कुन प्रदेश, जिल्ला र स्थानीय तहमा कति छन् मतदाता ? (विवरणसहित)

निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको हो । निर्वाचनका लागि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रातोपाटीलाई जानकारी दिए । आयोगले प्रकाशन गरेको अन्तिम मतदाता आंकडा अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता रहेका छन् । मधेश प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७०, वागमती प्रदेशमा ३४ लाख १२ हजार ८ सय ६९ मतदाता रहेका छन् । यस्तै गण्डकी

सम्बन्धित सामग्री

नवनिर्वाचित जनप्रतिनिधिलाई सुधारका काम गर्न प्रदीप पौडेलको सुझाव

१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सुधारका काम गर्न सुझाव दिएका छन् । स्थानीय तह चुनावको नतिजाले संघ र प्रदेशमा कांग्रेसलाई जिताउन मतदाता आतुर रहेको देखिएको भन्दै उनले प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई बलियो बनाउनका लागि जनप्रतिनिधिले सुधारका काम गर्नु पर्ने बताए । काठमाडौं क्षेत्र नम्बर ७ […]

कम्तीमा ६२ प्रतिशत मतदान : निर्वाचन आयोग

३० वैशाख, काठमाडौं । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६२ प्रतिशत मत खसेको भएको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ स्थानीय तहमा ५ वर्षका लागि जनप्रतिनिधि चयनका लागि भएको मतदानमा कम्तीमा ६२ प्रतिशत मतदाता सहभागी भएको एक निर्वाचन आयुक्तले बताए । शुक्रबार २६ मतदानस्थलका ४१ केन्द्रको निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।

कसरी हाल्ने मत? कुन कुन अवस्थामा मत बदर हुन्छ ?

काठमाडौं : वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ। देशभरका स्थानीय तहमा एकसाथ हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। बुधवारबाट मौन अवधि लागू हुँदा मतदाता शिक्षालाई तीव्रता दिइएको छ। आज र भोलि निर्वाचन आयोगले मतदातालाई मत हाल्न सिकाउँदैछ। ठुला मतपत्र, गठबन्धन भएपछि सबैको चुनाव चिह्न हुनु र मतदाता शिक्षा…

चुनावी प्रेसर : मौन अवधि अघि नै शीर्ष नेता आ–आफ्नो क्षेत्रमा पुगे

शुक्रबार देशैभरका ७५३ स्थानीय तहमा चुनाव हुँदैछ । चुनावअघिको मौन अवधिमा चुनाव प्रचारप्रसार बन्द गरिन्छ जुन मंगलबार मध्यरातपछि सुरु हुँदैछ । तर, त्यसअघि नै सबैजसो पार्टीका शीर्ष नेता आफू मतदाता भएका स्थानीय तहमा पुगिसकेका छन् । शीर्ष नेताले प्रतिनिधित्व गर्ने स्थानीय तह र वडामा कुन पार्टीले जित्यो भन्ने चासोको विषय हुने भएकाले सबै पार्टीका शीर्ष नेताहरु जिल्ला र स्थानीय तह केन्द्रित भएका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार नै डडेल्धुरा पुगिसकेका छन् । मंगलबार देउवाले कैलाली र डडेल्धु

सिराहामा २२ देखि ८० वर्षसम्मका महिला उपप्रमुखका उम्मेदवार

सिराहामा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ। जिल्लाको १७ वटै स्थानीय तहमा दलका र स्वतन्त्र उम्मेदवारहरु मतदाता रिझाउन चुनावी प्रचारप्रसारमा व्यक्त छन्। जिल्लाका १७ स्थानीय तहमा १३२ महिलाले उपप्रमुख÷उपाध्यक्षमा उम्मेदवारी दर्ता...

कुन स्थानीय तहमा कति छन् मतदाता र मतदान स्थल ? (सूची हेर्नुहोस्)

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभरका स्थानीय तहमा कायम हुने मतदान स्थल र केन्द्र निर्धारण गरेको छ ।  सातै प्रदेशमा दश हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ वटा मतदान केन्द्र निर्धारण भएको निर्वाचन आयोगले जनाएको छ । जसअनुसार प्रदेश १ मा १८ सय ७७ मतदान स्थल हुँदा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ मतदाता रहेका छन् ।३३ लाख ३१ हजार १७० मतदाता रहेको मधेस प्रदेशमा २१ सय ६३ मतदानस्थल र ४ हजार १ ८९ मतदान केन्द्र रहेका छ

माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति तोक्नुपर्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली सङ्कलन र स्थानीय तह निर्वाचनका विषयमा परामर्श गरेको छ । राजनीतिक दलहरुका निर्वाचन हेर्ने प्रतिनिधिलाई बोलाएर आयोगले राष्ट्रियसभा निर्वाचनका लागि भइरहेको तयारी, मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम र स्थानीय निर्वाचनका विषयमा दलगत धारणा मागेको हो । राजनीतिक दलका प्रतिनिधिलाई […]

भक्तपुरमा आजदेखि मतदाता नामावली संकलन हुने

भक्तपुर– भक्तपुरका स्थानीय तहमा आजदेखि फोटोसहितको मतदाता नामावली संकलन हुने भएको छ । चारवटा स्थानीय तह रहेको भक्तपुरमा पहिलो र दोस्रो चरण गरी दुई चरणमा नामावली संकलन हुनेछ । जिल्ला निर्वाचन कार्यालय कार्यालयका अनुसार पहिलो चरणमा मध्यपुर थिमि नगरपालिका र चाँगुनारायण नगरपालिकाका केन्द्रहरुमा नामावली संकलन हुनेछ । सूर्यविनायक नगरपालिकामा दोस्रो चरणमा नामावली संकलन हुनेछ । […]