एफपीओ निष्कासनको आवेदन दिएका कम्पनीले किन पाएनन् सेबोनबाट स्वीकृति ?

काठमाडौं । एफपीओ निष्कासन गर्ने उद्देश्यले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवदेन दिएको लामो समय भइसक्दा पनि कम्पनीहरूले स्वीकृति पाएका छैनन् । पूँजी संरचना मिलाउन हालसम्म ६ लघुवित्त वित्तीय संस्थाले निवेदन दिइसकेका छन् । निवेदन दिनेमा किसान लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था हुन् ।  एफपीओ निष्कासन गर्ने कम्पनीको धितोपत्र सार्वजनिक भएको तीन वर्ष पूरा भएको हुनुपर्छ । निवेदन दिएका कतिपय कम्पनीहरूको यो प्रावधान पूरा नभएकाले स्वीकृतिमा ढिलाइ भएको देखिन्छ । त्यस्तै एफपीओ निष्कासनका लागि कारोबार शुरू गरेको पाँच वर्ष पूरा गरेको हुनुपर्छ । निवेदकमध्ये कतिपय लघुवित्त कम्पनीले कारोबार शुरू गरेको पाँच वर्ष पुगेको छैन ।  ‘प्रावधान पूरा गरेका कम्पनीहरूले आवश्यक कागजात पेस गरेमा एफपीओ निष्कासनको स्वीकृति पाउँछन्,’ सेबोनका प्रवक्ता मुक्ति श्रेष्ठले भने, ‘लगातार तीन वर्ष नाफामा गएको, कारोबार शुरू गरेको पाँच वर्ष पूरा भएको तथा औसतमा क्रेडिट रेटिङ राम्रो पाएको कम्पनीले एफपीओ निष्कासन गर्न स्वीकृति पाउँछ ।’  निवेदन गर्ने ६ कम्पनीमध्ये किसान लघुवित्तले प्रतिकित्ता रू. १२५ मा सबैभन्दा बढी १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासनका लागि निवेदन गरेको छ । कम्पनीले २०७८ असार २९ गते सेबोनमा निवेदन दिएको हो ।  नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासनका लागि गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । कम्पनीले २०७८ कात्तिक २३ गते निवेदन दिएको हो । समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १५९ दशमलव शून्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासनका लागि २०७८ चैत २९ गते निवेदन दिएको हो ।  उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १५९ मा १ लाख ७८ हजार कित्ता ४५१ कित्ता एफपीओ निष्कासन गर्नका लागि सेबोनमा २०७८ चैत २५ गते निवेदन दिएको हो ।  त्यस्तै युनिक नेपाल लघुवित्त वित्तीय संस्था प्रतिकित्ता रू. १०० मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले २०७८ चैत १७ गते सेबोनमा निवेदन दिएको हो । सेबोनले युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई आवश्यक थप कागजात पेश गर्न फागुन २९ गते सुझाव पठाएको छ । 

सम्बन्धित सामग्री

हुलाकी राजमार्गः निर्माण कम्पनीले पाएनन् काम गरेको दुई अर्ब भुक्तानी

धनगढी । कैलालीमा ६९ किलोमिटर र कञ्चनपुरमा ६२ किलोमिटर हुलाकी राजमार्ग ठेक्कामार्फत निर्माण हँदैछ । कञ्चनपुरमा २०६६–७७ देखि सडक निर्माणको काम सुरु भएको हो । अहिले दुबै जिल्लामा हुलाकी राजमार्ग र पुल निर्माणका लागि १७ वटा ठेक्का सम्झौता मार्फत काम भइरहेको छ । तर, नेपाल सरकारले कैलाली–कञ्चनपुरमा हुलाकी सडक र पुलहरू निर्माण गरेका १७ वटा […] The post हुलाकी राजमार्गः निर्माण कम्पनीले पाएनन् काम गरेको दुई अर्ब भुक्तानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विद्युत् व्यापार गर्न निजी कम्पनी तयार, पाएनन् अनुमति

नेपालमा विद्युत् व्यापारका लागि झन्डै आधा दर्जन कम्पनी स्थापना भइसकेका छन् तर विद्युत् व्यापारका लागि खुलेका कम्पनीले स्वदेश तथा विदेशी मुलुकमा व्यापार गर्न भने पाइरहेका छैनन् ।...

