नेपालमै पहिलो पटक सरकारी तहबाट चार्जिङ स्टेसन सञ्चालन, तस्बिरमा हेर्नुहोस्

नेपालमै पहिलो पटक सरकारी तहबाट विद्युतीय गाडी चार्ज गर्नका लागि स्टेसन सञ्चालनमा ल्याइएको छ ।  नेपाल विद्युत प्राधिकरणले मंगलबार चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो । प्राधिकरण परिसर रत्नपार्कमा सञ्चालनमा ल्याइएको यो चार्जिङ स्टेसन सरकारी तहमा नेपालकै पहिलो हो ।  सो स्टेसनको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले उद्घाटनपछि सन्चालनमा आएको हो । चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले देशभर यस

सम्बन्धित सामग्री

सिंहदरबारमै बिजुली गाडी उपेक्षित, प्रयोगहीन छन् चार्जिङ स्टेसन

५ भदौ, काठमाडौं । अर्थ मन्त्रालयको पार्किङ क्षेत्र सरकारी गाडीले भरिभराउ हुन्छ । त्यही पार्किङमा विद्युतीय गाडी चार्ज गर्न बनाइएको चार्जिङ स्टेसन भने प्रायः खाली र उपयोगविहीन छ । चार्ज गर्नुपर्ने गाडी नभएका कारण चार्जिङ स्टेसनसम्मै अन्य गाडी र मोटरसाइकल पार्किङ गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पार्किङमा पनि चार्जिङ […]

विद्युतीय सवारी बढे, पुगेन चार्जिङ स्टेसन

हेटौँडा । डिजेल र पेट्रोलको मूल्य आकासिएपछि विद्युतीय सवारीतर्फ आकर्षित भएका हेटौँडाका गाडी व्यवसायी र चालकहरु ‘विद्युतीय गाडीले फाइदैफाइदा’ भन्दै दंग देखिएका छन् । नहुनु पनि किन, इन्धनका रुपमा डिजेल प्रयोग गरेर गाडी चलाउँदा एक ट्रिपमा ६ हजारसम्म खर्च हुने गरेकोमा विद्युतीय गाडीलाई करिब ६ सय रुपियाँले पुग्ने भएपछि चालकहरु दंग देखिएका हुन् । सरकारी […]

चार्जिङ स्टेसन नहुँदा साझाले ५७ करोडमा किनेका ३७ विद्युतीय बस थन्किए

बससँगै किनिएका १८ वटा चार्जर पनि प्रयोगविहीन, विद्युतीय सवारीसाधनलाई प्रोत्साहन सरकारी नारा मात्रै ५७ करोडमा

प्राधिकरणको पहिलो चार्जिङ स्टेशन संचालनमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पहिलो पटक सरकारी तहबाट विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन संचालनमा ल्याएको छ । मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा चार्जिङ स्टेसन रट्घाटन गरेकी हुन् । चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् […]

सरकारी कार्यालयले विद्युतीय सवारी किन्नुपर्ने, ५० ठाउँमा चार्जिङ स्टेसन

काठमाडौं । सरकारी कार्यलयले विद्युतीय सवारीसाधन किन्नुपर्ने भएको छ । सरकारले नयाँ बजेटमार्फत सो व्यवस्था गरेको हो । जसअनुसार विद्युत प्राधिकरणले ५० ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् ।

