शुक्रबार देशैभरका ७५३ स्थानीय तहमा चुनाव हुँदैछ । चुनावअघिको मौन अवधिमा चुनाव प्रचारप्रसार बन्द गरिन्छ जुन मंगलबार मध्यरातपछि सुरु हुँदैछ । तर, त्यसअघि नै सबैजसो पार्टीका शीर्ष नेता आफू मतदाता भएका स्थानीय तहमा पुगिसकेका छन् । शीर्ष नेताले प्रतिनिधित्व गर्ने स्थानीय तह र वडामा कुन पार्टीले जित्यो भन्ने चासोको विषय हुने भएकाले सबै पार्टीका शीर्ष नेताहरु जिल्ला र स्थानीय तह केन्द्रित भएका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार नै डडेल्धुरा पुगिसकेका छन् । मंगलबार देउवाले कैलाली र डडेल्धु