आचारसंहिता उल्लङ्घन गर्नेमाथि आक्रमक बन्दै आयाेग, ५ जनालाई ५० हजार जरिवाना

काठमाडाैं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार, जनप्रतिनिधि र कर्मचारी गरेर ५ जनालाई ५० हजार जरिवाना तिराउने निर्णय गरेको छ । आयोगले आचारसंहिता उल्लङ्घन गर्ने रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमसहित ५ जनालाई ५ हजारदेखि २५ हजारसम्मका दरले जरिवाना गराउने निर्णय गरेको हो । […]

सम्बन्धित सामग्री

स्थिर समयमा आचारसंहिता उल्लङ्घन : कतै भोज कतै मध्यरातमा मागियो भोट

काठमाण्डाै - चुनावको स्थिर समयमा आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । भोलि हुने मतदानका लागि ४८ घण्टा अगाडि अर्थात् बिही‍वार मध्यराति १२ बजेदेखि नै स्थिर समय (मौन अवधि) सुरु भएको थियो । तर विभिन्न जिल्लामा दल तथा उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेका छन् । धादिङको क्षेत्र नम्बर–२ (ख) प्रदेश सभाका उम्मेदवार राप्रपाका डम्बर तामाङ, नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडाले मतदाता जम्मा पारेर मत माग्दै हिँडेको गुनासो छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधि सभा उम्मेदवार राजेन्द्रप्रसाद पाण्ड...

आचारसंहिता उल्लङ्घन गर्ने छ सञ्चारमाध्यमले गरे भूलसुधार

काठमाडाैँ- आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको स्थिर समयमा ३० सञ्चारमाध्यमबाट आचारसंहिता उल्लङ्घन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । स्थिर अवधि सुरु भएको समय गएराति १२ बजेदेखि शुक्रबार अपराह्नसम्म आचारसंहिता उल्लङ्घन गरेकामध्ये छ सञ्चारमाध्यमले भूलसुधारसमेत गरेका छन् । प्रेस काउन्सिल नेपालले आज जारी गरेको विज्ञप्तिअनुसार दुईवटा रेडियो, ११ वटा पत्रपत्रिका, १६ वटा अनलाइन […]

आचारसंहिता उल्लङ्घन गर्ने तीन उम्मेदवार र आठ सरकारी कर्मचारीलाई स्पष्टीकरण

काठमाडौं, २ मंसिर । स्थिर समयमा चुनावी प्रचारप्रसार गरेको तथा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले आज तीनजना उम्मेदवार र आठजना सरकारी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । आयोगले आज पत्र काट्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो । आयोगका अनुसार बारा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार कृष्णकुमार […]

आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न हात नकमाउनुस् : आयुक्त भण्डारी

काठमाण्डाै – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।  आज सोमवार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल कारबाही गर्न निर्देशन दिनुभएको हो । केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त भण्डारीले आचारसंहिता उल्लङ्घनको प्रमाण भेटिएमा तत्काल नियन्त्रणमा लिन कन्जुस्याइँ नगर्न पनि आग्रह गर्नुभयो ।  उहाँले मुख्य...

सप्तरी : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै दल र स्वतन्त्र उम्मेदवार

सप्तरी – सप्तरीमा राजनीतिक दल र स्वतन्त्र उममेदवारले  निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आचारसंहिता २०७९ विपरीत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले चुनाव प्रचारप्रसार गरिरहेको पाइएको छ । आयोगले १७ दिनमात्र चुनाव प्रचारप्रसार गर्ने व्यवस्था गरे पनि दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको हाे । उम्मेदवारले आचारसंहिता विपरीत पार्टीको चिह्न अङ्कित टी–शर्ट र टोपी प्रयोग गरेर चुनाव प्रचारप्रसार गरिरहेका छन् । कार्यकर्ता र समर्थक पार्टीको चिह्न अङ्कित टी–सर्ट लगाएर घरद...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ६६ जनालाई स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले हालसम्म स्थानीय तह निर्वाचनको आचारसंहिता उल्लङ्घन गर्ने ६६ जनालाई स्पष्टीकरण सोधेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आचारसंहिता लागु भएयता ६६ जनालाई स्पष्टीकरण सोधिएको जानकारी दिए । नौ वटा सचेत गराइएको र एउटा ध्यानाकर्षणको निर्णय भएको उनले बताए । अर्यालले आचारसंहिता अनुगमनमा नियमित अनुगमन टोली र निर्वाचन अनुगमन टोलीले कार्यान्वयनको […]

आचारसंहिता उल्लङ्घन गर्नेलाई १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता उल्लङ्घन गरेको पाइएमा कारबाही गर्ने भएको छ। यसअघि आचारसंहिता उल्लङ्घन गर्नेलाई २४ घण्टे स्पष्टीकरण सोध्दै आएकोमा आयोगले मौन अवधिमा १२ घण्टे स्पष्टीकरण सोध्ने भएको हो। मङ्गलवार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लङ्घन गर्नेलाई कडा कारबाही गरिने बताए । कडा कारवाहीस्वरुप स्पष्टीकरणलाई १२ घण्टामा […]

आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न १९ वटा उच्चस्तरीय टोली गठन

काठमाण्डाै – निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको छ । आयोगले आज मङ्गलवार पत्रकार सम्मेलनमार्फत आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिइ विभिन्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तुलनात्मक रूपमा संवेदनशील ठाउँहरूमा टोली परिचालन गरेको जानकारी दिनुभयो ।   टोलीले चुनावलाई  असर नपर्ने गरी भिडियो छायाङ्कन गर्न सक्ने र मौन अवधिमा आमसभा, ...

आचारसंहिता उल्लङ्घन गर्ने प्रमुख दल र नेतालाई निर्वाचन आयोगले गरायो सचेत

काठमाण्डाै - निर्वाचन आयोगले पालिका चुनावका लागि लागू गरेको आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दललाई सचेत गराएको छ । साथै आचारसंहिता उल्लङ्घन नगर्न निर्देशन समेत दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दलले गएको चैत २६ गते काठमाण्डौको भृकुटीमण्डपमा गरेको सभामा आचारसंहिता प्रतिकूल दलको झन्डा र बालबालिकाको प्रयोग गरेको विषयमा आयोगले छानबिन गरी आचारसंहिता विपरीत काम भएको ठहर समेत गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले पनि आचारसंहिता उल्लङ्न गरेको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको ...