विश्वका अधिकांश देश विपक्षमा हुँदा पनि आक्रमण नरोक्ने इजरायलको उद्घोष कायमै (भिडियो)

राष्ट्रसंघमा विश्वका अधिकांश देशले इजरायलको साथ छोडिरहेका छन् । यद्यपि, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने हमासविरुद्धको लडाइँ कसैले रोक्न नसक्ने बताएका छन् ।

सम्बन्धित सामग्री

बुर्किना फासोमा सैन्य शिविरमा विद्रोही समूहको आक्रमण : ३३ जना सैनिकको ज्यान गयो

दक्षिण अफ्रिकी देश बुर्किना फासोमा रहेको एउटा सैन्य शिविरमा विद्रोही समूहले आक्रमण गरेको छ । घटनामा ३३ जना सैनिकको ज्यान गएको छ । कम्तीमा १२ जना घाइते भएका छन् । सेनाले बिहीवार ४० जना विद्रोहीको हत्या गरेलगत्तै विद्रोही समूहले सैन्य शिविरमा आक्रमण गरेको हो । बुर्किना फासोमा सन् २०१५ देखि विद्रोही समूहका गतिविधि तीव्र भएको थियो । अहिलेसम्म दुवैतर्फ गरी १० हजारभन्दा धेरैको ज्यान गइसकेको छ । देशको एक तिहाई भूभाग सरकारको नियन्त्रणभन्दा बाहिर रहेको अल जजिराले जनाएको छ ।

यूक्रेनका पूर्वराष्ट्रपति पोरोशेन्कोलाई देश छोड्न रोक

यूक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको बताएका छन् । शनिबार रुसले आक्रमण गरेदेखि नै सरकारले आन्तरिक राजनीतिक युद्धविराम तोडेको आरोप समेत उनले लगाए । सन् २०१४ देखि २०१९ सम्म सत्तामा रहेका पोरोशेन्कोले युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय टेलिभिजनमा उनको दलको धारणा राख्न पटक पटक सार्वजनिक हुने गरेका छन् ।राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सत्तारुढ दलपछि ठूलो उनको यूरोपेली सोलिडारिटी पार्टी यूक्रेनको संसदमा दोस्रो ठूलो दल हो ।   रूसले आक्रमण गरेपछि यूक्रेनको

श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजपाक्षेसहित १६ जनालाई देश छाड्न रोक

श्रीलङ्काका पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षेसहित १६ जना राजनीतिज्ञ र प्रहरीलाई अदालतले देश छाड्न रोक लगाएको छ ।  गएको सोमवार सरकार विरोधी प्रदर्शनका समयमा राजपाक्षेले अन्धाधुन्ध आक्रमण गरेर दमन गरेको आरोपमा विपक्षीले उहाँलाई पक्राउ गर्न निवेदन दिएका छन् । शान्त प्रदर्शनका क्रममा राजपाक्षे समर्थकले आक्रमण गरेका खबरमा उल्लेख छ । अदालतले यस्तो अवस्थामा राजपाक्षे र उहाँका सहयोगीले देश छाड्न नपाउने आदेश दिएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।  श्रीलङ्काका वकिलहरूको एक समूहले पनि राजपाक्षेलाई पक्राउ गर्न माग ग...

क्रोएसियाद्धारा २४ रुसी कुटनीतिज्ञ तथा कर्मचारीलाई देश छाड्न आदेश

क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कुटनीतिज्ञ तथा कर्मचारीहरूलाई तत्काल देश छाड्न आदेश दिएको छ ।  रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरूले त्यसको विरोध गरिरहेका बेला क्रोएसियाले आफ्नो देशमा रहेका रुसी अधिकारीहरूलाई देश छाड्न आदेश दिएको हो । युरोपेली, अमेरिकी लगायतका धेरै देशले आफ्नो मुलुक भित्र रहेका रुसी अधिकारीहरूलाई देश निकाला गर्दै आएका छन् ।  रुसी अधिकारीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मर्यादा विपरितका क्रियाकलाप गरेकाले उनीहरूलाई देश निकाला गर्न

