विद्युतीय गाडी बढाउन धमाधम चार्जिङ स्टेसन

संसारभरका गाडी उत्पादक कम्पनी विद्युतीय गाडी प्रवद्र्धनमा लागेका बेला नेपालले पनि पछिल्लो समय दुईवटा महत्वपूर्ण निर्णय लियो। पहिलो, राष्ट्रिय योजना आयोगले सरकारी स्तरमा पहिलोपटक विद्युतीय गाडी खरिद गर्यो। दोस्रो, नेपाल विद्युत प्राधिकरणले पहिलोपटक विद्युतीय ‘चार्जिङ स्टेसन’ स्थापना प्रक्रिया अघि बढायो। प्राधिकरणले चिनियाँ कम्पनी बिवाइडी अटोसँग सहकार्य गरेर राजधानीको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो।…

सम्बन्धित सामग्री

टाटाले राख्यो २३ ठाउँमा फास्ट चार्जिङ स्टेसन, १२५ एसी चार्जर

देशमा विद्युतीय गाडी प्रवद्र्धनका लागि टाटा मोटर्सले प्रमुख राजमार्गमा धमाधम चार्जिङ स्टेसन स्थापना गरिरहेको छ । अहिलेसम्म टाटाले उपत्यकासहित विभिन्न २३ ठाउँमा डिसी फास्ट चार्जिङ स्टेसन तथा एक सय २५ भन्दा...

सिंहदरबारमै बिजुली गाडी उपेक्षित, प्रयोगहीन छन् चार्जिङ स्टेसन

५ भदौ, काठमाडौं । अर्थ मन्त्रालयको पार्किङ क्षेत्र सरकारी गाडीले भरिभराउ हुन्छ । त्यही पार्किङमा विद्युतीय गाडी चार्ज गर्न बनाइएको चार्जिङ स्टेसन भने प्रायः खाली र उपयोगविहीन छ । चार्ज गर्नुपर्ने गाडी नभएका कारण चार्जिङ स्टेसनसम्मै अन्य गाडी र मोटरसाइकल पार्किङ गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पार्किङमा पनि चार्जिङ […]

नेपालमै पहिलो पटक सरकारी तहबाट चार्जिङ स्टेसन सञ्चालन, तस्बिरमा हेर्नुहोस्

नेपालमै पहिलो पटक सरकारी तहबाट विद्युतीय गाडी चार्ज गर्नका लागि स्टेसन सञ्चालनमा ल्याइएको छ ।  नेपाल विद्युत प्राधिकरणले मंगलबार चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो । प्राधिकरण परिसर रत्नपार्कमा सञ्चालनमा ल्याइएको यो चार्जिङ स्टेसन सरकारी तहमा नेपालकै पहिलो हो ।  सो स्टेसनको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले उद्घाटनपछि सन्चालनमा आएको हो । चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले देशभर यस

कोहलपुरमा विद्युतीय गाडी चार्जिङ स्टेसन स्थापना

बाँकेको कोहलपुरमा पहिलो पटक विद्युतीय गाडीका लागि चार्जिङ स्टेसन संचालनमा आएको छ। बिबी इन्टरप्राइजेज प्रालिले कोहलपुरमा विद्युतीय गाडी चार्जिङ प्वाइन्ट एण्ड रिफ्रेस सेन्टर संचालनमा ल्याएको हो। पश्चिम नेपालमा पहिलो पटक...

टाटाले जडान गर्‍यो १०८ स्थानमा विद्युतीय गाडी चार्जिङ स्टेसन

२६ जेठ, काठमाडौं । टाटा मोटर्सले विद्युतीय गाडी प्रवर्द्धन गर्न देशभर चार्जिङ स्टेसन विस्तारलाई तीव्रता दिएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले हालसम्म देशभर १०० भन्दा बढी स्थानमा चार्जिङ सेन्टर जडान भइसकेको जनाएको छ । कम्पनीका अनुसार १६ स्थानमा डीसी फास्ट चार्जिङ स्टेसन र ९२ स्थानमा एसी चार्जिङ स्टेसन जडान भइसकेको […]

