कृषि विकास बैंक ५६ औं वर्षमा,  कृषि क्षेत्रको मुख्य बैंक बन्नुपर्छ  : अर्थमन्त्री पौडेल

काठमाडौं। कृषि विकास बैंक स्थापनाको ५६ औं वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो ।            बैंकको ५६औं वार्षिकोत्सवका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंक कृषि क्षेत्रको मुख्य बैंक बन्न सक्नुपर्ने बताए । उनले पछिल्ला वर्षमा कृषि क्षेत्रमा लगानी घट्दै गएको र अरु व्यावसायिक क्षेत्रमा लगानी बढ्दै गएको यो अवस्थामा क्रमशः सुधार हुँदै जाओस र कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकका रुपमा देख्न पाइयोस भने । अर्थमन्त्री पौडेलले बैंकको आर्थिक सामथ्र्य र परिस्थिति हेरेर कर्मचारीको सेवा सुविधाको विषयमा बैंक व्यवस्थापनले उपयुक्त निर्णय लिनुपर्ने बताए ।साथै उनले अहिले रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कस्तो व्यक्ति आउँछ भन्नेकुरा बैंकको भविष्यसँग जोडिएको बताए।  अहिले बजारमा उपलब्ध सबैभन्दा राम्रा व्यवस्थापकमध्येबाट प्रमुख कार्यकारी अधिकृत चयन गरिने उनको भनाइ छ । सरकारको लगानी रहेका बैंकमध्ये कृषि विकास बैंकमा तुलनात्मक रुपमा बढी समस्या देखिनुमा बैंकको व्यवस्थापकीय नेतृत्व प्रमुख कारण रहेको मन्त्री पौडेलको भनाइ छ ।  कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि विकास बैंकलाई कृषि क्षेत्रमा लगानी गर्ने प्रमुख बैंकका रुपमा केन्द्रीत गरिनुपर्ने बताए । कृषि क्षेत्रमा नयाँ तरिकाले लगानी गर्न खोज्नेका लागि नयाँ किसिमले वित्तीय लगानीका बाटो खोल्नुपर्ने उनको भनाइ छ ।   बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकृत ऐन लागू भएपछि २०६२ असारदेखि कृषि विकास बैंक पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । नेपाल राष्ट्र बैंकबाट २०६२ चैतदेखि वाणिज्य बैंकका रुपमा इजाजत पाएको यो बैंकमा ५१ प्रतिशत शेयर सरकार र ४९ प्रतिशत शेयर सर्वसाधारणको रहेको छ । बैंकमा संस्थापक शेयरधनीका रुपमा सरकारको ६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ र सर्वसाधारण शेयरधनीको ६ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबर शेयर छ ।            कृषि विकास बैंकले हालसम्म १ लाख ६२ हजार ग्राहकमा १ खर्ब ७८ अर्ब रुपैया कर्जा लगानी गरेको बताएको छ । यस्तै बैंकमा १८ लाख निक्षेपकर्ताको १ खर्ब ७० अर्ब रुपैया निक्षेप छ । बैंकको अधिकृत पूँजी २५ अर्ब रुपैया, जारी पूँजी १८ अर्ब ६२ करोड ६ लाख रुपैया र साधारण चुक्ता पूँजी १३ अर्ब १८ करोड रुपैया बराबर छ । चालू आर्थिक वर्ष २०७९/ ८० को अन्त्यसम्ममा कर्जा तथा सापट करीब २ खर्ब १ करोड र कुल निक्षेप  १ खर्ब ८६ अर्ब ४८ करोड रुपैयाँ वृद्धिमार्फत वैधानिक कर्जा–पूँजी–निक्षेप अनुपात ९० प्रतिशतभित्र कायम गर्ने लक्ष्य बैंकले लिएको छ ।  त्यस्तै चालू आर्थिक वर्षको छ महीना अवधिमा बैंकको तरलता अनुपात १५ दशमलव २७ प्रतिशत र निष्क्रिय कर्जा १ दशमलव ६८ प्रतिशत रहेको बैंकले बताएको छ । आर्थिक वर्ष २०७८/ ७९ का लागि कृषि विकास बैंकले ११ प्रतिशत नगद लाभांश र दुई प्रतिशत बोनस शेयर शेयरधनीलाई दिने निर्णय गरिसकेको छ ।  सरकारको नीति तथा कार्यक्रमअनुसार ब्याज अनुदान सहुलियत कर्जा कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको बैंकले बताएको  छ । व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवालाई परियोजनामा आधारित सहुलियत कर्जा, महिला उद्यमशील कर्जा, प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जालगायत क्षेत्रको कर्जालाई प्राथमिकतामा राखिएको बैंकले बताएको छ । रासस