१० हजार ओटा चार्जिंग स्टेशन थप गर्ने योजनामा आईओसी, नेपालमा चाहीं सुस्त

फागुन ८, काठमाडौं । इन्डियन आयल कर्पोरेशन(आईओसी) ले भारतका अलग - अलग शहरमा विद्युतीय सवारी साधन चार्ज गर्नका लागि १० हजार ओटा चार्जिंग स्टेशन थप गर्ने योजना बनाइरहेको छ । आईओसीले हालसम्म अलग - अलग स्थानमा १ हजार ओटा चार्जिंग स्टेशन खोलिसकेको छ । आईओसीले एउटा बयानमा आगामी तीन वर्षभित्र विद्युतीय सवारी साधनमा हुने वृद्धिलाई प्रक्षेपण गर्दै १० हजारभन्दा बढी चार्जिंग स्टेशन थप गर्ने लक्ष्यका साथ काम भइरहेको बताएको छ । साथै उसले ती स्टेशनहरु मूख्य शहरका साथै पेट्रोल पम्प, सपिंग मल र राजमार्ग क्षेत्रमा जडान गरिने बताएको छ । भारतको विद्युत् मन्त्रालयले पछिल्लो चार महीनामा दिल्ली, मुम्बई, सुरत, पूणे, अहमदावाद, बेंगलुरु र हैदरावाद कोलकाता र चेन्नईलगायत नौ ओटा ठूला शहरमा २ दशमलव  ५ गुना चार्जिङ स्टेशन निर्माण भएको जानकारी दिएको छ । ती स्टेशनहरू ४० लाखभन्दा बढी जनसंख्या भएका ९४० ओटा शहरहरूमा निर्माण गरिएका छन् । भारतमा हालसम्म १ हजार ६४० ओटा विद्युतीय सवारी चार्जिङ स्टेशन बनेका छन् । भारत सरकारले विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसन बनाउने योजनालाई बढावा दिन निजी क्षेत्रलाई समेत सहभागी गराइरहेको छ । उक्त योजनाअनुरुप पेट्रोलियम पदार्थ विक्री गर्ने कम्पनीले २२ हजार चार्जिङ स्टेशन बनाउने छन् । सरकारले सरकारी र निजी कम्पनीहरू इनर्जी इफिसियन्सी सर्भिसेज लिमिटेड, ऊर्जा दक्षता ब्यूरो, नेशनल थर्मल पावर कर्पोरेशन लिमिटेडको सहभागितामा चार्जिङ स्टेशनको पूर्वाधार विस्तार गर्ने योजना बनाइरहेको छ । यसमा आईओसीले १० हजार, भारत पेट्रोलियमले ७ हजार र हिन्दुस्तान पेट्रोलियमले ५ हजार स्टेशन बनाउने लक्ष्य छ ।   तर नेपालमा ? नेपाल विद्युत् प्राधिकरणले राख्ने भनेको चार्जिङ स्टेशनको कामले भने प्रभावकारिता पाउन सकेको छैन । विद्युतीय सवारी साधनलाई प्रवर्द्धन र उत्साहित गर्ने उद्देश्यसहित प्राधिकरणले विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने ‘हाई भोल्टेज चार्जर स्टेसन’ निर्माण गर्ने नीति ल्याएको छ । जसअनुरुप प्राधिकरणले केन्द्रीय कार्यालय रत्नपार्कमा औद्योगिक क्षेत्रमा प्रयोग हुने टिओडी मिटर राखेर ४० किलोवाट क्षमताको उच्च गतिको चार्जिङ स्टेसन जडान गरेको छ । थप कार्यका लागि भने एउटा चिनियाँ कम्पनीलाई चार्जिङ स्टेशन निर्माणका लागि ठेक्का दिएको भएपनि हालसम्म काम अगाडि भने बढ्न सकेको छैन । त्यसको सट्टामा सवारी साधन विक्री गर्ने कम्पनीहरुले भने चार्जिङ स्टेशन निर्माणको कामलाई सुस्त गतिमा भएपनि अगाडि बढाएका छन् । नेपाल आयल निगमले पनि विद्युतीय सवारी साधन चार्ज गर्ने ठाउँ खोल्ने तयारी गरेको छ । तर मूर्तरुप लिई भने सकेको छैन । सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेपछि निगमले चार्जिङ स्टेशन खोल्ने तयारी थालेको हो । एजेन्सीको सहयोगमा

सवारी चार्जिङ स्टेसन बनाउन प्रस्ताव माग

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी प्रवद्र्धन गर्ने उद्देश्यसहित आफैंले चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । पहिलो चरणमा काठमाडौंका १० स्थानमा साना सवारीको लागि चार्जिङ स्टेसन स्थापना गर्न प्रक्रिया अघि बढेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सहरका मुख्य भागहरुमा ठूला बस लगायतका सवारी पनि चार्ज गर्न सकिने स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन व्यापारिक कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताललगायतलाई आग्रह गरेको छ ।

साल्ट ट्रेडिङङले चार्जिङ स्टेसन निर्माण गर्ने

सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पाेरेसनले विद्युत्बाट चल्ने सवारीसाधनलाई लक्षित गर्दै चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएपछि कर्पोरेसनले चार्जिङ स्टेसन निर्माण गर्न लागेको हो ।

विद्युतीय गाडी बढाउन धमाधम चार्जिङ स्टेसन

संसारभरका गाडी उत्पादक कम्पनी विद्युतीय गाडी प्रवद्र्धनमा लागेका बेला नेपालले पनि पछिल्लो समय दुईवटा महत्वपूर्ण निर्णय लियो। पहिलो, राष्ट्रिय योजना आयोगले सरकारी स्तरमा पहिलोपटक विद्युतीय गाडी खरिद गर्यो। दोस्रो, नेपाल विद्युत प्राधिकरणले पहिलोपटक विद्युतीय ‘चार्जिङ स्टेसन’ स्थापना प्रक्रिया अघि बढायो। प्राधिकरणले चिनियाँ कम्पनी बिवाइडी अटोसँग सहकार्य गरेर राजधानीको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो।…