अब एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड लिन नपाउने

अबदेखि एकजना प्रयोगकर्ताले एउटा मोबाइल सेवा प्रदायकबाट दुईवटाभन्दा बढी सिमकार्ड लिन नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परिपत्र अनुसार एक व्यक्तिको नाममा दुईवटा भन्दा बढी सिमकार्ड नदिन मोबाइल सेवा कम्पनीलाई निर्देशन दिइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार अबदेखि एकवटा मोबाइल सेवा प्रदायक कम्पनीको बढीमा दुईवटा मात्रै सिमकार्ड निकाल्न पाइने छ । पहिले नै दुईभन्दा बढी सिमकार्ड लिइसकेका व्यक्तिले उक्त कम्पनीबाट अब सिमकार्ड किन्न पाउने छैनन्

सम्बन्धित सामग्री

सिमकार्ड पुनः बेच्न नपाइने

काठमाण्डौ, पुस २१ । दूरसञ्चार सेवा प्रदायकहरूले निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्न नपाउने भएका छन्। सर्वोच्च अदालतले तत्कालका लागि उक्त व्यवस्था कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता सपना भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले उक्त आदेश दिएको हो। एक जनाको नाममा जारी भई […]

निष्क्रिय भएको सिम अर्कोलाई बेच्न नपाइने

काठमाडौं : सर्वोच्च अदालतले एकपटक प्रयोग गरेर निष्क्रिय भइसकेको मोबाइलको सीमकार्ड पुन: अर्को व्यक्तिलाई बेच्न नपाउने आदेश दिएको छ।कुनै एक जनालाई बिक्री भइसकेको सिम एक्टिभ नभए पनि अरु कसैलाई बेच्न नपाइने आदेश दिएको हो। सञ्चार र सूचना प्रविधि मन्त्रालयसमेतलाई विपक्षी बनाउँदै सपना भण्डारीले दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो।यसअघि कुनै पनि व्यक्तिको नाममा जारी भएको सिमकार्ड ६ महिनासम्म प्रयोगमा नआएमा सो नम्बर खारेज गर्ने र खारेज भएको मितिबाट ६ महिनापछि पुनः बिक्री वितरण गर्ने पाउ

अबदेखि एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड लिन नपाउने

काठमाडौं।निर्वाचन आयोगले गुप्तचरबाट दलहरुको सुराकी गराउने तयारी गरेको छ।अबदेखि एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड लिन नपाउने भएका छन्।नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दै छ।बाढीले बर्दियामा ४९४ बिघाको धान बालीमा क्षति हुन पुगेको छ।नवौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा आजबाट सुरु हँदैछ।

प्रयोगविहीन सिम एक वर्षसम्म बेच्न नपाइने

दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री गर्नसक्ने सुविधा सेवा प्रदायकलाई थियो । नेपाल दूरसञ्चार प्राधिकरणले हालै मात्र सिमकार्ड प्रयोगसँग सम्बन्धित यो नयाँ व्यवस्था गरेको हो । ‘अब सिमकार्ड प्रयोग नभएको एक वर्षपछि मात्र सेवा प्रदायकले सिमकार्ड पुनः बिक्री गर्न पाउने छन्, प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भन्नुभयो ।

एक जनाले दुई भन्दा बढी सिमकार्ड नपाउने

काठमाडौं : एक व्यक्तिले अबदेखि आफ्नो नाममा २ भन्दा बढी सिमकार्ड निकाल्न नपाउने भएका छन्। सिमकार्डको सम्भावित दुरुपयोग रोक्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो व्यवस्था लागू गरेको हो। प्राधिकरणको असार १३ गते बसेको बोर्ड बैठकले कुनै एक प्रयोगकर्तालाई सम्बन्धितको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो।...

एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड नपाउने

एक व्यक्तिले अबदेखि आफ्नो नाममा दुईभन्दा बढी सिमकार्ड निकाल्न पाउने छैैनन् । सिमकार्डको सम्भावित दुरुपयोग रोक्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो व्यवस्था लागू गरेको हो । प्राधिकरणको असार १३ गते बसेको बोर्ड बैठकले कुनै एक प्रयोगकर्तालाई सम्बन्धितको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो । प्राधिकरणको उक्त निर्देशन सेवा प्रदायक कम्पनीलाई जानकारी गराइसकिएको निर्देशक विजय रोयले जानकारी दिनुभयो ।

एक व्यक्तिले दुई सिम मात्र राख्न पाउने

काठमाडौं । अब एक व्यक्तिले दुईओटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिइसकेको छ । यद्यपि, एक व्यक्तिले फरक- फरक सेवा प्रदायकको गरी दुई ओटाभन्दा बढी सिम राख्न पाउनेछ । अर्थात्, एकै व्यक्तिले नेपाल टेलिकमका दुईओटा, एनसेलका दुईओटा र …