हलमा लागे बुद्धि तामाङको ‘चोर र पुलिस’, अजय देवगणको ‘दृश्यम २’

काठमाडौं । आज (शुक्रबार)देखि नेपालमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘चोर र पुलिस’ र हिन्दी फिल्म ‘दृश्यम २’ रिलिज भएका हुन् । एक्सन र सामाजिक कथावस्तुमा आधारित फिल्म ‘चोर र पुलिस’ सिंगल स्क्रिनमा मात्र रिलिज भएको छ । आरएल लामा निर्देशित फिल्ममा बुद्धि तामाङ, धीरेन शाक्य, शोभित बस्नेत, कविता राय र जयकिशन […]

सम्बन्धित सामग्री

आधुनिक चोरहरू

जसले जति ठूलो स्वरमा खोके पनि साँचो त फेरि चोरहरूकै हातमा पुग्दो रहेछ वा पुर्‍याइँदो रहेछ त ! हिजो जो चोर, उसैको ठूलो स्वर भन्थे । जसको ठूलो स्वर, उसैको कुरा मात्र सुनिन्छ भन्ने मान्यता अहिले फेरि स्थापित भएको छ । पहिले चोरका दाह्रीमा बोराका झुस हुन्थ्यो । अहिलेको चोरका गाडीमा पुलिस हुन्छन् । पहिला पछि पछि हुन्थे अहिले चारैतिर हुन्छन् । अब त लोकोक्ति नै बनिसकेको छ कि ‘चोरको गाडीमा प्रहरी’ । समय बदलिएसँगै चोरहरूको लवाइ, खवाइ, हुलिया पनि सबै बदलिएको छ । पहिले पहिले चोरहरूले लामा लामा दाह्री पालेका हुन्थे । हेर्दैमा फोहोरी, कम बोल्ने खालका र उल्लुझैं राति राति मात्रै विचरण गर्ने गर्थे । चोरहरूको संगठनमा दाह्रीविहीन चोरको प्रवेश निषेध हुन्थ्यो । चोरहरूको दाह्रीले उनीहरूको चोरत्वलाई एउटा नयाँ उचाइ स्थापित गरिरहेको हुन्थ्यो । चोरहरू शुद्ध रूपमा चोर नै हुन्थे । चोर न डाँका हुन्थे न फिरौतीवाला गुण्डा । प्रत्येक चोरको एक विशिष्ट प्रकारको दाह्री हुन्थ्यो । उनीहरू आफ्नो दाह्रीलाई चौर्य रसले भरिपूर्ण बनाउन कुनै कसर छाड्दैनथे । मानिसहरू चोरको पहिचान गर्न थोत्रा कपडा बोरामा कोचेर हिँड्थे । दाह्रीवाला चोरका दाह्रीमा यी थोत्रा बोराका झुसहरूले ससम्मान वास पाइरहेका हुन्थे । चोरलाई अँध्यारो प्यारो हुन्थ्यो, उज्यालोसँग तर्सन्थे । औंसी उनीहरूको प्यारो हुन्थ्यो, पूर्णिमासँग उनीहरू रिसाउँथे । नीतिले पनि भनेको छ, ‘चौराणां चन्द्रमा रिपु:’ । तर हिजोआजका चोरहरू उज्यालोमा बस्छन् र अँध्यारोको त्रास देखाउँछन् । अनि दिउँसै रात पारिदिन्छन् । चोरहरू पहिला केही बोल्दैनथे, अहिले त धेरै नै गफाडी भएर पो निस्केका छन् त । थाहै हुँदैन चोर हो कि पाकेटमार भनेर । तपाईं बस त चढ्नुहुन्छ नि ? बसमा ‘ए ! पाकेटमार छ है’ भन्दै आफै हल्ला गर्छन् । बिचरा यात्रुहरू खल्ती छामछुम गर्न थाल्छन् । एकैछिनमा पकेटमारा ओर्लियो भन्दै आफै ओर्लिन्छन् । बिचरा यात्रुले एक छिनपछि थाहा पाउँछ आफ्नै पाकेट मारेको कुरा । यस्तो ट्रिक यिनले नेताबाट सिकेका हुन् कि नेतालाई सिकाएका होलान् ? हिजोआज त चोर हो, डाँका हो वा कुनै नेता हो भनेर छुट्ट्याउनै मुश्किल हुँदै गएको छ । हुलियाबाट अन्दाज गर्नुभयो भने तपाईं सोझै फस्नुहुनेछ । जसलाई महान् नेता ठान्यो, महान् राष्ट्रवादी ठान्यो वा महान् व्यवसायी, समाजसेवी ठान्यो, पत्रकार ठान्यो उही नै अन्त्यमा चोर पो भएर निस्कन्छ । गज्जपको गोलमाल छ हजुर ! यहाँ । विकासको रेल जति छिटो कुदेको छ, चोरहरूले पनि त्यति नै तीव्र गतिमा विकास गरेका छन् । चोरहरूले सबैभन्दा पहिले त आआफ्ना दाह्री सफाचट पारेका छन् । ‘क्लिन सेभ्ड’, ‘ह्वाइट कलर्ड’ भएका छन् । परम गुगलबाज, अनलाइनी भएका छन् । क्रेडिट कार्डधारक, स्मार्ट अनलाइन चोर भएका