लेवान्डोस्कीको गोल वर्षा जारी, बार्सा शीर्ष स्थानमा

रोबर्ट लेवान्डोस्कीले आफ्नो गोल वर्षा जारी राख्दा बार्सिलोनाले मार्योकालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।शनिबार राति भएको खेलमा लेवान्डोस्कीले खेलको २० औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । लिगका सात खेलमा लेवान्डोस्कीको यो नवौँ गोल थियो । यो सिजन सबै प्रतियोगिताका ९ खेलमा उनले बार्साका लागि १२ गोल गरिसकेका छन् । ७ खेलपछि बार्साको १९ अंक रहेको छ । शनिबार नै भएको अर्को खेलमा उपाधि दाबेदार एट्लेटिको म्याड्रिडले सेभियालाई उसैको मैदानमा २–० ले हरायो ।

सम्बन्धित सामग्री

बायर्नको गोल वर्षा

बुन्डेसलिगा महारथि क्लब बायर्न म्युनिखले आइतबार राति एससी फ्रेइबर्गमाथि ५–० को सहज जित निकालेको छ । घरेलु मैदान एलिएन्ज एरिनामा बायर्नको जितमा सर्जियो जिनाब्री, इरिक माक्सिम, लिरोय साने, साडियो माने र मार्सेल साविट्जरले एक-एक गोल गरे । जितसँगै बायर्न १० खेलबाट १९ अंक जोड्दै दोस्रो स्थानमा छ । समान खेलबाट २३ अंक जोडेको युनियन बर्लिन शीर्ष स्थानमा छ । फ्रेइबर्ग १८ अंक सहित तेस्रो स्थानमा छ ।

हालान्डको गोल वर्षा जारी, सिटी शीर्ष स्थानमा

म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा उल्भ्सलाई ३–० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो । उल्भ्सको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, अर्लिङ हालान्ड र फिल फोडेनले एक–एक गोल गरे ।  घरेलु मैदानमा १० खेलाडीमा सिमित उल्भ्समाथि सिटीले पहिलो मिनेटमा नै अग्रता बनाएको थियो । सिटीका लागि ग्रेलिसले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको १६औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

भिनिसियसको ह्याट्रिकमा रियलको गोल वर्षा

युवा फरवार्ड भिनिसियस जुनियरको ह्याट्रिक मद्दतमा स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई ६-० अन्तरले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलको जितमा भिनिसियसले ह्याटि्रक गर्दा फर्लान्ड मेन्डी, करिम बेन्जेमा र रोड्रिगोले  १-१  गोल गरे ।यसअघि नै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको रियलले ला लिगाको समेत उपाधि जितिसकेको छ । रियल म्यड्रिड ४६ खेलबाट ८४ अंक सहित शीर्ष स्थानमा छ । पराजित लेभान्टे २९ अंक जोडेर पुछारमा छ ।

सिटीको जीतमा डि ब्रुयनाको चार गोल

केभिन डि ब्रुयनाको चार गोलको मद्दतले म्यानचेस्टर सिटीले वुल्भ्समाथि गोल वर्षा गरेको छ । बुधबार राति भएको खेलमा सिटी ५-१ गोलले विजयी हुँदै शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन सफल भएको हो ।डि ब्रुयनाले खेलको सातौँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर लगत्तै वुल्भ्सले एक गोल फर्कायो । त्यसपछि भने सिटीले एकतर्फी गोल वर्षा गरेको थियो । २४ मिनेटभित्र डि ब्रुयनाले आफ्नो ह्याट्रिक पुरा गरे भने दोस्रो हाफमा उनले अर्को गोल थपे । खेलको अन्त्यतिर राहिम स्टर्लिङले अर्को गोल थप्दै टोलीको जीत सुनिश

