काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । महाधिवेशनमा आफ्ना नेता तथा पदाधिकारीहरुका लागि भोट मागेर पर्चा, पम्पलेट जथाभावी फाल्दा प्रदर्शनीमार्गमा फोहोर जम्मा भएपछि काठमाडौं महानगरपालिकाले ब्रुमर लगाएर सफा गर्न थालेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आउने र त्यहाँबाट जाने सबै तेल ट्यांकरहरूमा पूर्ण नाकाबन्दीको निर्देशन दिएका छन् ।
ट्रुथ सोशलमा गरेको पोस्टमा ट्रम्पले भेनेजुएलालाई ‘आतंकवाद, लागुऔषध तस्करी र मानव तस्करी’ मा संलग्न भएको आरोप …