२१ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । बुधबार ओलीलाई भेट्न पौडेल उनको निवास बालकोट पुगेका थिए । पौडेल निकट स्रोतका अनुसार नेता पौडेलले ओलीलाई संसदमा एमालेले गरिरहेको अवरोध हटाउन आग्रह गरेका थिए । दुई नेताबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । […]