फागुन १५, काठमाडौं । नेप्सेमा आइतवार तीन ओटा अलग - अलग कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
कृषि विकास बैंक, सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंकको बोनस शेयर सूचीकृत भएको हो । कृषि विकास बैंकको २ करोड १९ लाख ७९ हजार ८५९ दशमलव ६०४५ कित्ता, सिद्धार्थ बैंकको १ करोड ५६ लाख २१ हजार २७६ दशलमव ३६ कित्ता र प्राइम कमर्सियल बैंकको २ करोड ५७ लाख ३२ हजार ८५९ दशमलव शून्य ४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब तीनओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कृषि विकास बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
त्यसैगरी, सिद्धार्थ बैंकले पुस ३० गते साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत र प्राइम कमर्सियल बैंकले पुस १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।