क्रोएसियाद्धारा २४ रुसी कुटनीतिज्ञ तथा कर्मचारीलाई देश छाड्न आदेश

क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कुटनीतिज्ञ तथा कर्मचारीहरूलाई तत्काल देश छाड्न आदेश दिएको छ ।  रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरूले त्यसको विरोध गरिरहेका बेला क्रोएसियाले आफ्नो देशमा रहेका रुसी अधिकारीहरूलाई देश छाड्न आदेश दिएको हो । युरोपेली, अमेरिकी लगायतका धेरै देशले आफ्नो मुलुक भित्र रहेका रुसी अधिकारीहरूलाई देश निकाला गर्दै आएका छन् ।  रुसी अधिकारीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मर्यादा विपरितका क्रियाकलाप गरेकाले उनीहरूलाई देश निकाला गर्न