संखुवासभा हत्या प्रकरण :  धरानबाट गएको प्रहरी टोलीले थाल्यो अनुसन्धान

काठमाडौँ- सङ्खुवासभाको मादी नगरपालिकाका एकै परिवारका ६ जनाको हत्या भएको घटनाको धरानबाट गएको प्रहरी टोलीले अनुसन्धान थालेको छ । सङ्घीय प्रहरी एकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा सोमबार राति घटनास्थल पुगेको टोलीले आज अनुसन्धान थालेको हो । सोमबार राति भारी वर्षा भएकाले कुकुरको प्रयोग प्रभावकारी नहुने ठानिएको छ । शव यत्रतत्र छरिएकाले लखेटीलखेटी […]

सम्बन्धित सामग्री

संखुवासभा हत्या प्रकरण : ४ जना दोषीलाई आजीवन कारावासको फैसला

संखुवासभाको मादी नगरपालिकामा भएको कार्की परिवार हत्या प्रकरणमा संलग्न दोषीलाई आजीवन कारावासको फैसला भएको छ।संखुवासभा जिल्ला अदालतले  मादी नगरपालिका–१ स्थित उम्लिङको खोलागाउँमा एकै परिवारको ६ सदस्यको हत्या प्रकरणमा ४ जनालाई आजीवन कारावासको सजाय भएको फैसला गरेको हो। अदालतका वैतानिक वकिल भवानी आचार्यका अनुसार सोमबार अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले हत्या प्रकरणमा जोडिएका ४ जनालाई […]

संखुवासभा हत्या प्रकरण : थप चारजना प्रहरी नियन्त्रणमा

विराटनगर – संखुवासभाको मादी नगरपालिका खोलागाँउस्थित कार्की परिवार हत्याकाण्डको अनुसन्धानमा प्रहरीले थप चारजनालाई नियन्त्रणमा लिएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नविनराज राईले घटनाको अनुसन्धानका क्रममा थप चारजनालाई पक्राउ गरिएको जानकारी दिएका हुन् । प्रवक्ता राईका अनुसार घटनाको थप अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको […]

संखुवासभा हत्या प्रकरण : पाँच जनाको हत्यामा एउटै चिर्पट प्रयोग

२७ भदौ, काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । उनी मृतक तेजबहादुर कार्कीका भतिजो समेत हुन् । डीआईजी अरुण बीसीका अनुसार प्रहरीले व्यक्तिगत रिसिइबी, सुनियोजित हत्या, लुटपाटका लागि हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । तर घरमा भएको सम्पत्ति र […]

संखुवासभा हत्या प्रकरण: रिसको झोंकमा भतिजोद्वारा हत्या भएको स्वीकार

इन्द्र गिरी, संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको ६ जनाको हत्या प्रकरणमा छिमेकी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हत्या अभियोगमा आज आइतबार सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । हत्या रहस्मय बन्दै गएको भन्दै प्रहरीले प्राविधिक र मानवीय दुवै कोणबाट प्रहरीले अनुसन्धान शुरू गरेको थियो । एकै परिवारका ६ जना वृद्धदेखि […]

संखुवासभा  हत्या प्रकरण : इटहरीमा गरियो सामूहिक अन्त्येष्टि

संखुवासभा : संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका ६ जनाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बुढीखोलामा गरिएको छ।हत्या गरी फालिएको अवस्थामा सोमबार बिहान फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बुढीखोला घाटमा अन्त्येष्टि गरिएको तेजबहादुरका भतिजा एमविक्रम कार्कीले जानकारी दिए।एमविक्रमका अनुसार बुधबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम भएपछि बुढीखोला घाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिका लागि तेजबहादु

संखुवासभा हत्या प्रकरण: शवको मुचुल्का भोलि मात्रै

दाहालसहितको टोली घटनास्थल पुग्न अझै एक-डेढ घण्टा लाग्न सक्ने अनुमान प्रहरीको छ। जसकारण मुचुल्का उठाउने काम भोलि बिहानबाट मात्रै सुरू हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए।

संखुवासभा हत्या प्रकरण : शव भोलि मात्रै उठाइने

काठमाडाैं : संखुवासभामा सामूहिक हत्या भएका एकै परिवारका ६ जनाको शव भोलि मात्रै उठाइने भएको छ । संघीय प्रहरीको टोली घटना स्थल पुग्न ढिलाई भएपछि घटनाको अनुसन्धान गर्न समय लाग्ने भएका कारण अब भोली मात्रै शव उठाइने संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पाण्डेले थाहाखबरलाई जानकारी दिए।घटना भएको स्थान विकट र टाढा भएका कारण प्रहरी टोली पुग्न समय लागेको उनले बताए । ‘घटना भएको ठाउँ एकदमै विकट र टाढा छ । बिहानै हिँडेको प्रहरी टोली साँझ मात्रै पुग्ने अवस्था भयो। प्रहरी पुगेर अनुस

संखुवासभा हत्या प्रकरण  : प्रहरीको चारवटा टोलीले अनुसन्धान गर्ने

काठमाडौं :  संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनाबारे प्रहरीको चारवटा टोलीले अनुसन्धान गर्ने भएको छ। संघीय, जिल्ला, इलाकासहित स्थानीय प्रहरीको टोलीले हत्या घटनाको अनुसन्धान गर्ने गरी प्रहरी टोली परिचालन गरिएको प्रदेश प्रहरीले जनाएको छ।घटनाको छानविनका लागि संघीय प्रहरी कार्यालय धरानबाट एसपीको नेतृत्वमा तालिम प्राप्त एउटा कुकुरसहित टोली परिचालन गरिएको छ। संघीय प्रहरी कार्यलय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली पठाइएको प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता त

संखुवासभा हत्या प्रकरण : परिवारका एक सदस्य जीवितै भेटिए

एउटै घरमा सुतेका सातमध्ये वृद्धबाहेक अन्य सबै मृत भेटिएका छन् । ८९ वर्षीय बौद्धमान कार्कीका परिवारका ६ जनाको शव फेला परेको हो ।  प्रहरीका अनुसार तेजबहादुर कार्की, उनकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको शव फेला परेको हो ।  बौद्धमान भने जीवित रहेको प्रहरीले जनाएको छ ।  तेजबहादुरको शव घरको आँगनमा छ । श्रीमती मनमाया र बुहारी रन्जनाको शव घर नजिकै रहेको खोल्सीमा भेटिएको छ ।  दीपक र गोमाको शव घरदेखि माथि मकैबारीमा ...

संखुवासभा हत्या प्रकरण : ६ जनाकै सनाखत

संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा हत्या भएका परिवारका ६ जनाकै सनाखत भएको छ ।  स्थानीय योगेन्द्र ओझाका अनुसार ९३ वर्षीया हजुरआमा पार्वता कार्की, उनका छोरा तेजबहादुर कार्की, बुहारी मनमाया, नातिनीबुहारी रन्जना, नाति दीप र नातिनी गोमाको हत्या भएको हो ।  ‘उनीहरूको शरीरमा अहिले परबाट हेर्दा चोट देखेका छौं,’ स्थानीय योगेन्द्रले लोकान्तरसँग भने,।  उनका अनुसार हजुरआमाको घरभित्र, छोरा बुहारीको खोला छेउमा र नातिनातिनाको घरभन्दा माथि खरबारीमा शव देखिएको छ ।