आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न हात नकमाउनुस् : आयुक्त भण्डारी

काठमाण्डाै – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।  आज सोमवार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल कारबाही गर्न निर्देशन दिनुभएको हो । केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त भण्डारीले आचारसंहिता उल्लङ्घनको प्रमाण भेटिएमा तत्काल नियन्त्रणमा लिन कन्जुस्याइँ नगर्न पनि आग्रह गर्नुभयो ।  उहाँले मुख्य...