छन् । चोरहरूले दाह्री हटाएपछि गाडी राख्न शुरू गरेका छन् । स्मार्टफोन, आईप्याड सधैं साथमा । यसप्रकार चोरहरूको पनि स्मार्ट विकास हुँदै गएको छ । पहिले चोरका दाह्रीमा बोराका झुस हुन्थ्यो । अहिलेको चोरका गाडीमा पुलिस हुन्छन् । पहिला पछि पछि हुन्थे अहिले चारैतिर हुन्छन् । अब त लोकोक्ति नै बनिसकेको छ कि ‘चोरको गाडीमा प्रहरी’ । यो उक्ति वास्तवमा दुई धारवाला तरवारजस्तो छ । यसलाई चोरको गाडीमा प्रहरी भन्नोस् वा प्रहरीको गाडीमा चोर, एउटै कुरा हो हात्ती बलियो कि हात्ती छाप बलियो भनेजस्तै । चोरहरूका संगठनमा चोर र प्रहरीको समान रूपमा आदर हुने गर्छ । प्राय:जसो यो पत्ता लगाउन निकै गाह्रो हुन्छ कि को चोर हो र को प्रहरी ? अब त प्रहरी–चोर दाइ–भाइ भन्ने उक्ति लोकप्रिय बन्दै र समाजमा स्थापित हुँदै गएको छ । उनीहरू दाइभाइ भएकाले पुराना चोर बार्ई बाई भएका छन्, नयाँ चोरको हाई हाई भइरहेको छ । पहिले चोरहरूले शुद्ध रूपमा चोरी मात्र गर्थे, तर आधुनिक चोरहरू निकै आधुनिक बन्दै गएका छन् । उनीहरू प्रहरी प्रशासन, व्यवसाय, पत्रकारिता, कानूनी पेशा, संसद् जताततै छाएका छन् । त्यसैले त नवीन चोर कथं चोरी गर्दागर्दै कतै चुक्यो भने पनि उसलाई बचाउनेहरू समाजमा थुप्रै छन् । यदि चोरले यदाकदा चोरी कार्यलाई आन्तरिक रूपमा स्थगित गरे भने पनि प्रहरीले चोरीका साथसाथै हेराफेरी गर्ने अतिरिक्त प्रभाग पनि सम्हाल्नुपर्छ । यो गोलमाललाई चोरले एकदमै इमानदारीका साथ आफ्नो भाइभतिजा प्रहरीलाई अर्पित गर्छ । प्रहरीसाप यस्तोबाट प्राप्त हुने धनराशीलाई ‘हप्ते संस्कार’ भनेर श्रद्धापूर्वक ग्रहण गर्छन् । जहाँ हप्ता उठ्दैन, त्यहाँ नियमको डण्डा चलिहाल्छ, हप्ता उठाएर भागशान्ति गरेपछि मानिसको आँखा र कान न हो, नदेख्न सकिहाल्छ, नसुन्न सकिहाल्छ । त्यसै हेर्दै हेरेन, सुन्दै सुनेन भनेर आरोप लगाउन चाहिँ पाइँदैन नि है । यो त कानूनीराज पो हो । न्यायको आँखामा पट्टी बाँध्दैमा सबै थोक देख्दैन भन्ने हुन्छ र ? चाहिएको कुरा त देखिहाल्छ नि ?   हप्तार्पण संस्कारका पनि अनेक विधि र प्रक्रिया हुन्छन् । तिनका पनि ठाउँ र पेशाअनुसार पद र लाभ अनुसार फरक फरक विधान हुन्छन् । विधान मिलेन भने फल मिल्दैन । त्यसैले हप्तार्पणका बेला चोरहरूको इमानदारी हेर्न लायक हुन्छ । हप्तार्पण संस्कारवाला चोर कहिल्यै पक्राउ पर्दैन, किनकि चोर र पुलिस सँगसँगै हुन्छन् । उनीहरूका गिलासले मित लगाइरहेको हुन्छ । साथै बोरा र बोराका झुस नहुने कारण चोर चिनिँदैन पनि । अहिले त अफिसर–नेता–मन्त्रीका रूपमा चोर देउता जनतालाई आफ्नो चौर्य कर्ममा बाँधेर राखिरहन सफल हुन्छन् । उनीहरू आफ्नो चौर्य कलालाई नित्य नयाँ रूपमा नयाँ उचाइ प्रदान गरिरहेका हुन्छन् । चौर्य कलाको प्रशिक्षण कलेजबाटै शुरू हुन्छ । हप्ताग्रहण र अर्पण विधि, ठेक्कापट्टामा मेलमिलाप विधि, बेला बेलामा यसो कुखुरी नृत्य प्रदर्शनको रिहर्सल भइरहेको हुन्छ त्यहाँ । त्यहाँबाट प्रशिक्षित भएपछि बल्ल प्रादेशिक तहमा र राष्ट्रिय तहमा यस्ता कार्यक्रममा सहभागी हुन पाइन्छ । आधुनिक चोरदेव यदाकदा कुनै पनि पागल व्यक्तिबाट समातियो भने पनि उसलाई जोगाउन के के नामका आयोग, महाशाखा आदि सारा राज्य संयन्त्र नै खडा र तम्तयार हुन्छन् । यति भएपछि छ कुनै ‘माइका लाल’ आधुनिक चोरहरूलाई समात्ने ?

