फिल्म छायाँकन गर्न काठमाडौंबाट हेलिकप्टरमार्फत् कालिञ्चोक

काठमाडौं : कोरोना भाइरस संक्रमणको जोखिम र लकडाउनका कारण ठप्प फिल्म क्षेत्रका कार्यहरू बिस्तारै सुरु हुन थालेका छन्। आइतवार फिल्म ‘चोर र पुलिस’ युनिट छायाँकनका लागि फ्लोरमा निस्कियो। कालिञ्चोकमा छायाँकन शुभारम्भ भएको हो। जसका लागि फिल्म युनिट काठमाडौंबाट हेलिकप्टर लिएर त्यहाँ पुग्यो।   आरएल लामाको निर्देशन रहने फिल्ममा अभिनेत्री

सम्बन्धित सामग्री

कालिञ्चोक दर्शन र एशियन हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पाए ओपन रेञ्ज ?

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज ( नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । कालिञ्चोक दर्शन लिमिटेडको कुल ६० लाख कित्ता र एशियन हाइड्रोपावरको ३४ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो ।  अब यी दुवै कम्पनीको शेयर भोलि अर्थात् बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।  एशियन हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ३ लाख ४० हजार, सर्वसाधारणको लागि निष्कासन गरेको ८ लाख ४० हजार र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २२ लाख २० हजार कित्ता गरी कुल ३४ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।  कम्पनीलाई पहिलो कारोबारको लागि नेप्सेले रू. ९९ दशमलव ६० देखि २९८ दशमलव ८० ओपन रेञ्ज तोकेको छ । यही ओपन रेञ्जको आधारमा बिहीवारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल एएचएल रहेको छ । त्यस्तै शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट हुने कम्पनीले जानकारी दिएको छ ।  त्यस्तै कालिञ्चोक दर्शनलाई पहिलो कारोबारको लागि नेप्सेले रू. ७८ दशमलव १५ देखि २३४ दशमलव ४५ ओपन रेञ्ज तोकेको छ । यही रेञ्जको आधारमा बिहीवारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दका लागि वितरण गरेको १ लाख २० हजार, सर्वसाधारणको लागि वितरण गरेको १० लाख ८० हजार र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ४८ लाख कित्ता गरी कुल ६० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल केडिएल रहेको छ । साथै सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्सालबाट हुने कम्पनीले जानकारी दिएको छ ।

कालिञ्चोकको सूर्यास्त हेर्दै विगुसम्मको यात्रा

दोलखाको कालिञ्चोक पछिल्लो समय आन्तरिक मात्रै होइन बाह्य पर्यटकको समेत रोजाइमा परेको छ । काठमाडौंबाट नजिकको दूरीमा पर्ने भएकाले पनि यो पर्यटकहरुका लागि सहज गन्तव्य भएको छ । धार्मिक गन्तव्य समेत रहेको कालिञ्चोकमा दर्शनका लागि पुग्ने त छन् नै युवायुवतीमाझ पनि यो चर्चामा छ । काठमाडौंमा शुक्रबार कार्यालय समय भ्याएर बेलुका बस्ने गरी कालिञ्चोक पुग्ने […]

पर्यटन प्रवर्दन गर्न कालिञ्चोकमा स्की तालिम

दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात भएसँगै साहसिक स्की खेल भएको छ । काठमाडौंबाट १५० किलोमिटर टाढा ३ हजार ५ सय मिटर उचाइमा रहेको कालिञ्चोकस्थित कुरीमा पाँच दिने स्की तालिम र खेलसमेत सञ्चालन भएको छ ।काठमाडौंबाट नजिक रहेको र यातायातको समेत सहज पहुँच भएपछि दोलखाको कालिञ्चोक र शैलुङ क्षेत्रमा केही वर्षयता स्की खेलमा मनोरञ्जन लिने र तालिम […]

