नेवानिद्वारा पर्यटनमन्त्री अरगरियाको सम्मान

काठमाडौं (अस) । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाको सम्मानमा नेपाल वायुसेवा निगममा स्वागत कार्यक्रम आयोजना गरिएको छ । उक्त अवसरमा मन्त्री अरगरियाले निगमसँग भएका विमानको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा पु¥याउन निगम पदाधिकारीलाई निर्देशन दिए । निगमले कोरोना महामारीमा आफ्नो जिम्मेवारी पूरा गरेको बताउँदै मन्त्री अरगरियारले अझ दरिलो कार्ययोजनासहित अघि बढ्नका लागि तत्कालै योजना बनाएर गुमेको बजार पुनः प्राप्त गर्न सक्नुपर्ने आवश्यकता औंल्याए । उनले निगम नाफामूलक मात्र नभई सेवामूलकसमेत रहेकाले सरकारका तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता जनाए । मन्त्रालयका सचिव यादव कोइरालाले नयाँ परिप्रेक्ष्यमा निगमलाई ठोस कार्ययोजनासहित अगािड बढाउनुपर्नेमा जोड दिए । संस्थालाई नयाँ मोडलमा लैजाने सम्बन्धमा विभिन्न विकल्पबारे अध्ययन भइरहेको उनले जानकारी दिए । कार्यक्रममा महाप्रबन्धक डिमप्रसाद पौडेलले पर्यटनमन्त्री अरगरियालाई निगमको विगत गतिविधिबारे प्रकाश पार्दै भविष्यका कार्ययोजनाबारे अवगत गराए । निगमलाई तत्काल अन्तर्राष्ट्रिय विमान कम्पनी बनाउन नसकिए पनि क्षेत्रीय कम्पनीको रूपमा सक्रिय र सक्षम बनाउने प्रयास भइरहेको उनले जानकारी दिए । महाप्रबन्धक पौडेलले विश्वको झन्डै आधा जनसंख्याका भारत र चीन निगमका लागि राम्रो बजार रहेका एवं वैदशिक रोजगारीमा जाने पनि पर्याप्त मात्रामा भएकाले निगमले क्षेत्रीय विमान कम्पनीकै रूपमा लगानीको प्रतिफल लिन सक्ने धारणा व्यक्त गरे । उनले एयरबसको उडान घन्टाको उपयोग अन्तर्राष्ट्रिय स्तरमै कायम राख्न सकिएको बताए । भविष्यमा प्रयोगमा आउने भैरहवा र पोखराको विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवाबापतको राजस्वमा  ५ वर्षका लागि छुट गराउन र सरकारी कर्मचारीले अन्तर्राष्ट्रिय उडानमा निगमको विमान प्रयोग गर्नुपर्ने प्रावधान राख्न मन्त्री अरगरियासमक्ष आग्रह गरे ।

सम्बन्धित सामग्री

आलोचनापछि पर्यटनमन्त्री श्रेष्ठ विश्वकप हेर्न कतार नजाने

काठमाडौं : तीब्र आलोचना भएपछि पर्यटनमन्त्री जीवनराम श्रेष्ठ विश्वकप हेर्न कतार नजाने भएका छन्। चुनाव हारेर पनि नेपाल वायुसेवा निगमको खर्चमा विश्वकप हेर्न जान लागेको भन्दै आलोचना भएपछि पर्यटनमन्त्री श्रेष्ठले कतार नजाने भएका हुन्। निगम स्रोतका अनुसार केहीबेर अघि मन्त्री श्रेष्ठको सचिवालयले कतार जाने कार्यक्रम स्थगित भएको जानकारी दिएको छ। यो…

पर्यटनमन्त्री श्रेष्ठद्वारा हडपेको संरचना आफैं हटाउने अष्टमानलाई सम्मान

काठमाडौं, २९ भदौ । सरकारी जग्गा हडपेर बनाएको संरचना आफैं हटाउने अष्टमान महर्जनलाई बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले सम्मान गरेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित सिट नम्बर १०२–११०६–२२ कित्ता नम्बर ४४६ को सरकारी जग्गा हडपेर ५ वटा सटर हाली भाडा खाइरहेका महर्जनले पर्यटनमन्त्री श्रेष्ठले ताकेता गरेपछि आफैं हटाएका हुन् । […]

पर्यटनमन्त्री आलेले बुझाए माधव नेपाललाई राजीनामा पत्र

नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले आज पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्।...

पशुपतिमा सुविधासम्पन्न किरियापुत्री भवन बनाउन पर्यटनमन्त्री श्रेष्ठको पहल

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पशुपति क्षेत्र परिसरमा सुविधा सम्पन्न किरियापुत्री भवन बनाउन चासो देखाएका छन्।...

पशुपतिमा सुविधा सम्पन्न क्रियापुत्री भवन बनाउन पर्यटनमन्त्री श्रेष्ठको चासो

काठमाडौं, २१ बैशाख । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पशुपति क्षेत्र परिसरमा सुविधा सम्पन्न क्रियापुत्री भवन बनाउन चासो राखेका छन् । पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई भेटेर उनले पशुपतिमा सुविधा सम्पन्न क्रियापुत्री भवन बनाउन खोजेका हुन् । पशुपतिमा सुविधा सम्पन्न क्रियापुत्री भवन नहुँदाको पीडा भोगेका पर्यटनमन्त्री श्रेष्ठले बागमती प्रदेशबाट त्यहाँ सुविधा सम्पन्न भवन […]

भ्यू टावर नबनाउने पर्यटनमन्त्री श्रेष्ठकै लाइनमा उभियो कांग्रेस

काठमाडौं, १२ बैशाख । भ्यू टावर नबनाउने बागमती प्रदेशका पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठकै लाइनमा नेपाली कांग्रेस उभिएको छ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषणा पत्रमा जनताको करबाट उठेको राजस्वलाई भ्यू टावर र स्वागतद्वार अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौं भन्ने प्रतिज्ञा गरेको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले भ्यू टावर, […]

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

काठमाडौँ – पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण भएको छ । उनको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको निजी सचिवालयले जनाएको छ । सोमबार रिपोर्ट पोजेटिभ आएको हो । आइतबार उनले पशुपति धर्मशाला, नारायणहिटी दरबार क्षेत्र लगायतको निरीक्षण गरेका थिए।

नेपाललाई इयूको कालोसूचीबाट हटाउन  सरकार गम्भीर : पर्यटनमन्त्री

नेपाललाई युरोपेली युनियन (इयू)को कालोसूचीबाट बाहिर ल्याउन सरकार संवेदनशील रहेको पर्यटनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । युरोपेली युनियनको कालोसूचीबाट बाहिर आउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसद्मा विधेयक पेस भएको...

रामकुमारी झाँक्रीको मन्त्रालय हेरफेर, अब पर्यटनमन्त्री बन्ने

नेकपा (एकीकृत समाजवादी) ले रामकुमारी झाँक्रीलाई दिने भनिएको मन्त्रालय फेरबदल गरेको छ ।  यसअघि झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने तयारी थियो । तर, अहिले उनलाई पर्यटनमन्त्री बनाउने तयारी भइरहेको छ ।  स्वास्थ्य मन्त्रीमा भने विरोध खतिवडालाई पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।