नेपाली फिल्म ‘चोर र पुलिस’ र भारतीय फिल्म ‘दृश्यम २’ आजबाट देशभर प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि नेपाली हलहरुमा दुईवटा नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘चोर र पुलिस’ र भारतीय फिल्म ‘दृश्यम २’ प्रदर्शन आएका हुन् । एक्सन र सामाजिक कथावस्तुमा आधारित फिल्म ‘चोर र पुलिस’ सिंगल स्क्रिनमा मात्र प्रदर्शन भएको छ । आरएल लामा निर्देशित फिल्ममा बुद्धि तामाङ, धिरेन शाक्य, शोभित बस्नेत, कविता राय, जयकिशन बस्नेतको […]

फिल्म ‘चोर र पुलिस’ को ट्रेलर सार्वजनिक

काठमाडौं । कार्तिक २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘चोर र पुलिस’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट ४७ सेकेण्डको ट्रेलरमा विभिन्न सामान चोर्ने चोरलाई पुलिसदेखि गुण्डासम्मले खोजिरहेको देखाइएको छ । ट्रेलरको कलाकार बुद्धि तामाङ एक प्रहरीको भूमिकामा देखिएका छन् । फिल्ममा धिरेन शाक्य, […]

गाडी नं. ५७८९ चाबहिलदेखि रूपेटारसम्म

कि देश भन्नुको अर्थ फगत देश मात्र हुनु; दल, सरकार, कर्मचारी, चोर र पुलिस मात्र हुनु हो ?

टिजरमा यस्तो छ ‘चोर र पुलिस’

फिल्म ‘चोर र पुलिस’ ले टिजर ल्याएको छ । तिहारको अवसर पारेर कार्तिक १७ गतेदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको फिल्मको टिजर फिल्मका केही महत्वपूर्ण दृश्यले प्रथामिकता पाएको छ ।आरएल मोक्तानको निर्देशन रहेको फिल्ममा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रवि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राय, सुलेमान शंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त

फिल्म छायाँकन गर्न काठमाडौंबाट हेलिकप्टरमार्फत् कालिञ्चोक

काठमाडौं : कोरोना भाइरस संक्रमणको जोखिम र लकडाउनका कारण ठप्प फिल्म क्षेत्रका कार्यहरू बिस्तारै सुरु हुन थालेका छन्। आइतवार फिल्म ‘चोर र पुलिस’ युनिट छायाँकनका लागि फ्लोरमा निस्कियो। कालिञ्चोकमा छायाँकन शुभारम्भ भएको हो। जसका लागि फिल्म युनिट काठमाडौंबाट हेलिकप्टर लिएर त्यहाँ पुग्यो।   आरएल लामाको निर्देशन रहने फिल्ममा अभिनेत्री