यस्तो छ काँग्रेस महाधिवेशन र प्रदेश अधिवेशनको नयाँ निर्वाचन कार्यतालिका

सम्बन्धित सामग्री

काँग्रेस महाधिवेशन : प्रदेश नं २ मा अनिश्चित

नेपाली काँग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रीय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली काँग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रह्लाद गौतमका अनुसार प्रदेशका सात निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन हुन नसकेकाले प्रतिनिधिको नामावली प्राप्त हुन सकेको छैन् ।मतदाता नामावली प्रकाशन हुन नसक्दा अ

काँग्रेस महाधिवेशन : १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

नेपाली काँग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४ औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।  काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिए ।“सर्लाहीको चार निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नका लागि नयाँ निर्वाचन अधिकृत खटाइसकेका छौँ, सप्तरी निर्वाचन

काँग्रेस महाधिवेशन : बागलुङ काँग्रेसको सभापतिमा पुनः निर्वाचन हुने

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागलुङ काँग्रेसको सभापतिमा पुनः निर्वाचन हुने भएको छ । तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान हुने भएको हो । सभापतिका लागि जगदीशचन्द्र उपाध्याय, द्रोण कुँवर र जीत शेरचन तीन जना उम्मेदवार बनेका थिए । उम्मेदवार उपाध्यायले ७ सय ९०, शेरचनले ६ सय ८६ र कुँवरले १ सय ६४ मत पाएका छन् । उपाध्याय र शेरचन बीच १०४ मतको फरक छ । दोस्रो चरणमा धेरै मत ल्याएका जगदीश चन्द्र उपाध्याय र जीतबहादुर शेरचनबीच निर्वाचन हुने निर्वाच

उद्योगी भट्टचन बने काँग्रेस महाधिवेशन प्रतिनिधि

प्रभु ग्रुपका अध्यक्ष देविप्रकाश भट्टचन नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । भट्टचन बागलुङ क्षेत्र नम्बर २ बाट निर्विरोध निर्वाचित भएका हुन् । भट्टचन अल्पसंख्यक कोटाबाट महाधिवेशन प्रतिनिधि चयन भएको नेपाली काँग्रेस निर्वाचन समितिले जानकारी छ । उनलाई काँग्रेसले २०७४ मा समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य बनाएको थियो ।यस्तै, भट्टचन २०४८ सालको निर्वाचनमा बागलुङबाट स्वतन्त्र उम्मेदवार नै बनेका थिए ।

काँग्रेस महाधिवेशन : काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

नेपाली काँग्रेस काठमाडौँका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुने भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज काठमाडौँका १० निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो ।  काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिए ।यसअघि काठमाडौँमा शुक्रबार र शनिबार १० निर्वाचन क्षेत्रको २० प्रदेशसभामा निर्वाचन सम्पन्न भएको थियो । कांग्रेसले यसअघि काठमाडौँका १३८ वडा र ११ स्थानीय तह

काँग्रेस महाधिवेशन कार्यक्रम सार्वजनिक

नेपाली काँग्रेसले महाधिवेशन कार्यक्रम तय गरेकाे छ । काँग्रेस महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु हुने भएकाे छ । काँग्रेस निर्वाचन समितिले तयार गरेको कार्यक्रमअनुसार  २१ गते मतदाता नामावली(महाधिवेशन प्रतिनिधिकाे सूची) प्रकाशन काँग्रेस हुने छ । २२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीकाे कार्यक्रम र मतदाता नामावलीकाे अन्तिम सूची सार्वजनिक गरिने छ । २३ गते उम्मेदवारी मनाेनयनकाे कार्यक्रम छ । यस्तै मंसिर २४ गते महाधिवेशन उद्घाटन गरिने छ भने २५ गते मतदान हुने । यसैगरी २६ गते मत गणना

काँग्रेस महाधिवेशन: सर्लाहीमा पुरानै प्रतिस्पर्धी

प्रकाश मैनाली सर्लाही । देशकै लोकतान्त्रिक पार्टी नेपाली कांँग्रेसको महाधिबेशन नजिकिएसँगै जिल्लामा समेत यसको चहल पहल सुरु भएको छ । सर्लाहीमा अहिलेसम्म क्रियासील सदस्यको नामावली प्रकाशन नभएकाले औपचारिक रुपमा वडा भेला सुरु भएको छैन । औपचारिक रुपमा महाधिवेशन सुरु नभएपनि जिल्लामा चहल पहल भने सुरु भैसकेको छ । जिल्लामा अधिवेशन गर्न अहिलेसम्म पनि केन्द्रबाट निर्वाचन […]

काँग्रेस महाधिवेशन थप अन्योल : निर्वाचन समिति संयोजक यादवले दिए राजीनामा

काठमाडौं । नेपाली काँग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन् । विहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिको संयोजकबाट आफूले राजीनामा दिएको यादवले रातोपाटीलाई जानकारी दिए ।पार्टी नेतृत्वले क्रियाशील सदस्यता विवाद टुङ्ग्याइ नदिँदा र निर्वाचन समितिमाथि अनावश्यक दबाब दिएको भन्दै यादवले राजीनामा दिएका बुझिएको छ । क्रियाशील सदस्यता विवादका कारण भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि २० जिल्लामा अधिवेशनबारे अझै अन्योल कायमै छ ।जसका कारण भदौ २७ गते पालिका अधिवेश

काँग्रेस महाधिवेशन निर्वाचन प्रमुखले दिए राजीनामा

दाङ । नेपाली काँग्रेस १४ औँ महाधिवेशनका निर्वाचन प्रमुख महादेव यादवले निर्वाचन प्रमुख पदबाट राजीनामा दिएका छन् । प्रमुख यादवको राजीनामा सँगै काँग्रेसको महाधिवेशन के हुने भन्ने अन्योल भएको छ । काँग्रेस उच्च स्रोतका अनुसार यादवले निर्वाचन प्रमुख पदबाट राजीनामा दिएका छन् । ‘यादवले निर्वाचन प्रमुख पदबाट राजीनामा दिनु भएको छ,’ काँग्रेस उच्च स्रोतले भन्यो […]

काँग्रेस महाधिवेशन सर्ने

काठमाडौं, १५ साउन । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति सर्ने भएको छ । काँग्रेसभित्र मिति सार्नेबारे आन्तरिक छलफल चलिसकेको छ । विश्वस्त स्रोतका अनुसार मंसिरमा गर्ने गरी महाधिवेशन सार्ने तयारी भएको छ । महाधिवेशनका लागि वडा तहकै अधिवेशन निर्धारित समयमा नभएपछि सार्ने तयारी भएको हो । काँग्रेसको महाधिवेशन भदौभित्र नभए निर्वाचन आयोगमा निर्वाचनका बखत दल […]