यी हुन् दशैँ बिदामा घुम्न उपर्युक्त रामेछापका गन्तव्य

दशैँको अवसरमा घुम्न जानेका लागि रामेछाप उत्कृष्ठ गन्तव्य हो । रामेछापको उत्तर पूर्वी भू–भाग र उच्च पर्वतीय क्षेत्र घुमफिरका अति उत्तम गन्तव्य हुन् । जिल्ला सदरमुकाम मन्थलीबाट छुटेपछि हरेक घुम्ती तथा मोडहरु आन्तरिक घुमघामका लागि योग्य क्षेत्र मानिन्छन् ।रामेछापबासीका लागि मात्रै नभई, तराईका जिल्लाबाट समेत पर्वतीय पर्यटनको अनुभवका लागि रामेछाप नजिकको गन्तव्य हो । उच्च पहाडी भू–भाग, सुन्दर प्रकृति, प्रकृतिका काखमा रहेका धार्मिक तीर्थ स्थल, कुण्ड तथा पोखरीहरु घुमघामका उत्कृष्ठ स्थलहरु हुन् ।सैलुङसैलुङ रामेछाप र दोलखाको सिमानामा अवस्थित छ । यो नेपालको पूर्वतिरको पहाडी भू–भाग हो । सैलुङको अर्थ सय लुङ ९लुङ भनेको पहाडका टाकुरा० हो । सैलुङमा समुद्री सतहदेखी ३ हजार १ सय ४५ मिटर उचाईका १०८ वटाभन्दा धेरै थुम्काहरु छन् ।सिन्धुलीको झाँगाझोली रातमाटाबाट सुनकोसी नदी तरेपछि रामेछापको खाँडादेवी गाउँपालिका प्रवेश गरिन्छ । सित्खाबाट गाल्वाहुँदै दोरम्बा पुगेपछि डडुवा, च्छोयलिङ् गुम्बा, खोला खर्क र त्यसपछि थोरै उकालो हिडेपछि सैलुङ पुगिन्छ । रामेछापको सदरमुकाम मन्थलीबाट गाल्वा हुँदै सैलुङ जान सकिन्छ ।काठमाडौंबाट ६० किलोमिटर हिडेपछि वीपी राजमार्गको छेवैमा दुम्जाको कुशेश्वर महादेव मन्दिरमा पुगिन्छ । सिन्धुली र काभ्रेको सिमानामा पर्ने कुशेश्वर महादेवको दर्शन गरेपछि रामेछापको खाँडादेवी र अग्लेश्वरीको हुँदै राजभिर पुगिन्छ । राजभिरमा तत्कालीन राजा वीरेन्द्रका मित, भूटानी लामाले बनाएको ऐतिहाँसिक च्छोयलिङ गुम्बा छ । त्यसपछि ठूलो सैलुङ महादेव, रामेछापको गौश्वारामा पर्ने सैलुङेश्वर महादेवको गुफा पनि घुम्न सकिन्छ ।हिन्दुहरु सैलुङ क्षेत्रलाई भगवान शिवको तपोभूमिको रुपमा लिन्छन् भने बौद्धधर्मालम्बीहरु बुद्धले पाइला टेकेको ठाउँको रुपमा लिने गर्छन् । मनास्लु, जुगल, लाङटाङ हिमाल प्रष्ट देखिने सैलुङबाट गौरिशंकर, नुम्बुर हिमाल र मकालु हिमाल पनि देख्न सकिन्छ । दोलखा जिल्लामा पर्ने कालिञ्चोक, चेरलुङ, रामेछापको तामेडाँडा, सालुखुम्बुको पिके र ओखलढुङ्गाको थोलेदेम्बा लगायतका उच्च पर्वतहरु सैलुङ डाँडाबाट मज्जाले देख्न पाईन्छ । दक्षिणमा महाभारत पर्वत श्रृङ्खला, चुरे पर्वत श्रृङ्खला पनि देखिन्छ ।सैलुङको आलु निकै प्रख्यात छ । द्धन्द्ध पर्यटनको राजधानीकै रुपमा विकास हुँदै गरेको दोरम्बा पनि सैलुङमै पर्छ । त्यसैले पनि यो गन्तव्य मानिसहरुका लागि दशैँमा घुमफिरको महत्वपूर्ण गन्तव्य बन्न सक्छ ।पाँचपोखरी/जटापोखरीदोलखा हुँदै रामेछाप र त्यसपछि रामेछाप र सिन्धुलीको सिमाना खुर्कोटमा आएर सुनकोशी नदीमा मिसिएर बग्ने तामाकोशी नदीको सहायक नदी खिम्ति खोलो हो । यही खिम्ती खोलाको शिरमा अवस्थित पाँच पोखरी र जटापोखरी प्राकृतिक र धार्मिक पर्यटनका उत्कृष्ट गन्तव्य हुन् ।रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ मा पर्ने जटापोखरी पुग्न साविकको चुचुरे गाविसको गर्जाङ्बाट पैदल यात्रा सुरु हुन्छ । रस्नालुबाट नै हिमाली हावापानीको स्वाद पाईने हुँदा शरीर त्यसै त्यसै फुरुङ्ग हुन्छ । सायद जडिबुटी मिसिएको हावा खान पाएर होला ।ठोसेबाट खिम्ती खोलाको किनारै किनार बसमा हिडेपछि चुचुरेको गर्जाङ् पगिन्छ । बाफ रे १ उच्च पहाडमा यति ठूलो फाँट रु त्यहाँ पुग्दा जो कसैले पनि गर्ने प्रश्न यही हो ।कुनै समय यो फाँटामा सरकारले गाई फार्म सञ्चालन गरेको थियो । तर द्धन्द्धको बेलामा उक्त गाई फार्ममा आगो लगाईएको रहेछ । त्यहाँ पुगेर कुरा गर्दा बुढापाकाहरु ती दिन सम्झिन्छन् । गाई फार्म रहेका बेला यो क्षेत्र निकै रमाइलो लाग्थ्यो रे । माउ गाईका पछिपछि दगुर्ने बाच्छा बाच्छीहरु हेरेरै मानिसहरु रमाउने गर्थे रे । तर द्धन्द्धको बेलामा फार्ममा आगो लगाएर भएभरका सबै गाईहरुलाई कुट्दै लखेटिएछ ।गर्जाङमा पुगेर विश्राम गरेपछि ठाडै उकालो यात्रा सुरु हुन्छ, जटापोखरी पुग्न । गर्जाङ्बाट दुई घण्टा पैदल हिडेपछि चुचुरेको खहरे पुगिन्छ । खहरे जटापोखरी–पाँचपोखरी जाने बाटामा पर्ने मानवबस्ती भएको अन्तिम गाउँ हो ।उचाईका हिसाबले उच्च भू–भागमा रहेकाले लेकमा हिड्ने बानी नभएकाहरुलाई लेक लाग्ने सम्भावना पनि रहन्छ । त्यसैले यस मार्गमा पैदलयात्रा गर्नेले मकैको सातु, लसुनको पोटी र अकबरे खुर्सानी साथमै बोक्नुपर्छ । सातु र लसुनले लेक लाग्न दिँदैन भने खुर्सानीले शरीरलाई तातो बनाईरहन्छ ।गर्जाङबाट ६ घण्टा उकालो चढेपछि मानेडाँडा पुगिन्छ । डाँडामा रहेका माने, खुल्ला चौर, चिसो मौसम र तलतिर हेर्दा बादलु थुम्का र पहाडी थुम्काबीचको लुकामारीले थकान सबै मेटिन्छ । शेर्पा दाजुभाई र दिदीहरुले त्यहाँ बनाएका चौंरी गोठमा आगो ताप्दै चिज र छुर्पी खानुको मजा पनि बेग्लै हुन्छ ।पुगियो जटापोखरी !मानेडाँडाबाट २ घण्टाको दुरीमा जटापोखरी अवस्थित छ । मानेडाँडाँबाट विस्तार विस्तार २ घण्टा हिडेपछि जटापोखरी पुगिन्छ । ४ हजार २५० मिटरको उचाईमा रहेको नरिवलको जटाको आकारमा रहेको जटापोखरीमा वर्षमा ६ महिना भन्दा बढी पानी जम्छ । चैतदेखि भदौसम्म मात्रै पग्लन्छ । त्यसैले यसलाई हिमनदी पनि भनिन्छ ।जटापोखरीबाट ३५५ मिटर मात्रै सिधा माथि छ पाँच पोखरी । एउटै पोखरीका बिचबिचमा प्राकृतिक रुपमा उठेका बाध ९ढिस्कारथुम्का० ले पोखरीलाई ५ वटा कुण्ड बनाईदिएका छन् । स–साना ५ वटा कुण्ड भएकाले यसलाई पाँचपोखरी भनिएको हो । यही पाँच पोखरीबाट निस्किएको पानी जटापोखरीमा झर्छ । जटापोखरीबाट पानी बाहिर निस्केपछि बनेको खोला नै खिम्ती खोला हो ।रामेछापका उच्च थुम्कीहरु बौद्ध र हिन्दु धर्मका संगमस्थल नै मानिन्छन् । पाँचपोखरी जटापोखरीलाई हिन्दु र बौद्धमार्गीहरुको संगमस्थल मानिन्छ ।दशैँमा छोटो छुट्टि भएकाहरुले पनि यो क्षेत्रको पदमार्ग सकेर फर्किन सक्छन् ।

