ट्याटु खोपेका युवाले म्यादी प्रहरीमा भर्ना हुन नपाएपछि(फोटो फिचर)

चैत १६, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित ल्याबरोटरी विद्यालय परिसरमा अहिले म्यादी प्रहरी छनोटको प्रक्रिया शुरु भइरहेको छ । छनोटमा सहभागी हुन आएका युवाहरुमध्ये ट्याटु खोपेका कतिपय त युवाहरु गेटबाटै छिर्न पाएनन् । प्रहरीले ट्याटु खोपेका युवायुवातीलाई म्यादी प्रहरीको प्रारम्भिक प्रक्रियामा नै सहभागी नगराउने बताएपछि उनीहरु खिन्न बनेका थिए । अझ तीमध्ये एक जना युवाले त ४  हजार रुपैयाँको ट्याटुका कारण ४० हजार रुपैयाँको जागिर नै गुमेको गुनासो गरेका थिए । उनले सोखले बनाएको ट्याटुका कारण प्रहरी बन्नु त परको कुरा ४० दिने कार्यावधिको म्यादी प्रहरी पनि बन्न नपाएको बताए । त्यसैगरी म्यादी प्रहरी छनोटको क्रममा ट्याटु मात्र होइन प्रष्टसँग देखिने घाउ तथा खतलाई निगरानीमा राखिएको छ । उक्त परीक्षणमा  सामान्य लेखपढ मात्र नभएर एसएलसीदेखि  स्नातक उत्तिर्ण युवायुवतीहरु पनि सामेल छन् । उक्त विद्यालय  परिसरमा छनौट प्रक्रियालाई नजिकबाट नियालिरहेका एक जना अभिभावकले ४० दिने कार्यावधिको म्यादी प्रहरी हुन लागेको भिडले मुलुकमा बेरोजगारीलाई स्पष्ट रुपले चित्रण गरेको बताए ।  मंगलवारदेखि शुरु भएको छनोट प्रक्रियामा प्रहरीले आवेदन दिएका युवायुवतीको उचाई, तौल स्वास्थ्य परीक्षण, दौड, पुसअपदेखि विभिन्न प्रक्रियाको परीक्षण गर्ने गरिएको छ ।  स्वास्थ्य तन्दुरुस्ती परीक्षणमा सफल उम्मेदवारको केहि दिनपछि लिखित परीक्षा हुने छ ।  नापतौल,दौड लगायतका विभिन्न प्रक्रिया पुरा गर्ने युवायुवती मात्र म्यादी प्रहरीका लागि योग्य हुने प्रहरी  प्रधान कार्यालयले बताएको छ । उक्त परीक्षणपछि नतिजा भने आगामी चैत २२ गते प्रकाशित हुने छ ।  आगामी चैत २८ गतेदेखि म्यादी प्रहरीको प्रशिक्षण शुरु हुनेछ ।  आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न जिल्लाबाट म्यादी प्रहरी भर्ना गर्न शुरु गरिएको छ । म्यादी प्रहरीको जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट ७ हजार २०० रुपैयाँ र अन्य पोसाक तथा सामान खरीद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध हुनेछ । निर्वाचनका क्रममा म्यादी प्रहरीलाई खटिएको ठाउँमा जान आउन तयारी स्वरूप प्रतिम्यादी प्रहरी (एक पटकका लागि) १ हजार रुपैयाँ उपलब्ध हुने छ । सरकारले म्यादी प्रहरीलाई  बीमा सुविधा पनि दिएको छ । यसैक्रममा अभियान संवाददाता सुनिल शर्माले म्यादी प्रहरी छनौटका गतिविधिलाई आफ्नो क्यामेरामा  कैद गरेका  छन् । तस्वीरमा हेरौं :  

सम्बन्धित सामग्री

आगामी निर्वाचनको लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न अर्थमन्त्रालय सहमत

काठमाडौँ: आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि १ लाख १५ हजार म्यादी प्रहरी परिचालन हुनेको भएको छ। अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न स्वकृति दिएको छ। त्यही अनुसार प्रहरीले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ। मङ्सिर ४ गते दुवै तहको निर्वाचन…

१ लाखभन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने तयारी

सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । निर्वाचन सुरक्षाका लागि एक लाख ३० हजारभन्दा बढी म्यादी प्रहरी आवश्यक पर्ने प्रहरी प्रधान कार्यालयले जनाएको हो। प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा सवै कारागारमा मतदान केन्द्र रहने हुनाले म्यादीको संख्या बढाउनुपर्ने प्रहरी अधिकारीहरु बताउँछन्।

चुनावका लागि १ लाख बढी म्यादी प्रहरी भर्ना गरिदै

काठमाडौं, २६ साउन । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको सुरक्षाको लागि १ लाख बढी म्यादी प्रहरी भर्ना गरिने योजना रहेको छ । गत स्थानीय तहको चुनावमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । प्रहरी प्रधान कार्यालयले १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव तयार पारेको विशेष स्रोतले […]

म्यादी प्रहरी भर्ना गरिँदै

काठमाडौँ । सरकारले सङ्घ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ। प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रक्रिया अघि बढाइने बताए ।  यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो ।  सङ्घ र प्रदेशको निर्वाचन आगामी ४ मङ्सिरमा हुने भएको […]

हुम्लामा चार हजार १६ म्यादी प्रहरी भर्ना गरिने

हुम्लामा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानीय तह निर्वाचन २०७९ का लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  हुम्लाका लागि चार हजार १६ म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले बताए ।छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकत

महोत्तरीमा दुई हजार बढी म्यादी प्रहरी भर्ना गरिने

महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानिय तह निर्वाचन २०७९ को लागि ६-११ चैतसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।महोत्तरीका लागि मात्र दुई हजार ७३६ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश बिष्टले जानकारी दिए । छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।विशेषगरी पूर्व नेपाली सेना, प्रहरी तथा

इलाममा एक हजार एक सय ९८ म्यादी प्रहरी भर्ना गरिँदै

आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा एक हजार एक सय ९८ म्यादी प्रहरी भर्ना गरिने भएको छ। जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरी भर्नाका लागि सूचना जारी गरेको छ।...

एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले दियो स्वीकृति

अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिएको छ । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचतको मिति तोकिएको छ । यसका लागि सुरक्षामा खटिने एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले नेपाल प्रहरीलाई स्वीकृति दिएको हो । ‘स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ,’ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले भने । म्यादी प्रहरीबारे सूचना एक साताभित्रमा सार्वजनिक

एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयको स्वीकृति

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिएको छ । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचतको मिति तोकिएको छ । यसका लागि सुरक्षामा खटिने एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले नेपाल प्रहरीलाई स्वीकृति दिएको हो । ‘स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना […] The post एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयको स्वीकृति appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय चुनावका लागि कति म्यादी प्रहरी भर्ना गरिन्छ ? प्रहरीको यस्तो तयारी

आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । देशको मौजुदा सुरक्षा जनशक्तिबाट निर्वाचनको सुरक्षाका लागि जनशक्ति अपुग हुने भएपछि म्यादी प्रहरी भर्नाको तयारी भएको हो । देशका ७५३ वटै स्थानीय तहमा एकैपटक एकै चरणमा निर्वाचन गर्ने गरी मिति तय भइसकेको छ । सरकारले ‘म्यादी प्रहरी छनोट सम्बन्धी मापदण्ड २०७८’ मार्फत म्यादी प्रहरी भर्ना गर्न लागेको हो । गृह मन्त्रालय स्रोतका अनुसार ...