१० हजार ओटा चार्जिंग स्टेशन थप गर्ने योजनामा आईओसी, नेपालमा चाहीं सुस्त

फागुन ८, काठमाडौं । इन्डियन आयल कर्पोरेशन(आईओसी) ले भारतका अलग - अलग शहरमा विद्युतीय सवारी साधन चार्ज गर्नका लागि १० हजार ओटा चार्जिंग स्टेशन थप गर्ने योजना बनाइरहेको छ । आईओसीले हालसम्म अलग - अलग स्थानमा १ हजार ओटा चार्जिंग स्टेशन खोलिसकेको छ । आईओसीले एउटा बयानमा आगामी तीन वर्षभित्र विद्युतीय सवारी साधनमा हुने वृद्धिलाई प्रक्षेपण गर्दै १० हजारभन्दा बढी चार्जिंग स्टेशन थप गर्ने लक्ष्यका साथ काम भइरहेको बताएको छ । साथै उसले ती स्टेशनहरु मूख्य शहरका साथै पेट्रोल पम्प, सपिंग मल र राजमार्ग क्षेत्रमा जडान गरिने बताएको छ । भारतको विद्युत् मन्त्रालयले पछिल्लो चार महीनामा दिल्ली, मुम्बई, सुरत, पूणे, अहमदावाद, बेंगलुरु र हैदरावाद कोलकाता र चेन्नईलगायत नौ ओटा ठूला शहरमा २ दशमलव  ५ गुना चार्जिङ स्टेशन निर्माण भएको जानकारी दिएको छ । ती स्टेशनहरू ४० लाखभन्दा बढी जनसंख्या भएका ९४० ओटा शहरहरूमा निर्माण गरिएका छन् । भारतमा हालसम्म १ हजार ६४० ओटा विद्युतीय सवारी चार्जिङ स्टेशन बनेका छन् । भारत सरकारले विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसन बनाउने योजनालाई बढावा दिन निजी क्षेत्रलाई समेत सहभागी गराइरहेको छ । उक्त योजनाअनुरुप पेट्रोलियम पदार्थ विक्री गर्ने कम्पनीले २२ हजार चार्जिङ स्टेशन बनाउने छन् । सरकारले सरकारी र निजी कम्पनीहरू इनर्जी इफिसियन्सी सर्भिसेज लिमिटेड, ऊर्जा दक्षता ब्यूरो, नेशनल थर्मल पावर कर्पोरेशन लिमिटेडको सहभागितामा चार्जिङ स्टेशनको पूर्वाधार विस्तार गर्ने योजना बनाइरहेको छ । यसमा आईओसीले १० हजार, भारत पेट्रोलियमले ७ हजार र हिन्दुस्तान पेट्रोलियमले ५ हजार स्टेशन बनाउने लक्ष्य छ ।   तर नेपालमा ? नेपाल विद्युत् प्राधिकरणले राख्ने भनेको चार्जिङ स्टेशनको कामले भने प्रभावकारिता पाउन सकेको छैन । विद्युतीय सवारी साधनलाई प्रवर्द्धन र उत्साहित गर्ने उद्देश्यसहित प्राधिकरणले विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने ‘हाई भोल्टेज चार्जर स्टेसन’ निर्माण गर्ने नीति ल्याएको छ । जसअनुरुप प्राधिकरणले केन्द्रीय कार्यालय रत्नपार्कमा औद्योगिक क्षेत्रमा प्रयोग हुने टिओडी मिटर राखेर ४० किलोवाट क्षमताको उच्च गतिको चार्जिङ स्टेसन जडान गरेको छ । थप कार्यका लागि भने एउटा चिनियाँ कम्पनीलाई चार्जिङ स्टेशन निर्माणका लागि ठेक्का दिएको भएपनि हालसम्म काम अगाडि भने बढ्न सकेको छैन । त्यसको सट्टामा सवारी साधन विक्री गर्ने कम्पनीहरुले भने चार्जिङ स्टेशन निर्माणको कामलाई सुस्त गतिमा भएपनि अगाडि बढाएका छन् । नेपाल आयल निगमले पनि विद्युतीय सवारी साधन चार्ज गर्ने ठाउँ खोल्ने तयारी गरेको छ । तर मूर्तरुप लिई भने सकेको छैन । सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेपछि निगमले चार्जिङ स्टेशन खोल्ने तयारी थालेको हो । एजेन्सीको सहयोगमा  

सम्बन्धित सामग्री

हरेकको १० हजार डलर विद्यार्थी ऋण मिनाहाको योजनामा ह्वाइट हाउस, को योग्य?

