सुर्खेत : सरकारको मुख्य प्राथमिकता अझै पर्न नसकेको भेरी करिडोरमा निर्माण हुने पुलमा समेत बदमाशी हुँदै आएको छ। पक्की पुलको ठेक्का लिएको निर्माण व्यवसायीको चरम ढिलासुस्तीले गर्दा भेरी करिडोर ‘मृत्यु मार्ग’ जस्तै बन्न पुगेको छ।आधा दर्जन पुल ठेक्का लागे पनि विभिन्न बहानामा अलपत्र पारेपछि भेरी करिडोरमा यात्रा गर्ने यात्रुलाई हैरानी हुँदै आएको हो। भेरी करिडोर भित्रको ५६ किलोमिटर भित्र यति बिल्डर्सले लिएको काम भारी मात्रामा गतिका साथ भए पनि यही मार्गको बीचमा पुलको काम नहुँदा