मेसन माउन्टले ह्याट्रिक गर्दा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीले पुछारमा रहेको नर्विच सिटीमाथि गोलको वर्षा गरेको छ । शनिबार भएको खेलमा चेल्सी ७–० को विशाल अन्तरले विजयी भएको हो ।१८ मिनेटभित्र नै थोमस टुकलको टोली २–० ले अघि बनिसकेको छ । खेलको ८ औँ मिनेटमा माउन्टले चेल्सीलाई अग्रता दिलाए भने क्यालम हडसन ओडोइले अग्रता दोब्बर बनाए । दुवै खेलाडीको सिजनमा यो पहिलो गोल थियो । पहिलो हाफ सकिन लाग्दा माउन्टले रिस जेम्सका लागि तेस्रो गोलको अवसर सिर्जना गरे ।दोस्रो हाफको शुरुवातमा