ह्वाइट हाउसका अधिकारीहरूले हरेकको १० हजार डलरसम्मको विद्यार्थी ऋण मिनाहा गर्नेबारे विचार गरिरहेको जनाइएको छ । बार्षिक १ लाख २५ हजारभन्दा कम आम्दानी हुनेहरुको १० हजार डलरसम्मको ऋण मिनाहा गर्ने योजनामा ह्वाइट हाउस रहेको छ । आम्दानीको निश्चित मापदण्ड तय गरेर विद्यार्थी ऋण मिनाहाको खाका बनाउनेबार छलफल भएको जनाइएको छ । यसबारे बुधबारसम्म घोषणा आउनसक्ने […]

वैदेशिक रोजगारी :  ठगिएको गुनासो गर्छन्, उजुरी गर्दैनन्

काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई आर्थिक भार कम गर्न भन्दै २०७२ सालमा ’फ्रि भिसा फ्रि टिकट’ को व्यवस्था लागू गर्याे। म्यानपावर व्यवसायीबाट चरम  ठगीमा परेका नेपालीले सरकारको सो योजनाको तारिफ गरे।सरकारले मलेसिया, साउदी, कतार, यूएई, बहराइन, कुवेत, जोर्डन र ओमानमा फ्रि भिसा र फ्रि टिकट लागू गरेको थियो।  जस अन्तर्गत श्रमिकले १० हजार शुल्कमा वैदेशिक रोजगारीमा जान पाउने उल्लेख गरिएको थियो।  तर,सरकारको योजना सात वर्षसम्म पनि योजनामा नै सिमित छ। यतिवेला ती

अंग्रेजी नयाँ वर्षमा आइएमईको ‘जितौँ हजारौँ हजार’ योजना

आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सेवाग्राही मैत्री स्किम सार्वजनिक गरेको छ । स्किम अनुसार सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत ४ देशहरुबाट ४ जना साप्ताहिक विजेता छनोट गरिनेछ ।यसरी छनोटमा परेका प्रति सेवाग्राहीले १० हजार उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले बताएको छ । त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट ४ जना भाग्यशाली विजेताहरू छनोट गरिनेछन् । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले ४० हजार रुपैयाँ बम

मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । यो खाता योजनामा सर्वाधिक ब्याजदर प्रदान गरिनुका साथै रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सुविधा दिइएको बैंकले जनाएको छ ।  ग्राहकहरुले १० हजार रुपैयाँको न्यूनतम मौज्दातमै यो खाता खोल्न सक्नेछन् भने सर्वाधिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान हुनेछ । साथै पहिलो वर्षको...

मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । यो खाता योजनामा सर्वाधिक ब्याजदर प्रदान गरिनुका साथै रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सुविधा दिइएको बैंकले जनाएको छ । ग्राहकहरुले १० हजार रुपैयाँको न्यूनतम मौज्दातमै यो खाता खोल्न सक्नेछन् भने सर्वाधिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान हुनेछ । साथै पहिलो वर्षको लागि निशुल्क डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गको सेवा प्रदान गरिने बैंकले

दशैं घुमफिर : खप्तडदेखि पाथिभरासम्म

२४ असोज, काठमाडौं । दशैंको लामो बिदाका लागि घुमफिरको योजनामा हुनुहुन्छ भने यो वर्ष व्यवसायी तपाईंलाई न्यायो स्वागत गर्न तयार छन् । बाह्य पर्यटक आगमन ठप्प जस्तै छ । नेपाल पर्यटन बोर्डले आइतबार मात्र सार्वजनिक गरेको आंकडा अनुसार सेप्टेम्बर महिनामा १० हजार हाराहारी पर्यटक नेपाल भित्रिएका छन् । यसमध्ये अधिकांश गैरआवासीय नेपाली दशैं मान्न घर […]

