काठमाडौं : रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा डिफेन्डिङ च्याम्पियन चेल्सीसँग ३-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ५-४ गोल अन्तरको नतिजा निकाल्दै रियल म्याड्रिड सेमिफाइनलमा पुगेको हो। यसअघि पहिलो लिगमा रियल म्याड्रिड ३-१ गोल अन्तरले विजयी भएको थियो। दोस्रो लिगमा भने रियललाई उसको घरेलु मैदानमा चेल्सीले कडा चुनौती दिएको थियो। ३-० ले पछि परेको अवस्थामा रियल म्याड्रिडले खेलमा कमब्याक गर्दै खेललाई अतिरिक्त समयमा लगेर गोल गर