गोल वर्षा गर्दै सिटीलाई तीन अंकको अग्रता

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको निराशालाई पन्छाउँदै न्युक्यासल युनाइटेडलाई हराएर प्रिमियर लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ।साबिक विजेता टोलीले लिभरपुलको टोटेनहम हटस्परसँगको बराबरीको फाइदा उठाउँदै प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउनुका साथै गोल अन्तरमा पनि उल्लेखनीय रूपमा सुधार गरेको हो ।पेप ग्वार्डिओलाको टोलीलाई   १९ औँ मिनेटमा रहिम स्टर्लिङले अग्रता दिलाएका थिए । हाफ टाइम अघि एमेरिक लापोर्टेले अर्को गोल थपे । दोस्रो हाफमा र

लिड्समाथि लिभरपुलको गोल वर्षा

लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग ३ अंकमा घटाएको छ । बुधबार राति लिड्समाथि ६-० को शानदार जीत हासिल गर्दै लिभरपुलले सिटीमाथि दबाब कायम राखेको हो ।लिभरपुलले पहिलो हाफको २० मिनेटको अन्तरमा ३ गोल गरेको थियो । यसमध्ये दुईवटा गोल मोहमद शलाहले पेनाल्टीमार्फत गरेका थिए । उनले नै ३० औँ मिनेटमा जो म्याटिपका लागि अर्को गोलको अवसर सिर्जना गरे । साडियो मानेले दोस्रो हाफमा दुई गोल थपे भने इन्जुरी समयमा भर्जिल भान डाइकले एक गोल गरे ।२६ खेलपछि लिभरपुललको ६० अंक रहेको छ भने सिटीको ६३ अंक रहेको छ

माउन्टको ह्याट्रिकमा चेल्सीको गोल वर्षा

मेसन माउन्टले ह्याट्रिक गर्दा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीले पुछारमा रहेको नर्विच सिटीमाथि गोलको वर्षा गरेको छ । शनिबार भएको खेलमा चेल्सी ७–० को विशाल अन्तरले विजयी भएको हो ।१८ मिनेटभित्र नै थोमस टुकलको टोली २–० ले अघि बनिसकेको छ । खेलको ८ औँ मिनेटमा माउन्टले चेल्सीलाई अग्रता दिलाए भने क्यालम हडसन ओडोइले अग्रता दोब्बर बनाए । दुवै खेलाडीको सिजनमा यो पहिलो गोल थियो । पहिलो हाफ सकिन लाग्दा माउन्टले रिस जेम्सका लागि तेस्रो गोलको अवसर सिर्जना गरे ।दोस्रो हाफको शुरुवातमा

बायर्नको गोल वर्षा, शीर्ष स्थानमा उक्लियो

साबिक विजेता बायर्न म्युनिखले भीएफएल बोचुमविरुद्ध ७–० को शानदार जीत हासिल गर्दै जर्मन बुन्डेस लिगाको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमध्ये ४ मा जीत र एकमा बराबरी गरेको बायर्नको १३ अङ्क रहेको छ । एक खेल कम खेलेको वुल्फसवर्ग १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।शनिबार सम्पन्न खेलमा लिरोय सानेले १७ औँ मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । २७ औँ मिनेटमा जोसुवा किमिचले अग्रता दोब्बर बनाए । लगत्तै सर्जी ग्नाब्रीले तेस्रो गोल थपे । पहिलो हाफको अन्त्यतिर बोचुमले आत

बेल्जियमको गोल वर्षा, रोकियो युरोपियन विजेता

एक गोलले पछि परेको स्थिति उल्टाउँदै बेल्जियमले एस्टोनियालाई ५–२ को गोलअन्तरले हराउन सफल भएको छ । विश्वकप छनोट अन्तरगतको खेलमा शानदार जीत हासिल गर्दै बेल्जियम १० अंकसहित समूह ईको शीर्ष स्थानमा रहेको छ ।कप्तान माटियास काइटले गोल गर्दै खेलको सुरुवातमा नै एस्टोनियालाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर हान्स भान्केनले गोल गर्दै विश्वको नम्बर एक टोलीका लागि बराबरी गोल फर्काए । त्यसपछि चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गर्दै बेल्जियमको अग्रता ३–१ बनाए । ९९ खेलमा लुकाकु

बर्नलीमाथि गोल वर्षा गर्दै सिटी शीर्ष स्थानमा उक्लियो

साबिक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई ५ - ० ले हराउँदै फरकिलो जित निकालेको हो।