सम्बन्धित सामग्री

‘ग्लोबल मनि विक’- दुर्गमका जनतालाई पैसाको महत्व बुझाउँदै कृषि विकास बैंक

काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक)को अवसरमा विभिन्न बैंक तथा वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम गरिरहेका छन् । यसै अवसर पारेर  कृषि विकास बैंकले दुर्गम जिल्ला कालिकोटमा स्थानीय सर्वसाधारण तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको छ ।  शुक्रवार बैंकका उप–महाप्रबन्धकमा प्रताप सुवेदीले कालिकोटको नरहरीनाथ गाउँपालिकास्थित नन्दादेवी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका उप–महाप्रवन्धक सुवेदीले प्रविधिमैत्री वैकिङ कारोवार नै आजको आवश्यक्ता बनेकाले यसबारेमा सबैले ज्ञान लिन जरुरी रहेको बताए । विद्यार्थीहरुले वित्तीय साक्षरता सम्बन्धी ज्ञान राख्नु पर्नेमा पनि सुवेदीले जोड दिए । विद्यार्थी जीवनमा नै वित्तीय साक्षरता सम्बन्धी ज्ञान हुदाँ विद्यार्थीलाई बैंक खाताको महत्व,खाताबाट कारोबार गर्दा हुने फाईदा कारोबारो गर्दा अपनाउनु पर्ने सावधानीबो पनि राम्रो ज्ञान प्राप्त हुनेभएकाले अझ धेरै राम्रो हुने उनको भनाइ थियो । बैंकका सेवाहरु, विद्युतिय वैंकिङ सेवा, कर्जा निक्षेप, एजेन्सी सेवा लगायत अन्य विषयका सम्बन्धमा प्रकाश पार्दै उप–महाप्रवन्धक सुवेदीले विद्यार्थीलाई बैंक खाताको महत्व,खाताबाट कारोबार गर्दा हुने फाईदा कारोबारो गर्दा अपनाउनु पर्ने सावधानी,पारिवारिक खर्चको लेखा पालनबारेमा पनि जानकारी दिएका थिए । उक्त कार्यक्रममा नरहरीनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट, विभिन्न वडाका वडाध्यक्षहरु, नन्दादेवी बहुमुखि क्याम्पसका संचालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख, प्राध्यापक, स्थानीय राजनीतिक दलका नेता तथा प्रतिनिधि र स्थानीय सर्वसाधारण गरी तीन सय बढीको उपस्थिती रहेको बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था मार्फत अनलाइन कारोबार गरी नगद रहित समाजको सृजना गर्दै हरित मुद्राका माध्यमबाट वातावरण संरक्षणमा योगदान दिने यस कार्यक्रमको उद्देश्य रहेको कार्यक्रमका अध्यक्ष तथा बैंकका प्रदेश निर्देशक डा.सुरोज टण्डनले बताए । बैंकले ‘नुन देखी सुनसम्मस बहुआयामिक सेवा प्रवाह गर्दै आइरहेकाले बिद्यार्थिहरुलाइ बैकमा खाता खोली बैंक संग जोडिन समेत उनले आग्रह समेत गरे । विश्व वित्तीय सप्ताह ‘(ग्लोबल मनि विक) किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइने अभियान हो । यस सप्ताह अन्तर्रगत नेपालमा पनि मार्च २२ देखि २८ सम्म विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।  नेपालले पनि यस वर्ष विभिन्न कार्यक्रम गरी मार्च २२ देखि २८ सम्म मनाउँदैछ । कृषि विकास बैंकले देशकै दुर्गम मध्ये कालिकोटमा केन्द्रिय स्तरको कार्यक्रम नै आयोजना गरेको हो । त्यसअघि बैंकले सुर्खेतमा पनि कार्यक्रम सम्पन्न गरिसकेको छ ।

कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्झौता

कृषि विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्र बीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ।...

कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्झौता

नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्यांकन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि कृषि विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्रबीच त्रिपक्षिय सम्झौता भएको छ । सम्झौताले वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढङ्गले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङले कर्जा […]

कृषि विकास बैंक र वीपी कोइराला क्यान्सर अस्पतालबीच सम्झौता

कृषि विकास बैंक र भरतपुर क्यान्सर अस्पतालबीच बैंकिङ कारोबार गर्नेबारे सम्झौता भएको छ ।विगत ५ वर्षदेखि एक्स्टेन्सन काउन्टरसहित अस्पतालको आय संकलनको कार्य गरी रहेकोमा हाल सम्झौताको म्याद समाप्त भएकाले पुन बैंकिङ्ग कारोबारका लागि कृषि विकास बैंकको प्रदेश कार्यालय चिवतनका निर्देशक रधुनाथ न्यौपाने र क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् […]

कृषि विकास बैंक र क्यान्सर अस्पताल बीच सम्झौता

वीपी कोइराला क्यान्सर अस्पताल र कृषि विकास बैंक बीच बैंकिङ कारोबार गर्ने सम्झौता भएको हो।

कृषि विकास बैंक र क्यान्सर अस्पतालबीच सम्झौता

काठमाडौं । ‘हाम्रो घर आँगनको बैंक’ भत्रे नाराका साथ व्यवसाय वृद्धिमा अग्रसर रहेको कृषि विकास बैंक लिमिटेडले भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको छ । देशकै नमुना क्यान्सर अस्पतालको रूपमा विकास भइरहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र कृृषि विकास बैंक लिमिटेडबिच बैंकिङ कारोबार गर्ने सम्झौता भएको हो । विगत ५ वर्षदेखि एक्स्टेन्सन काउन्टरसहित अस्पतालको […]

कृषि विकास बैंक र सिभिल अस्पताल बिच सम्झौता

कृषि विकास बैंक र निजामति अस्पतालबीच सम्झौता भएको छ । सम्झौतासँगै निजामति अस्पताल परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटीएम लगायतका सेवा सञ्चालन गर्ने तथा अस्पतालको विलिङ काउन्टर सञ्चालन आउने भएको छ ।आगामी १० वर्षका लागि भएको उक्त सम्झौता पत्रमा अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरे […]

कृषि विकास बैंक र सिभिल अस्पताल बीच सम्झौता

असार २३, काठमाडौं । कृषि विकास बैंक र निजामति अस्पताल(सिभिल) परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटीएम लगायतका सेवा सञ्चालन गर्ने तथा अस्पतालको विलिङ्ग काउन्टर बैंकबाट सञ्चालन गर्ने सम्वन्धमा  बुधवार एक समारोहका बीच सम्झौता भएको छ ।  आगामी १० वर्षका लागि भएको  उक्त सम्झौता पत्रमा अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्राडा विधाननिधि पौडेल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापछि अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ्ग सेवाहरु सहज रुपमा उपलब्ध हुनेछन्  । अस्पताल परिसरमा उक्त सेवा आगामी साउन महीनादेखि सञ्चालन हुने छ । उक्त सम्झौता समारोहमा बैंकका उपमहाप्रबन्धकद्वय यज्ञप्रकाश न्यौपाने, दिर्घबहादुर अर्याल, विभागीय प्रमुख  गिरिधारी पौडेल, वाग्मति प्रदेश प्रमुुख सुन्दर खतिवडा, बैंकका कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल,कृषि विकास बैंक नयाँ बानेश्वर शाखाका प्रबन्धकरमेश रावल, गट्ठा्घरका प्रबन्धक खेटराज दाहाल लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो । त्यसैगरीअस्पतालको तर्फबाट लेखा शाखाका प्रमुख चुडामणी गौतम, कर्मचारी यूनियनका प्रतिनिधि सन्तोष धिमाल, सचिव विनोद पोखरेल र अन्य कर्मचारीहरुको  उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन निजामति अस्पतालका उप–सचिव भोला चापागाईले गरेका थिए ।

कृषि विकास बैंक र सरकारबीच सम्झौता

काठमाडौं, ३ असार । कृषि विकास बैंक र नेपाल सरकारबीच सम्झौता भएको छ । सम्झौतापछि बैंकले नेपाल सरकारमार्फत ६० लाख अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ ऋण पाउने भएको छ । बैंकको अनुसार बैंकले वन तथा वन पैदावर सम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गर्न सहायक ऋणको रुपमा उक्त रकम पाउने भएको हो […]