युद्धकै बीच देश फर्किने युक्रेनी बढे

युक्रेनमा रुसले आक्रमण थालेयता २४ लाख ३७ हजार युक्रेनी छिमेकी देश पोल्याण्ड प्रवेश गरेका छन्। पोल्याण्डको सीमा सुरक्षा बलले शनिबार दिएको जानकारीअनुसार पछिल्ला दिनमा युक्रेनबाट पोल्याण्ड प्रवेश गर्नेभन्दा युक्रेन फर्किनेहरुको संख्या बढेको छ। शुक्रबार पोल्याण्ड जाने युक्रेनीको संख्या निकै कम दर्ता भएको छ। रुसले गएको फेब्रुअरी २४ मा आक्रमण थालेयता दोस्रोपटक सबैभन्दा कम १५ हजार […]

पूर्व मिस युक्रेनले छोडिन् देश,युक्रेनीलाई सहयोग गर्न विश्वको ध्यानाकर्षण

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेपछि पूर्व मिस युक्रेन देश छोड्न बाध्य भएकी छिन् । रुसले युक्रेनमाथि हमला गरेको बुधवार १४ दिन पुगेको छ । युद्धबाट जोगिन लाखौं युक्रेनी नागरिकहरुले आफ्नो देश छोडेका छन् । यसैक्रममा पूर्व मिस युक्रेन भेरोनिका डिडुसेन्को आफ्नो सात वर्षीय छोरा सहित जबरजस्ती युक्रेन छोड्न बाध्य भएकी छिन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका […]

युक्रेनमाथि रूसले आक्रमण गरेपछि करिब २ लाखले देश छाडे

युक्रेनमाथि रूसले आक्रमण गरेपछि देश छाडेर भाग्नेको संख्या करिब २ लाख रहेको पाइएको छ । स्लोवाकियाका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा युक्रेनबाट करिब १० हजार मानिस उनीहरुको तीन सीमाबाट देशमा प्रवेश गरेका छन् । यो सामान्य अंकको करिब १० गुणा बढी हो । ४३ हजार भन्दा धेरै मानिस विगत तीन दिनमा युक्रेनबाट रोमानिया पुगेका छन् । जबकी डेढ लाख भन्दा धेरै मानिस पोल्याण्डमा शरणका लागि पुगेका छन् । युक्रेनको सीमा अन्य चार देश हंगरी, मोलडोवा, बेलारूस र रूससँग जोडिएको छ। हंगरी र मोलडोवामा पनि

रुसले किन गर्‍यो युक्रेनमा आक्रमण ? के छ पुटिनको नियत ?

रुस र युक्रेनबीचको विवाद अहिले युद्धमा परिणत भएको छ । यी दुई देश बाहेक सारा विश्वको नजर युरोप र अमेरिकामा छ । रुसले युक्रेनमा आक्रमण गरेको वास्तविक कारण  के छ ?  यसअघि रुसको विघटनपछि छुट्टिएका देशमध्ये युक्रेन पनि एक थियो । रुससँगै त्यसबेला क्रिमिया पनि थियो, जसलाई सन् २०१४ मा रुसले आफ्नो नियन्त्रणमा लिएको थियो […]

नाइजरमा स्लामिक स्टेटको आक्रमण, ७९ जनाको मृत्यु

१९ पुस, काठमाडौं । पश्चिमी अफ्रिकी देश नाइजरमा संदिग्ध इस्लामिक चरमपन्थीको आक्रमणबाट ७९ जनाको मृत्यु भएको छ । मालीसँग सीमा जोडिएका दुई वटा गाउँमा आक्रमण भएको हो । चोमोबांगोउ गाउँमा ४९ जना र जारोमदरय गाउँमा ३० जना मारिएको बीबीसीले लेखेको छ । चोमोबांगोउ गाउँमा सन् २०१७ देखि संकटकाल लगाइएको छ । हालका केही महिनामा यस […]