दशैँ विदामा नेपाल घुम्ने हो ? यी हुन् ९ उत्कृष्ठ गन्तव्य

विगत केही वर्षदेखि फस्टाउँदै आएको आन्तरिक पर्यटन अहिले कोरोना माहामारीका कारण झन आवश्यक बनेको छ । नेपालीहरु आफैँ जागरुक भएर आफ्नो देश नघुमेसम्म विदेशीहरु तत्काल आइहाल्ने सम्भावना छैन । त्यसैले पनि नेपालीहरु आफ्नो देश घुम्न आवश्यक छ । पर्यटन बजारलाई चलायमान बनाउन विभिन्न एयरलाइन्स कम्पनीसहित ट्राभल कम्पनीहरुले आन्तरिक घुमफिरका ‘प्याकेज’ बनाएका छन् । दशैँ तिहार जस्ता चाडको समयमा परिवारसहित मानिसहरु घुम्न निस्कने आशा गरिएको छ । घुमफिरका लागि अहिलेको मौसम उपयुक्त मानिन्छ । यद्यपी, यसवर्ष मनसुन अझै सक्रिय नै छ । तैपनि मनसुनसँगै आनन्द मानेर घुम्ने नेपालीका लागि अहिलेको समय अनुकुल नै हो भन्न सकिन्छ । १) नगरकोटमूलुकको संघिय राजधानी काठमाडौंबाट जम्मा ३२ किलोमिटरको दूरीमा रहेको ठाउँ हो नगरकोट । पर्यावरणीय दृष्टिकोणले निकै सुन्दर मानिने र विदेशी पर्यटकको रोजाईमा पर्ने यो गन्तव्य सूर्योदयको रमणीय दृश्य हेर्नका लागि विश्वको उत्कृष्ट दश स्थानमध्येमा पर्छ । लाङटाङ हिमशृंखलासहित सगरमाथासमेत देख्न सकिने यो ठाउँ बिहान गएर बेलुका फर्किन सकिन्छ । रातमा उतै बास बसेर भोलिपल्टको सूर्योदय हेर्छु भन्नेहरुका लागि बासस्थानको उपर्युक्त व्यवस्थासमेत छ । काठमाडौं कोटेश्वरबाट भक्तपुरको कमलविनायक हुँदै २ घण्टा सार्वजनिक बसमा यात्रा गरेपछि नगरकोट पुग्न सकिन्छ । निजी सवारीमा पनि निर्धक्क पुग्न सकिने छोटो गन्तव्य हो नगरकोट ।२) दामन/इन्द्रसरोबरमकवानपुरमा पर्ने दामन काठमाडौँबाट नजिकको हिउँ खेल्ने गन्तव्य हो । हिँउद याममा हिउँ खेल्नका लागि मानिसहरु बाक्लै पुग्ने यो ठाउँमा अहिले सामान्य अवस्थामा रहेको गर्मी छल्न पनि मानिसहरु पुग्ने गर्दछन् । सफासँग मौसम खुल्दा दामनबाट ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल देख्न सकिन्छ ।मकवानपूरकै कुलेखानीमा मानवनिर्मित इन्द्रसरोबार ताल मूलुककै पृथक पर्यटकीय गन्तव्य हो । चन्द्रागिरी पर्वतको काँखैमा अवस्थिति यो तालमा डुंगा सयरको पनि प्रवन्ध छ । काठमाडौँबाट यति नजिकै तालमा डुंगा सयर गर्न पाउने व्यवस्था अन्यत्र छैन ।निजी सवारी लिएर प्रकृतिसँग दिन बिताएर साँझ काठमाडौँ फर्किन्छु भन्नेहरुका लागि पनि यो गन्तव्य उपर्युक्त बन्न सक्छ ।३) कालिञ्चोकदोलखाको कालिञ्चोक काठमाडौँबाट मात्रै नभई मध्य तराइबाट पनि सहजै पुग्न सकिने आन्तरिक गन्तव्य हो । सुन्दर प्रकृतिको काखमा रमाउन र हिमाली सभ्यता र संस्कृतिलाई नजिकबाट नियाल्न पाइने भएकाले आन्तरिक पर्यटकले औधी निकै रुचाउने गन्तव्य हो कालिञ्चोक ।