छुट सुविधा उपयोग गर्न आग्रह

उद्योगी, व्यापारी एवं करदातालाई आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ ।      यो सुविधा फागुन मसान्तसम्म लागू हुने भएकाले सेवाग्राहीले समयमै आआफ्ना कर चुक्ता गरी सुविधा उपयोग गर्न कार्यालय प्रमुख विमल सापकोटाले आग्रह गरे । यस सुविधाबाट सरकारले प्राप्त गर्ने राजस्व बढ्ने र करदाता नियमनमा बाँधिने भएकाले यसबाट सबैले सुविधा लिनुपर्ने उनको धारणा छ । कार्यालयले जारी गरेको अपीलमा कुनै पनि व्यक्तिले स्थायी लेखा नं नलिई विगतमा कर लाग्ने आयआर्जन गरेक...

सम्बन्धित सामग्री

बेलायती राजदूतसँग परिसंघको छलफल, निर्यात प्रवद्र्धन र लगानी अभिवृद्धिमा जोड

नेपाल उद्योग परिसंघले  बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग छलफल गरेको छ  । छलफलमा परिसंघले नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न, बेलायती लगानी बढाउने वातावरण सिर्जना गर्न र विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतीपछि बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको वातावरण सिर्जना गर्न  राजदूत ज्ञानचन्द्र आचार्यसँग आग्रह गरेको छ । बेलायतका लागि नेपाली राजदूत नियुक्त भएका आचार्यसँगको छलफलमा परिसंघले नेपालको पूर्वाधार क्षेत्रमा लगानीको ठूलो आवश्यकता रहेको भन्दै त्यसतर्फ बेलायती लगानीकर्ता आकर्षित गर्न पहल गर्नुपर्नेमा जोड दिएको हो । छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतीपछि नेपालले पाइरहेको व्यापार सुविधा कटौती हुन सक्ने भन्दै त्यसको निरन्तरताका लागि पहल गर्न राजदूत आचार्यसँग आग्रह गरे । उनले बेलायती पर्यटकका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तव्य हुन सक्ने भएकाले पर्यटन प्रवद्र्धनमा काम गर्नुपर्नेमा पनि जोड दिए  । ‘नेपाल र बेलायतबीच सिधा हवाई सम्पर्क स्थापित गर्न सक्दा त्यसले पर्यटन प्रवद्र्धन र नेपाली वस्तुको निर्यातमा योगदान दिन सक्छ,’ उनले भने, ‘नेपाललाई शैक्षिक गन्तव्यको रूपमा पनि विकास गर्न सकिन्छ, हामीसँग त्यसको पर्याप्त संभावना छ ।’छलफलमा नवनियुक्त राजदूत आचार्यले नेपालमा उत्पादन हुने वस्तुहरूको बेलायती बजारमा प्रवद्र्धनका लागि आफूले काम गर्ने बताए  । उनले बेलायतमा नेपाली गलैँचा, हस्तकला, तयारी पोशाक, चिया, कफी जस्ता वस्तुको अधिक संभावना रहेको र नेपाली वस्तुहरूमाथि बेलायती नागरिकको विश्वास पनि रहेकाले त्यस्ता वस्तुको निर्यात प्रवद्र्धनमा निजी क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गरे। बेलायतले नेपाल जस्ता देशहरूमा आर्थिक÷सामाजिक विकासका लागि अनुदानका कार्यक्रम अघि बढाइरहेको भन्दै उनले पूर्वाधार विकासमा त्यो उपयुक्त हुने बताए । राजदूत आचार्यले नेपाल उद्योग परिसंघले आयोजना गर्ने पूर्वाधार सम्मेलनमा बेलायती लगानीकर्ता सहभागी गराउन पहल गर्ने पनि उल्लेख गरे  । ‘दुई देशबीचको आर्थिक सम्बन्धलाई थप बलियो बनाउन राजनीतिक तहमा नै संयन्त्र विकास गरी काम गर्ने सोच अघि बढाएका छौँ,’ उनले भने, ‘त्यसमार्फत पनि दुई देशबीचको आर्थिक कुटनीति बलियो बनाउने र नेपालमा लगानी बढाउन तथा नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न सकिन्छ ।’ नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको र यो सम्बन्धलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने गरी आफूले रणनीति तयार गर्ने उनको भनाइ छ । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालको जलविद्युत, खनिज, पर्यटन, शिक्षा र स्वास्थ्य गरी पाँचवटा क्षेत्र बेलायती लगानीकर्ताका लागि आकर्षक क्षेत्र हुन सक्ने औँल्याए  । नेपालमा उत्पादन हुने वस्तुलाई भारतमा भन्सार छुट सुविधासहित निर्यात गर्न सकिने भएकाले लगानीकर्ताले बजारको चिन्ता लिनु नपर्ने उनको भनाइ छ । यसैगरी परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य, गलैँचा उत्पादक संघका महासचिव अशोक अग्रवाल एवं गलैँचा निर्यातकर्ता राहुल शाक्य र तयारी पोशाक उत्पादक एवं निर्यातकर्ता बलराम गुरुङले नेपाली उत्पादन प्रवद्र्धनका लागि बेलायतस्थित दूतावासमा प्रदर्शनी केन्द्र स्थापना गर्न आग्रह गरे । उनीहरूले बेलायतमा नेपाली उत्पादन प्रवद्र्धनका लागि वार्षिक कार्यक्रम नै तय गरी व्यापार मेला आयोजना गर्न पनि सुझाव दिए । बेलायती उद्योगी र नेपाली उद्योगीबीच आपसी सम्बन्ध स्थापित गराउन दूतावासले पहल गर्नुपर्नेमा पनि जोड दिए ।

