काँग्रेस महाधिवेशन : तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै

नेपाली काँग्रेसको कञ्चनपुरका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन हुँदैछ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज क्षेत्रीय अधिवेशन भइरहेको काँग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिनुभयो । राष्ट्रिय राजनीतिमा समेत परिचित नेता कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र नारायणप्रकाश साउदको गृहजिल्लामा नेता नता कार्यकर्ता चुनावी समूह बनाएर विभिन्न पदमा प्रतिस्पर्धा गरिरहेका छन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस नेता गोपीप्रसाद उपाध्याय र हरिचन्द ठकुरीबीच सभापति पदमा प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित सामग्री

काँग्रेस महाधिवेशन : १ ६५ निर्वाचन क्षेत्रकै अधिवेशन सम्पन्न हुँदै

सत्तारुढ दल नेपाली काँग्रेस १४ औँ महाधिवेशनको चटारोमा छ । ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न हुने क्रममा रहेको निर्वाचन समितिले जनाएको छ । यसअघि नै एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको ३५ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । ‘एक निर्वाचन क्षेत्र भएको ३५ मध्ये ३२ वटा जिल्ला अधिवेशन सम्पन्न भएकोमा अहिलेसम्म ३५ वटै जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । यसमा सोलुखुम्बुको सोमबार चुनाव हुँदैछ’, समितिका सचिव जगन्नाथ श्रेष्ठले भन्नुभयो ।

काँग्रेस महाधिवेशन : बागलुङ क्षेत्र नम्बर १ मा शर्मा विजयी

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको चुनावमा बागलुङ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा चण्डीप्रसाद शर्मा विजयी भएका छन् । शर्माले प्रतिस्पर्धी खड्गबहादुर थापालाई ४ मत अन्तरले हराउँदै सभापति पदमा विजयी भएका हुन् ।सभापतिमा निर्वाचित शर्माले ४५४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी थापाले ४५० मत प्राप्त गरेका छन् । निर्वाचित शर्मा रामचन्द्र पौडेल समूहबाट निर्वाचनमा उठेका हुन् ।  शर्माको प्यानलबाटै सचिवमा जयराम भारी र गोविन्द पौडेल (गोपाल), सह&