कालिञ्चोक भगवतीको मन्दिर भएकाले यो ठाउँ धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसर गौरिशंकर हिमाल हातैले छुन सकिन्छ की जस्तो गरी उभिएको देख्न सकिन्छ । यसबाहेक लाङटाङ, रोलवालिङ हिमशृंखला पनि प्रष्ट देखिने हुँदा यो ठाउँ निकै मनमोहक लाग्छ । काठमाडौंबाट रामेछाप सदरमुकाम मन्थली हुँदै पनि जान सकिन्छ । यसबाहेक मुडे देउराली हुँदै पनि पाँच घण्टाको बस यात्रामा दोलखा सदरमुकाम चरिकोट पुगिन्छ । चरिकोटबाट १७ किलोमिटर कच्ची सडक हिडेपछि कुरी बजार पुगिन्छ । एकनासका काठे घरहरुले कुरी बजारको सौन्दर्यता बढाएका छन् । कुरीबाट एक घण्टा पैदल हिँडेपछि समुद्री सतहदेखि ३८ सय ४२ मिटर उँचाइको कालिञ्चोक पुगिन्छ ।४) सैलुङसैलुङ रामेछाप र दोलखाको सिमानामा अवस्थित छ । यो नेपालको पूर्वतिरको पहाडी भू–भाग हो । सैलुङको अर्थ सय लुङ (लुङ भनेको पहाडका टाकुरा) हो । सैलुङमा समुद्री सतहदेखी ३ हजार १ सय ४५ मिटर उचाईका १०८ वटाभन्दा धेरै थुम्काहरु छन् ।सिन्धुलीको झाँगाझोली रातमाटाबाट सुनकोसी नदी तरेपछि रामेछापको खाँडादेवी गाउँपालिका प्रवेश गरिन्छ । सित्खाबाट गाल्वाहुँदै दोरम्बा पुगेपछि डडुवा, च्छोयलिङ् गुम्बा, खोला खर्क र त्यसपछि थोरै उकालो हिडेपछि सैलुङ पुगिन्छ । रामेछापको सदरमुकाम मन्थलीबाट गाल्वा हुँदै सैलुङ जान सकिन्छ । काठमाडौंबाट ६० किलोमिटर हिडेपछि वीपी राजमार्गको छेवैमा दुम्जाको कुशेश्वर महादेव मन्दिरमा पुगिन्छ । सिन्धुली र काभ्रेको सिमानामा पर्ने कुशेश्वर महादेवको दर्शन गरेपछि रामेछापको खाँडादेवी र अग्लेश्वरीको हुँदै राजभिर पुगिन्छ । राजभिरमा तत्कालीन राजा वीरेन्द्रका मित, भूटानी लामाले बनाएको ऐतिहाँसिक च्छोयलिङ गुम्बा छ । त्यसपछि ठूलो सैलुङ महादेव, रामेछापको गौश्वारामा पर्ने सैलुङेश्वर महादेवको गुफा पनि घुम्न सकिन्छ ।हिन्दुहरु सैलुङ क्षेत्रलाई भगवान शिवको तपोभूमिको रुपमा लिन्छन् भने बौद्धधर्मालम्बीहरु बुद्धले पाइला टेकेको ठाउँको रुपमा लिने गर्छन् । मनास्लु, जुगल, लाङटाङ हिमाल प्रष्ट देखिने सैलुङबाट गौरिशंकर, नुम्बुर हिमाल र मकालु हिमाल पनि देख्न सकिन्छ । दोलखा जिल्लामा पर्ने कालिञ्चोक, चेरलुङ, रामेछापको तामेडाँडा, सालुखुम्बुको पिके र ओखलढुङ्गाको थोलेदेम्बा लगायतका उच्च पर्वतहरु सैलुङ डाँडाबाट मज्जाले देख्न पाईन्छ । दक्षिणमा महाभारत पर्वत श्रृङ्खला, चुरे पर्वत श्रृङ्खला पनि देखिन्छ । सैलुङको आलु निकै प्रख्यात छ । द्धन्द्ध पर्यटनको राजधानीकै रुपमा विकास हुँदै गरेको दोरम्बा पनि सैलुङमै पर्छ । त्यसैले पनि यो गन्तव्य मानिसहरुका लागि दशैँमा घुमफिरको महत्वपूर्ण गन्तव्य बन्न सक्छ ।