ठूला करदाता कार्यालयले भन्यो : समयमै आयकरको किस्ता दाखिला गर्नू

ठूला करदाता कार्यालयले करदाताहरूलाई समयमै आयकरको किस्ता दाखिल गर्न अनुरोध गरेको छ । आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट र सुविधाबारे बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीसँग छलफल गर्दै कार्यालयले यस्तो आग्रह गरेको हो । कार्यालयका प्रमुख कर प्रशासक तथा कार्यालय प्रमुख शिवलाल तिवारीले आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट तथा सुविधामध्ये विचाराधीन मुद्दा फिर्ता र बक्यौता कर दाखिला सुविधा लिने म्याद २०७८ पुसभित्र भएकोले सुविधा तथा सहुलियत उपयोग गर्न तथा समयमै आयकरको किस्ता दाखिला गर्न अनुरोध गरे

पोखरा र भैरहवा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको राजस्व छुट दिन माग

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगमलाई नाफामूलक अवस्थमा पु¥याउन निर्देशन दिएका छन् ।सोमबार निगम कार्यालय पुगेको उनले निगमसँग भएका विमानहरूको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा पु¥याउन आग्रह गरेका हुन् । “दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनःप्राप्ति गर्न सामुहिक प्रयासको आवश्यकता तर्फ ध्यान […]

नेवानिद्वारा पर्यटनमन्त्री अरगरियाको सम्मान

काठमाडौं (अस) । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाको सम्मानमा नेपाल वायुसेवा निगममा स्वागत कार्यक्रम आयोजना गरिएको छ । उक्त अवसरमा मन्त्री अरगरियाले निगमसँग भएका विमानको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा पु¥याउन निगम पदाधिकारीलाई निर्देशन दिए । निगमले कोरोना महामारीमा आफ्नो जिम्मेवारी पूरा गरेको बताउँदै मन्त्री अरगरियारले अझ दरिलो कार्ययोजनासहित अघि बढ्नका लागि तत्कालै योजना बनाएर गुमेको बजार पुनः प्राप्त गर्न सक्नुपर्ने आवश्यकता औंल्याए । उनले निगम नाफामूलक मात्र नभई सेवामूलकसमेत रहेकाले सरकारका तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता जनाए । मन्त्रालयका सचिव यादव कोइरालाले नयाँ परिप्रेक्ष्यमा निगमलाई ठोस कार्ययोजनासहित अगािड बढाउनुपर्नेमा जोड दिए । संस्थालाई नयाँ मोडलमा लैजाने सम्बन्धमा विभिन्न विकल्पबारे अध्ययन भइरहेको उनले जानकारी दिए । कार्यक्रममा महाप्रबन्धक डिमप्रसाद पौडेलले पर्यटनमन्त्री अरगरियालाई निगमको विगत गतिविधिबारे प्रकाश पार्दै भविष्यका कार्ययोजनाबारे अवगत गराए । निगमलाई तत्काल अन्तर्राष्ट्रिय विमान कम्पनी बनाउन नसकिए पनि क्षेत्रीय कम्पनीको रूपमा सक्रिय र सक्षम बनाउने प्रयास भइरहेको उनले जानकारी दिए । महाप्रबन्धक पौडेलले विश्वको झन्डै आधा जनसंख्याका भारत र चीन निगमका लागि राम्रो बजार रहेका एवं वैदशिक रोजगारीमा जाने पनि पर्याप्त मात्रामा भएकाले निगमले क्षेत्रीय विमान कम्पनीकै रूपमा लगानीको प्रतिफल लिन सक्ने धारणा व्यक्त गरे । उनले एयरबसको उडान घन्टाको उपयोग अन्तर्राष्ट्रिय स्तरमै कायम राख्न सकिएको बताए । भविष्यमा प्रयोगमा आउने भैरहवा र पोखराको विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवाबापतको राजस्वमा  ५ वर्षका लागि छुट गराउन र सरकारी कर्मचारीले अन्तर्राष्ट्रिय उडानमा निगमको विमान प्रयोग गर्नुपर्ने प्रावधान राख्न मन्त्री अरगरियासमक्ष आग्रह गरे ।

सरकारले दिएको कर छुटको सुविधा प्रयोग गर्न आन्तरिक राजस्व विभागको सूचना

आन्तरिक राजश्व विभागले आर्थिक अध्यादेशले दिएको कर छुटको सुविधा प्रयोग गर्न आग्रह गरेको छ।  एक सूचना जारी गर्दै विभागले कर कार्यालयमा गई सुविधा उपयोग गर्न भनेको हो । आर्थिक अध्यादेश, २०७८ को दफा २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२ र  ३३ ले कर छुट तथा सहुलियत सम्बन्धी विशेष व्यवस्था गरेको छ। आर्थिक अध्यादेश, २०७८ बाट प्रदान गरिएका कर छुट तथा सहुलियतको व्यवस्था अध्यादेश जेठ १५ गते देखि लागू हुनेछ।  कर छुट तथा सहुलियत सम्बन्धी विस्तृत विवरण आन्तरिक विभागले सार्वजनिक गरिसकेको ...

आर्थिक ऐनले दिएको छुट सुविधा उपयोग गर्न आग्रह

उद्योगी, व्यापारी एवं करदातालाई आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ ।    यो सुविधा फागुन मसान्तसम्म लागू हुने भएकाले सेवाग्राहीले समयमै आआफ्ना कर चुक्ता गरी सुविधा उपयोग गर्न कार्यालय प्रमुख विमल सापकोटाले आग्रह गरे । यस सुविधाबाट सरकारले प्राप्त...