बङ्गलादेशले बालबालिकाको सुरक्षाका लागि ६ हजार सामाजिक कार्यकर्ता भर्ना गर्ने

बङ्गलादेशले बालबालिकाको सुरक्षाका लागि ६ हजार नयाँ सामाजिक कार्यकर्ता भर्ना गर्ने भएको छ । विस्तृत राष्ट्रिय घरधुरी सर्वेक्षणले १५ वर्षमुनिका ४ करोड ५० लाख बङ्गलादेशी बालबालिका घरमा शारीरिक र मनोवैज्ञानिक हिंसाको सिकार हुने गरेको प्रतिवेदन सार्वजनिक गरेपछि बालबालिकाको सुरक्षा सम्बन्धी प्रतिबद्धता आएको हो । राजधानी ढाकामा युनिसेफ र युरोपियन युनियनले संयुक्त रुपमा गरेको कार्यक्रमको प्रधानमन्त्री शेख हसिनाले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो । बङ्गलादेशमा ३० लाखभन्दा धेरै बालबालिका बालश्रम गर्छन् । जसमध्ये १३ लाख बालबाल...

सम्बन्धित सामग्री

ट्याटु खोपेका युवाले म्यादी प्रहरीमा भर्ना हुन नपाएपछि(फोटो फिचर)

चैत १६, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित ल्याबरोटरी विद्यालय परिसरमा अहिले म्यादी प्रहरी छनोटको प्रक्रिया शुरु भइरहेको छ । छनोटमा सहभागी हुन आएका युवाहरुमध्ये ट्याटु खोपेका कतिपय त युवाहरु गेटबाटै छिर्न पाएनन् । प्रहरीले ट्याटु खोपेका युवायुवातीलाई म्यादी प्रहरीको प्रारम्भिक प्रक्रियामा नै सहभागी नगराउने बताएपछि उनीहरु खिन्न बनेका थिए । अझ तीमध्ये एक जना युवाले त ४  हजार रुपैयाँको ट्याटुका कारण ४० हजार रुपैयाँको जागिर नै गुमेको गुनासो गरेका थिए । उनले सोखले बनाएको ट्याटुका कारण प्रहरी बन्नु त परको कुरा ४० दिने कार्यावधिको म्यादी प्रहरी पनि बन्न नपाएको बताए । त्यसैगरी म्यादी प्रहरी छनोटको क्रममा ट्याटु मात्र होइन प्रष्टसँग देखिने घाउ तथा खतलाई निगरानीमा राखिएको छ । उक्त परीक्षणमा  सामान्य लेखपढ मात्र नभएर एसएलसीदेखि  स्नातक उत्तिर्ण युवायुवतीहरु पनि सामेल छन् । उक्त विद्यालय  परिसरमा छनौट प्रक्रियालाई नजिकबाट नियालिरहेका एक जना अभिभावकले ४० दिने कार्यावधिको म्यादी प्रहरी हुन लागेको भिडले मुलुकमा बेरोजगारीलाई स्पष्ट रुपले चित्रण गरेको बताए ।  मंगलवारदेखि शुरु भएको छनोट प्रक्रियामा प्रहरीले आवेदन दिएका युवायुवतीको उचाई, तौल स्वास्थ्य परीक्षण, दौड, पुसअपदेखि विभिन्न प्रक्रियाको परीक्षण गर्ने गरिएको छ ।  स्वास्थ्य तन्दुरुस्ती परीक्षणमा सफल उम्मेदवारको केहि दिनपछि लिखित परीक्षा हुने छ ।  नापतौल,दौड लगायतका विभिन्न प्रक्रिया पुरा गर्ने युवायुवती मात्र म्यादी प्रहरीका लागि योग्य हुने प्रहरी  प्रधान कार्यालयले बताएको छ । उक्त परीक्षणपछि नतिजा भने आगामी चैत २२ गते प्रकाशित हुने छ ।  आगामी चैत २८ गतेदेखि म्यादी प्रहरीको प्रशिक्षण शुरु हुनेछ ।  आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न जिल्लाबाट म्यादी प्रहरी भर्ना गर्न शुरु गरिएको छ । म्यादी प्रहरीको जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट ७ हजार २०० रुपैयाँ र अन्य पोसाक तथा सामान खरीद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध हुनेछ । निर्वाचनका क्रममा म्यादी प्रहरीलाई खटिएको ठाउँमा जान आउन तयारी स्वरूप प्रतिम्यादी प्रहरी (एक पटकका लागि) १ हजार रुपैयाँ उपलब्ध हुने छ । सरकारले म्यादी प्रहरीलाई  बीमा सुविधा पनि दिएको छ । यसैक्रममा अभियान संवाददाता सुनिल शर्माले म्यादी प्रहरी छनौटका गतिविधिलाई आफ्नो क्यामेरामा  कैद गरेका  छन् । तस्वीरमा हेरौं :

