स्थिर समयमा आचारसंहिता उल्लङ्घन : कतै भोज कतै मध्यरातमा मागियो भोट

काठमाण्डाै - चुनावको स्थिर समयमा आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । भोलि हुने मतदानका लागि ४८ घण्टा अगाडि अर्थात् बिही‍वार मध्यराति १२ बजेदेखि नै स्थिर समय (मौन अवधि) सुरु भएको थियो । तर विभिन्न जिल्लामा दल तथा उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेका छन् । धादिङको क्षेत्र नम्बर–२ (ख) प्रदेश सभाका उम्मेदवार राप्रपाका डम्बर तामाङ, नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडाले मतदाता जम्मा पारेर मत माग्दै हिँडेको गुनासो छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधि सभा उम्मेदवार राजेन्द्रप्रसाद पाण्ड...