विद्युत् व्यापार गर्न निजी कम्पनी तयार, पाएनन् अनुमति

नेपालमा विद्युत् व्यापारका लागि झन्डै आधा दर्जन कम्पनी स्थापना भइसकेका छन् तर विद्युत् व्यापारका लागि खुलेका कम्पनीले स्वदेश तथा विदेशी मुलुकमा व्यापार गर्न भने पाइरहेका छैनन् ।...

तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन्

काठमाडाैँ – तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ । चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेवापतको ज्याला नपाउँदा छ सय ४२ मजदुरलाई हात–मुख जोड्न नै समस्या भएको हो । दैनिक मजदुरी गरी खानेलाई सिल्क, शारदा, नमस्ते ट्रान्सपोर्ट, रेवाङ लजिस्टिकलगायतका ट्रान्सपोर्ट कम्पनीले […]

२७ वर्षका यी युवकले जागिर पाएनन्

२७ वर्षका एक युवकले जति गरेपनि जागिर नपाएपछि एउटा भिडियो पोस्ट गरेका छन् । चीनको डोङगुआनका यी युवक लगभग ३० वर्ष पुग्नै लागिसकेका छन् तर उनी भने बच्चा जस्तै देखिन्छन् ।माओ सेङ आफू २७ वर्ष पुगिसकेको दाबी गर्छन् तर उनी १० वर्षको बालक जस्तो देखिन्छन् । आफ्नो उमेरभन्दा पनि कम देखिनु त राम्रो कुरा हो नि भनेर कतिले भनिरहेका छन् तर माओ यसलाई अभिशाप भन्छन् । किनभने जवान भइसक्दा पनि जागिर नपाउँदा धेरै नै सास्ती खोप्नु परेको बताएका छन् । उनले आफू जति उमेरका बताउँछन् कम्पनीले त्यसलाई मरेकाटे पनि विश्वास गरे

मन्त्रालयले बजेट नपठाउँदा १६ करोड निर्माण कम्पनीले पाएनन्

भद्रपुर  । अर्थ मन्त्रलयले बजेट नपठाउँदा १६ करोडभन्दा बढी रकम निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको पाइएको छ ।झापाका नदी तथा खोलाहरूमा तटबन्धको काम शुरू गर्नु भनी जनताको तटबन्ध कार्यक्रम झापासँग लिखित रूपमै सहमति जनाएको अर्थ मन्त्रालयले बजेट नपठाउँदा झापाका नदी तथा खोला नियन्त्रण (तटबन्ध)को काम प्रभावित बनेको हो । सहमतिअनुसार झापाका सात वटा नदीमा […]

साउदीमा ७० नेपाली युवा अलपत्र, ९ महिनादेखि पाएनन् तलब (भिडियोसहित)

दोहा– वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका ७० नेपाली युवा साउदीको खोबरमा अलपत्र परेका छन् । काठमाडौंस्थित सिनेट इन्टरनेशनल म्यानपावरमार्फत विगत ३० महिनाअघि त्यहाँ पुगेका उनीहरु अलपत्र परेका हुन् । साउदीको जुबेलमा रहेको साश इन्टरनेशनल कम्पनीमा कार्यरत उनीहरुलाई कम्पनीले तलब नदिँदा आफूहरु समस्यामा परेको अलपत्र परेकामध्ये झापाका लक्ष्मी पौडेलले जानकारी दिए । ‘‌हामी विगत ३० […]

आईपीओ ल्याउने तयारीमा २८ कम्पनी, कुनैले पनि पाएनन् अनुमति

विभिन्न क्षेत्रका २८ वटा कम्पनी साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन् । उनीहरू सर्वसाधारणलाई आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगेका हुन् ।तर, आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगेको ती कुनै पनि कम्पनीले पछिल्लो समय अनुमति पाएका छैनन् । खास गरी, सेयर बजारको नियामकको हैसियतमा रहेको धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा आईपीओ निष्कासनको अनुमति नपाएका हुन् ।बोर्डमा १८ वटा जलविद्युत कम्पनी, ६ वटा लघुवित्त कम्पनी, २ वटा बीमा कम्पनी र २ वटा अन्य कम्पनीले अनुमति माग

दुबईमा सय नेपालीले आठ महिनादेखि तलब पाएनन्

पारिश्रमिक नदिएको कम्पनीले कार्यरत अधिकांशको भिसा रद्द गर्दा २०–२५ हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ। ‘मेरो भिसाको अवधि सकिन पनि चार दिन जति बाँकी छ,’ उनले फोन सम्पर्कमा भने। आठ महिनादेखि पारिश्रमिक नपाउँदा साथीभाइसँग ऋण लिएर...