४२ ओटा जहाज बेचेर वित्तीय घाटा पूर्ति गर्ने योजनामा थाई एयरवेज

असोज १५, बैंकक (थाइल्याण्ड) ।  कोभिड- १९ को महामारीसँगै आर्थिक संकटमा परेको थाई एअरवेजले चालू वर्षभित्रमा ४२ ओटा जहाज विक्री गर्ने तयारी गरिरहेको छ । कम्पनीसँग करीब ८० थान विमान रहेको छ । कोभिड महामारीका कारण सृजित आर्थिक संकटको सामना गर्न थाइल्याण्डको सरकारी वायुसेवा कम्पनी थाई एयरवेजले जहाजहरु विक्री गर्ने र उडान गन्तव्य घटाउने तयारी पनि गरिरहेको छ । आर्थिक संकटमा परेको यो कम्पनीले आफूसँग भएको जहाज विक्री गर्न लागेको हो।  खर्च कटौतीका लागि जहाजहरु विक्री गर्नुपरेको कम्पनीले बताएको छ। यसै अन्तर्गत कम्पनीले ४ हजार २५० जना कर्मचारी कटौती गरिसकेको छ। यसअघि कम्पनीमा करीब १० हजार जना कर्मचारी कार्यरत थिए ।   कम्पनीका नवनियुक्त अकाउन्ट एक्जिक्युटिभ चाइ आएमसिरीका अनुसार आगामी योजना अनुसार अब कम्पनीले ५८ ओटा जहाजमार्फत सेवा दिनेछ। कम्पनीले यो अवस्थामा विश्वभर कम र सीमित गन्तव्यमा मात्र आफ्नो सेवा दिनेछ। उनले संवाददाताहरुलाई बताए अनुसार अव कम्पनीले पुरानो व्यवसायिक योजनाका संरचनाहरु परिवर्तन गरी नयाँ रणनीति अनुसार काम गरिरहेको छ । नयाँ रणनीति अनुसार अब कम्पनीले नाफामूलक गन्तव्यमा मात्र उडान गर्नेछ । आर्थिक संकटमा गुज्रिरहेको कम्पनीलाई पुनरुत्थानका लागि ५० बिलियन भाटको आवश्यकता छ। यसका लागि वित्तीय संस्था र सरकारी सहयोगको आवश्यकता रहेको छ । कम्पनीले कोभिड महामारीपछि बन्द रहेको उडान भने प्रथम चरणमा पाँच ओटा गन्तब्यबाट शुरु गर्न लागेको छ । उसले ती गन्तब्यका लागि शुक्रवारदेखि टिकट विक्री शुरु गरेको छ। शुरुवाती चरणमा इङल्याण्ड, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, जापानमा उडान हुने छन् । कम्पनीले ती मुलुकमा कोभिड- १९ विरुद्धको खोप सहज भएका कारण पुनः उडान शुरु गर्न लागेको हो। कम्पनीले चीनमा हुने उडान भने सन् २०२२ बाट मात्र शुरु गरिने योजना रहेको बताएको छ।  कोरोना भाइरसको महामारीका कारण  यात्रा र पर्यटन क्षेत्रमा संकट उत्पन्न हुनुअघि नै थाई एयरवेज आर्थिक समस्यामा थियो । अहिले कम्पनीमा सरकारको स्वामित्व ५१ प्रतिशत छ ।एजेन्सीहरु

सुजुकीको दशैं अफर, १० हजार नगद छुट पाइने

काठमाडौं । सुजुकी मोटरसाइकलले दशैं योजना सार्वजनिक गरेको छ । जापनी मोटरसाइकल कम्पनी सुजुकीको नेपालको लागि आधिकारिक विक्रेता भीजी सुजुकीले ‘दशैं आयो उमंग छायो, क्यासव्याक र बम्पर पायो’ योजना सार्वजनिक गरेको हो । कम्पनीले दशैं योजनामा नगद छुटका साथै बिभिन्न स्कीम ल्याएको छ । ग्राहकले हरेका सुजुकी मोटरसाइकल तथा स्कुटरका खरिदमा नगद १० हजार रुपैयाँ […]

‘इसेवाको कारोबार, सुनै सुनको बहार’ योजनाका विजेताले पाए पुरस्कार

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्ना एजेन्ट नेटवर्कलाई लक्षित गरि सञ्चालन गरेको ‘इसेवाको कारोबार, सुनै सुनको बहार’ नामक योजनाका विजेतालाई उपहार हस्तान्तरण गरेको छ । राजधानीमा एक कार्यक्रमका बिच इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले उपहार हस्तान्तरण गरे । यस योजनामा ५ जनाले एक/एक तोला सुन, १८ जनाले ल्यापटप, २२ जनाले एण्ड्रोइड मोबाइल, ५१ जनाले २५ हजार रिवार्ड पोइन्ट, ३ सय ४ जनाले १० हजार रिवार्ड पोइन्ट, ८ सय १६ जनाले ५ हजार रिवार्ड पोइन्ट जित्न सफल भएका छन् । इसेवामा आवद्द ...

युएईमा ३ नेपालीलाई ८ लाख १० हजार रुपैयाँ नगद उपहार

युएई – युएई एक्सचेन्जबाट घरमा पैसा पठाउँदा युएईमा तीन नेपालीले नगद उपहार पाएका छन् ।   एक्सचेन्जद्वारा सञ्चालित ‘धेरै जीतौँ, ठूलो धनराशि जीतौँ’ योजनामा अहिलेसम्म तीन नेपालीले प्रतिव्यक्ती २५ सय डलर अर्थात २ लाख ७० हजार रुपैयाँ पाएका हुन् ।  पछिल्लो पटक बिहीबार आबुधाबीको मुसाफा आइकार्ड मज...