४ दशमलव ६५ पुगेको छ ।

एफपीओ निष्कासन गर्ने तयारीमा रहेको किसान लघुवित्तको वित्तीय अवस्था :

मंसिर १६, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले प्रतिकित्ता रू. १२५ मा  १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले एफपीओ निष्कासन गर्नेछ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले एफपीओ निष्कासन गर्नेछ । उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले गत असार २९ गते धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।  एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपश्चात  एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरेर किसान लघुवित्त वित्तीय संस्थाबाट कारोबार गर्दै आएको छ । दोस्रो बजारमा सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई प्राप्ति गरेपश्चात शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने कानूनी प्रावधान भएकाले  कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो ।  कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. १ करोड १९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३५ प्रतिशत घटेको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १ करोड ८५ लाख नाफा कमाएको थियो । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १२ प्रतिशतले वृद्धि भएको छ ।  गत आवमा रू. ७ करोड १९ लाख खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीले चालू आवमा वृद्धि गरेर रू.८ करोड ६ लाख आम्दानी गरेको छ । कम्पनीको चुक्तापूँजी रू. ३९ करोड २८ लाख रहेको छ  ।  जगेडा कोषमा कम्पनीले रू. ३३ करोड ८३ लाख ४१ हजार सञ्चित गरेको छ । जगेडा कोष गत आवको तुलनामा चालू आवमा २७७ प्रतिशतले वृद्धि भएको छ। गत आवमा कम्पनीले जगेडामा रू. ८ करोड ९७ लाख सञ्चित गरेको थियो । त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू.५ अर्ब १५ करोड १६ लाख सापटि लिएर, रू. १ अर्ब २१ करोड २९ लाख ३९ हजार निक्षेप संकलन गरेर रू.६ अर्ब ३७ करोड ४५ लाख २४ हजार कर्जा लगानी गरेको छ । स्रोत : धितोपत्र बोर्ड र कम्पनीले प्रकाशित  गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणमा आधारित

नेपाल बैंकको एफपीओ पनि विवादमा, धितोपत्र बोर्ड छलफलमा

२८ माघ, काठमाडौं । बुटवल पावर कम्पनीपछि नेपाल बैंकले नयाँ सेयर (एफपीओ) जारी गर्न पाउने/नपाउने विवाद देखिएको छ । बैंकको सञ्चित नोक्सान रहेकाले एफपीओ विवादमा परेको हो । धितोपत्र बोर्डको नियमअनुसार एफपीओ जारी गर्ने कम्पनी पछिल्लो पाँच वर्षमा कम्तिमा तीन वर्ष खुद नाफामा सञ्चालन भएको हुनु पर्छ । सेयर जारी गर्ने …