निर्वाचन आयोगले मंसिर १७ देखि मतदाता नामावली संकलनसम्बन्धी विशेष अभियान सञ्चालन गर्दै

निर्वाचन आयोगले यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलनसम्बन्धी विशेष अभियान सञ्चालन गर्ने जनाएको छ । ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलन कार्यलाई निरन्तरता दिँदै मंसिर १७ गतेदेखि ती कार्यालय रहेका स्थानीय तह बाहेकका ६३७ वटा स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली संकलन हुने आयोगले जनाएको छ ।आयोगका अनुसार मतदाता नामावली संकलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुन