काँग्रेस महाधिवेशन : काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

नेपाली काँग्रेस काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुने भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज काठमाडौँका १० निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो ।  काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिए ।यसअघि काठमाडौँमा शुक्रबार र शनिबार १० निर्वाचन क्षेत्रको २० प्रदेशसभामा निर्वाचन सम्पन्न भएको थियो । कांग्रेसले यसअघि काठमाडौँका १३८ वडा र ११ स्थानीय तह

सम्बन्धित सामग्री

काँग्रेस महाधिवेशन : यस्तो छ प्रतिनिधिको प्रारम्भिक सूची (नामावलीसहित)

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मंगलबार चार हजार ३१९ प्रतिनिधि छनोट भएका छन् । काँग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट चार हजार ३१९ प्रतिनिधि चयन भएका हुन् । काँग्रेसको केही जिल्लामा अधिवेशन हुन बाँकी छ । सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन ।  महाधिवेशन प्रतिनिधिको आधिकारिक सूची केन्द्रीय निर्वाचन समितिले निर्धारण गरको कार्यतालिका बमोजिमको मिति र समयमा प्रकाशित गरिनेछ ।

काँग्रेस महाधिवेशन : प्रदेश नं २ मा अनिश्चित

नेपाली काँग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रीय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली काँग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रह्लाद गौतमका अनुसार प्रदेशका सात निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन हुन नसकेकाले प्रतिनिधिको नामावली प्राप्त हुन सकेको छैन् ।मतदाता नामावली प्रकाशन हुन नसक्दा अ

काँग्रेस महाधिवेशन : १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

नेपाली काँग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४ औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।  काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिए ।“सर्लाहीको चार निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नका लागि नयाँ निर्वाचन अधिकृत खटाइसकेका छौँ, सप्तरी निर्वाचन

काँग्रेस महाधिवेशन : १ ६५ निर्वाचन क्षेत्रकै अधिवेशन सम्पन्न हुँदै

सत्तारुढ दल नेपाली काँग्रेस १४ औँ महाधिवेशनको चटारोमा छ । ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न हुने क्रममा रहेको निर्वाचन समितिले जनाएको छ । यसअघि नै एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको ३५ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । ‘एक निर्वाचन क्षेत्र भएको ३५ मध्ये ३२ वटा जिल्ला अधिवेशन सम्पन्न भएकोमा अहिलेसम्म ३५ वटै जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । यसमा सोलुखुम्बुको सोमबार चुनाव हुँदैछ’, समितिका सचिव जगन्नाथ श्रेष्ठले भन्नुभयो ।

काँग्रेस महाधिवेशन : तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै

नेपाली काँग्रेसको कञ्चनपुरका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन हुँदैछ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज क्षेत्रीय अधिवेशन भइरहेको काँग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिनुभयो । राष्ट्रिय राजनीतिमा समेत परिचित नेता कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र नारायणप्रकाश साउदको गृहजिल्लामा नेता नता कार्यकर्ता चुनावी समूह बनाएर विभिन्न पदमा प्रतिस्पर्धा गरिरहेका छन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस नेता गोपीप्रसाद उपाध्याय र हरिचन्द ठकुरीबीच सभापति पदमा प्रतिस्पर्धा हुँदैछ ।

काँग्रेस महाधिवेशन : पर्वत ‘क’ मा क्षेत्री र ‘ख’ मा गुरुङ विजयी

पर्वतमा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको प्रदेशसभा क्षेत्रतर्फको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै टुंगिएको छ । पर्वतका दुइ प्रदेशसभा क्षेत्रमा शुक्रबार अधिवेशन सुरु भएको भएपनि आन्तरिक विवादका कारण आइतबार मात्र नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सकिएको हो ।  अधिवेशनले दुवै क्षेत्रमा नयाँ नेतृत्व चयन गरेको छ । एउटा मात्र संसदीय निर्वाचन क्षेत्र र दुइ प्रदेशसभा क्षेत्र रहेको पर्वतमा शनिबार अधिवेशन शुरु भएपनि आएमात्र नेतृत्व मतगणना टुंगिएको हो । जसमध्ये प्रदेशसभा ‘ख’ तर्फ

काँग्रेस महाधिवेशन : हिमाली जिल्लामा अधिवेशन दसैँपछि

काठमाडौँ । नेपाली काँग्रेसले आठ वटा हिमाली जिल्लाको जिल्ला अधिवेशन दसैँपछि गर्ने भएको छ । निर्वाचनको केही प्रक्रिया बाँकी रहेकोले हालसम्म अधिवेशन सम्पन्न हुन नसकेका जिल्लाको अधिवेशन अब दसैँपछि गरिने भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले बाँकी जिल्लाको अधिवेशन दसैँपछि गर्ने निचोडमा आफूहरू पुगेको जानकारी दिए । हालसम्म सोलुखुम्बु, सिन्धुपाल्चोक, रसुवा, […]

काँग्रेस महाधिवेशन: सर्लाहीमा पुरानै प्रतिस्पर्धी

प्रकाश मैनाली सर्लाही । देशकै लोकतान्त्रिक पार्टी नेपाली कांँग्रेसको महाधिबेशन नजिकिएसँगै जिल्लामा समेत यसको चहल पहल सुरु भएको छ । सर्लाहीमा अहिलेसम्म क्रियासील सदस्यको नामावली प्रकाशन नभएकाले औपचारिक रुपमा वडा भेला सुरु भएको छैन । औपचारिक रुपमा महाधिवेशन सुरु नभएपनि जिल्लामा चहल पहल भने सुरु भैसकेको छ । जिल्लामा अधिवेशन गर्न अहिलेसम्म पनि केन्द्रबाट निर्वाचन […]

काँग्रेस महाधिवेशन सर्ने

काठमाडौं, १५ साउन । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति सर्ने भएको छ । काँग्रेसभित्र मिति सार्नेबारे आन्तरिक छलफल चलिसकेको छ । विश्वस्त स्रोतका अनुसार मंसिरमा गर्ने गरी महाधिवेशन सार्ने तयारी भएको छ । महाधिवेशनका लागि वडा तहकै अधिवेशन निर्धारित समयमा नभएपछि सार्ने तयारी भएको हो । काँग्रेसको महाधिवेशन भदौभित्र नभए निर्वाचन आयोगमा निर्वाचनका बखत दल […]