काठमाण्डाै - नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । दिनहुँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । तर, सङ्क्रमण रोकथामका लागि त्यसअनुसारको ध्यान भने दिइएको पाइएको छैन । केही दिनदेखि दैनिक ५/६ हजार जना नयाँ सङ्क्रमित थपिँदै छन् । यो सङ्ख्या अबको दुई हप्तासम्म अझै बढ्दै जाने विज्ञले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले सङ्क्रमण बढेर एकै दिन २० हजारसम्म पुग्न सक्ने अनुमान रहेको बताउनुभयो । यस्तै, सङ्क्रमतिमध्ये १० प्रतिशतलाई अस्पताल भर्ना गर्नु पर्ने अवस्था आउने पनि उहाँको अनुमान छ । सङ्क्रमण तीव्र गतिमा फैल...