५) पोखराहिमाल, ताल, गुफा, छाँगा छहरा र साहसिक खेलहरु एकै स्थानमा भएको पोखरा नेपालको पर्यटनको राजधानी मानिन्छ । विश्वकै उत्कृष्ट मानिने अन्नपूर्ण पदयात्रा, म्याग्दीको पुनहिल, मुस्ताङको प्रवेशद्वारसमेत पोखरा नै हो । तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, विन्ध्यावासिनी मन्दिर जस्ता गन्तव्यले पोखराको सौन्दर्यलाई अझै मनमोहक बनाएका छन् । पोखराको सुन्दर उपत्यकाबाट केही उकालो लागेपछि पुगिने सराङकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे हिमशृंखला छर्लङ्ग देख्न सकिन्छ ।पोखराबाट एक घण्टामा पुगिने धम्पुसबाट माछापुच्छ«ेको दर्शन गर्न पाइन्छ । पोखराको वर्णन लेखेर गर्न सकिँदैन, यसका लागि एकपटक घुम्न जानु नै उपर्युक्त हुन्छ ।६) मुस्ताङट्राभल गाइडबुकमध्ये विश्वकै प्रख्यात मानिने ‘लोन्ली प्लानेट’ले हरेक वर्ष मुस्ताङलाई उत्कृष्ट गन्तव्यको सूचीमा राखेको हुन्छ । हिन्दु र बौद्ध मार्गीहरुकोसाझा तीर्थस्थल मुक्तिनाथका रहेको यो ठाउँमा पछिल्लो समय आन्तरिक पर्यटकको लर्को नै लाग्ने गरेको छ । कागबेनी, नौतले गुफा यो क्षेत्रका विशेषता हुन् । हिमाल पारीको जिल्ला भनिने मुस्ताङ निकै लोभलाग्दो प्राकृतिक संरचना भएको नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो ।७) चितवन/सौराहाजंगल सफारीका लागि चितवन निकै प्रख्यात छ । चितवन राष्ट्रिय निकुञ्जसमेत रहेको यो ठाउँमा ‘वाइल्ड लाइफ’मा रुची भएकाहरु पुग्ने गर्दछन् । जंगल सफारीमा गैंडा र अन्य जनावर हेर्न सकिन्छ । सौराहा र मेघौली चितवनका प्रमुख गन्तव्य हुन् । सौराहाका होटल व्यवसायीहरुले नेपाली पर्यटकलाई लक्षित गरी छुटका अफरसहित विभिन्न प्याकेजहरू सार्वजनिक गरेका छन् । सौराहामा ११० होटल र ७० वटा रेष्टुरेराँ छन् ।८) इलाम/ताप्लेजुङपूर्वी नेपाल भ्रमणका लागि धरान–धनकुटा–भेँडेटार हुँदै ताप्लेजुङ पुग्न सकिन्छ । इलामको चिया बगान, बगानको बीचमा पर्वतै पवर्तमा बनेको चिल्लो सडक अहिले चर्चामा छ । ओलाङचुङगोलादेखि पाथिभरा, विभिन्न जिल्लाको संगमस्थल तीनजुरे, ताप्लेजुङको तिम्बुङ पोखरी जस्ता मनै लोभ्याउने गन्तव्य भएका यी ठाउँहरु जति घुमे पनि घुमौ घुमौ लागिरहन्छ ।कञ्चनजंघा र कूम्भकर्ण हिमालको दृश्यावलोकन, पाथिभरा माताको दर्शन, पूर्वी नेपालको चीनसँग जोडिएको ओलाङचुङगोलासम्मको यात्रा पक्कै अविश्मरणीय हुनेछ ।९) राराघुमफिरमा रुची भएकाहरुले जीवनकालमा एकपटक पुग्छु भनेर सोच्ने गन्तव्य हो मुगुको हुटुस्थित रारा ताल । समुद्री सतहबाट २९ सय ९० मिटर उँचाइमा रहेको तालले घामको किरण अनुसार रङ फेर्ने गर्छ । राराभन्दा करिब ११ सय मिटरमाथिको उचाईमा रहेको मुर्मा टपबाट राराको पूरै आकृति देखिन्छ । बाक्लो सल्लाघारी भित्र लमतन्न सुतेकी रारा देख्दा जो कोहीलाई पनि स्वर्गीय आन्नद प्राप्त हुन्छ ।