४० ठाउँमा हुन्डाईका चार्जिङ स्टेसन

काठमाडौं, चैत २७ । विद्युतीय गाडीको चार्जिङ सहज बनाउने उद्देश्यले अटो निर्माता हुन्डाईले नेपालका मुख्य शहरका ४० ठाउँमा चार्जिङ स्टेसन स्थापना गरेको छ । विद्युतीय गाडी प्रयोगकर्तालाई लामो यात्रामा निस्कँदा ब्याट्री चार्ज गर्न समस्या नहोस् भनेर कम्पनीले देशका विभिन्न शहरमा चार्जिङ स्टेसन स्थापना गरेको हो । हुन्डाईले बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, चितवन लगायत […]

४० ठाउँमा हुन्डाईका चार्जिङ स्टेसन

काठमाडौं (अस) । विद्युतीय गाडीको चार्जिङ सहज बनाउने उद्देश्यले अटो निर्माता हुन्डाईले नेपालका मुख्य शहरका ४० ठाउँमा चार्जिङ स्टेसन स्थापना गरेको छ । विद्युतीय गाडी प्रयोगकर्तालाई लामो यात्रामा निस्कँदा ब्याट्री चार्ज गर्न समस्या नहोस् भनेर कम्पनीले देशका विभिन्न शहरमा चार्जिङ स्टेसन स्थापना गरेको हो । हुन्डाईले बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, चितवन लगायत १४ स्थानमा चार्जिङ स्टेसन स्थापना गरेको जानकारी दिएको छ । प्रदेश १ का ५ स्थान, मधेश प्रदेशको वीरगञ्जका २ स्थान, गण्डकी प्रदेशको पोखराका ५ स्थान, लुम्बिनी प्रदेशको दाङ, नेपालगञ्ज, भैरहवा र बुटवलका ८ स्थानमा चार्जिङ स्टेसन खोलिएको छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेशको धनगढी र चिसापानी कर्णालीमा पनि चार्जिङ स्टेसन राखिएको जानकारी दिइएको छ । कम्पनीले चार्जिङ स्टेसन राखेका होटल, रेस्टुरेन्ट, शपिङ मलहरूले विद्युतीय गाडी चार्ज गरेबापत प्रतियुनिट १२ देखि १५ रुपैयाँ शुल्क लिने बताइएको छ । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले शुक्रवार अटोमोबाइल क्षेत्रमा कार्यरत पत्रकारलाई ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको हुन्डाई तालिम केन्द्रमा विद्युतीय सवारी साधन प्रयोगका फाइदा, त्यसका चुनौती, नेपाल लगायत विश्वभर यसको बढ्दो प्रयोगबारे जानकारी दिएको छ । कार्यक्रममा हुन्डाई ट्रेनिङ एकेडेमीका वासुदेव तिमिल्सिनाले पछिल्लो समय विश्वमा बाक्लो जनघनत्व भएका अधिकांश ठूला शहरमा वायुप्रदूषणको मात्रा उच्च रहेकाले विद्युतीय गाडीको प्रयोग बढाउनुको विकल्प नरहेको बताए । काठमाडौं शहर पनि विश्वको प्रदूषित शहरको सूचीमा अगाडि नै रहेकाले गाडी प्रयोगकर्ताले यसमा ध्यान दिनुपर्ने उनको सुझाव छ । विद्युतीय गाडी प्रयोगले अहिले विश्व बजारमा देखापरेको इन्धन संकटबाट जोगाउने भएकाले यसको प्रयोग आउँदा दिनमा झनै बढ्ने अपेक्षा गरिएको छ ।

हुन्डाई मोटर्सले ४० स्थानमा चार्जिङ स्टेसन बनाउने

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्यूतीय सवारीसाधन चार्जिङ स्टेसनको देशव्यापी रुपमा विस्तार गर्ने भएको छ ।कम्पनीले नेपालको सबै स्थानलाई समेट्नेगरी अहिलेसम्म देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेसन स्थापना गरिसकेको छ । कम्पनीले बिक्री गर्ने विद्युतीय कारको माग बढेसँगै चार्जिङ स्टेसनहरुको विस्तार गर्न लागेको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।हुन्डाईको विद्युतीय गाडी चढ्ने ग्राहकलाई […]

बसपार्कमा विद्युतीय चार्जिङ स्टेसन

विद्युतीय गाडी सञ्चालनमा सहजता ल्याउन लमहीमा विद्युतीय चार्जिङ स्टेसन स्थापना भएको छ । जिल्लाभित्रका स्थानीय रुटसँगै पूर्व–पश्चिम राजमार्गमा चल्ने साना तथा ठुला सवारीसाधनलाई हेरेर लमही नगरपालिका–५ को बसपार्कमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गरिएको हो ।