म्यादी प्रहरीमा १ लाख जनाको लागि भर्ना खुल्यो

चैत १, काठमाण्डौ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले मंगलवार एक लाख जना म्यादी प्रहरीको लागि विज्ञापन खुलाएको छ । इच्छुक नेपाली नागरिकले यही चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सक्नेछन् । आवदेन फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भएको र ५४ नमागेको हुनु पर्छ साथै  फारम जिल्ला स्थित जिल्ला प्रहरी कार्यलयमा उपलब्ध हुनेछ। ‌छनोट भएका उमेरदवरले निर्वाचन अबधिभर बढीमा ४० दिन काम गर्नुपर्ने साथै छनोट भएका उम्मेदवारले ३० हजार २४० रुपैयाँसम्म तलब, सात हजार २०० रुपैयाँ खाद्यान्न र ६ हजार रुपैयाँ पोषाक तथा अन्य सामान खरीदका लागि प्राप्त गर्ने प्रहरी प्रधान कार्यालयले बताएको छ ।

एकै दिन २० हजार सङ्क्रमित हुन सक्ने, अबकाे दुई हप्ता विशेष सावधानी अपनाउन सुझाव

काठमाण्डाै - नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । दिनहुँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । तर, सङ्क्रमण रोकथामका लागि त्यसअनुसारको ध्यान भने दिइएको पाइएको छैन । केही दिनदेखि दैनिक ५/६ हजार जना नयाँ सङ्क्रमित थपिँदै छन् । यो सङ्ख्या अबको दुई हप्तासम्म अझै बढ्दै जाने विज्ञले बताएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले सङ्क्रमण बढेर एकै दिन २० हजारसम्म पुग्न सक्ने अनुमान रहेको बताउनुभयो । यस्तै, सङ्क्रमतिमध्ये १० प्रतिशतलाई अस्पताल भर्ना गर्नु पर्ने अवस्था आउने पनि उहाँको अनुमान छ । सङ्क्रमण तीव्र गतिमा फैल...

कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि सिसिएमीका १३ निर्णय

आजको समेत विवरणअनुसार देशभर ६ हजार ७५५ जना सक्रिय सङ्क्रमित देखिएका छन्। अस्पतालहरूमा समेत कोरोनाका सङ्क्रमितको सङ्ख्या वृद्धि भई भर्ना दर बढेको छ।

गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

१ भदौ, पोखरा । गण्डकी प्रदेशमा सक्रिय कोरोना संक्रमितको ६ हजार नाघेको छ । मंगलबार थप ५४५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ६ हजार २१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरुमध्ये २ हजार ८१९ जना अस्पतालमा उपचाररत छन् भने बाँकी होम आइसोलेसनमा छन् । निर्देशनालयका अनुसार पछिल्लो समय अस्पतालमा भर्ना भएकामध्ये […]

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले ज्यान गुमाएका हुन् । बैशाख ११ गतेभन्दा पहिला ३४ जना बिरामीको मृत्यू भएको थियो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले दिएको जानकारी अनुसार, हालसम्म १ लाख ६ हजार १७ जनाले आरटी पीसीआर […] The post कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

घट्यो प्रहरीमा आकर्षण

सरकारले बेलाबेला खुलाइरहेको प्रहरी भर्ना प्रक्रियामा आवेदन संख्या हेर्दा आकर्षण घट्दो देखिन्छ।  प्रहरी प्रधान कार्यालयले २०७४ देखि २०७६ सम्म जवानका लागि तीन पटक भर्ना खुलायो। २०७४ साउन ३१ गते ७ सय ६७ जना जवान माग गरिएकामा ४४ हजार ३ सय ५५ जनाको आवेदन प¥यो। २०७५ असोज १५ मा ६ हजार २ सय ४४ जना माग गरिएकामा ४१ हजार ८ सय ७१ जनाले आवेदन दिए। तुलनात्मक रूपमा धेरै पदमा भर्ना खोल्दा आवेदन उत्तिकै बढ्नुपर्ने प्रहरी मुख्यालयको बुझाइ रहे पनि त्यसअनुरूप हुन सकेन। जवानकै लागि २०७६ भदौ ६ गते ३ हजार ५ सय ९६ जनाको भर्ना ख...

स्थानीय तहमा नौ हजार कर्मचारीको भर्ना खुल्दै

लोकसेवा आयोगले झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न लागेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ नौ हजार र बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गर्न थालिएको जानकारी दिए ।

प्रहरीमा भर्ना खुल्यो

काठमाडाैं – नेपाल प्रहरीले प्रहरी निरीक्षकदेखि कार्यालय सहयोगीलगायत पदहरुमा भर्ना आह्वान गरेको छ । ७ हजारभन्दा बढी रिक्त दरबन्दीमा भर्नाको लागि आह्वान गरिएको हो ।  प्रहरी निरीक्षकमा १०८, प्रहरी सहायक निरीक्षकमा ५ सय २४ र प्रहरी जवानमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।  यस्तै खेलाड...