निषेधाज्ञामा खुलेको कालिन्चोकको सुन्दरता (फोटो फिचर)

सुनिल धामी दोलखा जिल्लामा रहेको प्राकृतिक हिसाबले चित्ताकर्षक पर्यटकिय तथा धार्मिक स्थल हो कालिन्चोक । काठमाडौंबाट करिब ६ घण्टाको यात्रामा कालिञ्चोक पुगिन्छ । काठमाडौबाट चरिकोट १३३ किमि । चरिकोट–कुरी बजार १७ किमि ...

नयाँ वर्षमा कालिञ्चोकका होटल भरिभराउ

दोलखा-अग्रेजी नयाँ वर्षमा पर्यटकहरु आगामन बढेसँगै दोलखाका होटल भरिभराउ हुन थालेका छन् । लकडाउनका कारण लामो समयदेखि बन्द होटलहरु नयाँ वर्ष लागेकाले यस वर्षकै पहिलो पटक होटल व्यवसायीको मुहारमा खुशीयाली छाएको हो ।नयाँ वर्ष मनाउनका लागि काठमाडौंबाट युवायुवतीहरु र तराई क्षेत्रबाट भारतीयहरु समेत कालिञ्चोक क्षेत्र पुगेका छन् । कुरीमा रहेका सबै होटल एक हप्ता अघिदेखि […]