बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्या घटनामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले घटनामा संलग्नलाई पक्राउ गर्न व्यापकरूपमा प्रहरी परिचालन गरिएको बताए । उनले भने, “मान्छेको पहिचान भइसकेको छ, पक्राउ गर्न व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ ।” घटनामा संलग्न व्यक्तिले प्रेमिका भनिएकी मायाको घाँटी रेटेपछि उनीसँगै रहेकी नेहा लुहारलाई पनि लखेट्दै धार