कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

काठमाडौं, माघ ४ – कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/०७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७३...

सम्बन्धित सामग्री

१२ ओटा वाणिज्य बैंकले गरे लाभांश घोषणा, ६ ओटाले नदिने

काठमाडौं । २० ओटा वाणिज्य बैंकमध्ये हालसम्म १२ ओटाले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् भने ६ ओटाले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।  लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंक छन् ।  ६ ओटा वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जानकारी दिएका छन्, जसमा हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंक र नेपाल बैंक छन् । बाँकी दुईओटाले भने हालसम्ममा लाभांश दिने/नदिनेबारे निर्णय गरेका छैनन्, जसमा नेपाल इन्भेष्टमेन्ट बैंक र कृषि विकास बैंक छन् ।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको नबिल बैंकले यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।  त्यस्तै सिद्धार्थ बैंकको ४ दशमलव २१ प्रतिशत, सिटिजन्स बैंकको ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश छ ।  त्यस्तै नेपाल एसबिआई बैंकको ६ दशमलव ८० प्रतिशत नगद लाभांश (करसहित) र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर छ । लक्ष्मी सनराइज बैंकको भने ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश छ । राष्ट्रिय वाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।   लाभांश घोषणा गरेका कम्पनीमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकको कुल ३० दशमलव ५३ प्रतिशत लाभांश छ । यो सूचीमा दोस्रोमा नबिल बैंक छ । बैंकको कुल २० दशमलव ५३ प्रतिशत लाभांश छ ।   १२ ओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा सम्पन्न गरिसकेका छन् । साधारण सभा सम्पन्न गरेका केही बैंकले नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् । केहीको भने बोनस शेयर सूचीकृत पनि भइसकेको छ ।  लाभांश दिने, नदिने र घोषणा गर्न बाँकी बैंक

कृषि विकास बैंकले माघ मसान्तसम्म साधारण सभा गर्ने

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले माघ मसान्तसम्म वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू लेखापरीक्षकबाट सञ्चालक समितिमा पेस नभएकाे भन्दै साधारण सभाका लागि माघ मसान्तसम्मको अवधि थप गर्ने निर्णय गरेको हो । गत वर्ष बैंकले चैत १४ गते वार्षिक साधारण सभा गरेको थियो । गत वर्ष बैंकले २ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कृषि विकास बैंकको २ प्रतिशत बोनस शेयर वितरण

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले यस वर्षको २ प्रतिशत बोनस शेयर वितरण गरेको छ । बैंकले गत चैत १४ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो । फागुन २९ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको जानकारी बैंकले दिएको हो । यस वर्ष बैंकले कुल १३ प्रतिशत लाभांश वितरण गरेको हो । करसमेत ११ प्रतिशत नगद लाभांश भने बैंकले वैशाखमै वितरण गरिसकेको छ । बोनस शेयर फागुन २९ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएकाहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाइएको बैंकको भनाइ छ । यसर्थ कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्नसमेत बैंकले अनुरोध गरेको छ । बैंकको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम  दिन आज अर्थात् सोमवार रहेको छ । यी दुवै कम्पनीले फागुन ३० गते बुक क्लोज गरेकाले आज सोमवार अर्थात् फागुन २९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  कृषि विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश ( करसहित) र २ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सभाले अग्राधिकार शेयरधनीलई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत १४ गते साधारण सभा बोलाएको छ । सभा कृषि विकास बैंक लिमिटेडको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा हुने जानकारी कम्पनीले दिएको हो ।  त्यस्तै स्वरोजगार लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र कर सहित १ दशमलव १५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ११ गते साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ः३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार

काठमाडौं । कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि सोमवार रहेको छ । यी दुवै कम्पनीले फागुन ३० गते बुक क्लोज गरेकाले भोलि सोमवार अर्थात् फागुन २९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (करसहित) र २ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सभाले अग्राधिकार शेयरधनीलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले चैत १४ गते बोलाएको साधारण सभामा उक्त प्रस्ताव प्रस्तुत गर्नेछ । सभा कृषि विकास बैंक लिमिटेडको केन्द्रीय तालीम प्रतिष्ठान बोडे भक्तपुरमा हुने जानकारी कम्पनीले दिएको हो ।  त्यस्तै स्वरोजगार लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र करसहित १ दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले चैत ११ गते आयोजना गरेको साधारण सभामा यो प्रस्ताव प्रस्तुत गरिनेछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।

लाभांश पारितका लागि कृषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले १६औं वार्षिक साधारण सभा चैत १४ गते गर्ने भएको छ । कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।  सभा कृषि विकास बैंकको केन्द्रिय कार्यालय तलिम प्रतिष्ठान बोडे, भक्तपुरमा गर्ने कम्पनीले जानकारी दिएको हो । सभाले ११ प्रतिशत नगद लाभांश ( कर सहित) र २ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले अग्राधिकार शेयरधनीलई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन ३० गते देखि चैत १४ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । बुक क्लोजको आधारमा फागुन २९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कृषि विकास बैंकसहित तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत

फागुन १५, काठमाडौं । नेप्सेमा आइतवार  तीन ओटा अलग - अलग कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कृषि विकास बैंक, सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंकको बोनस शेयर सूचीकृत भएको हो । कृषि विकास बैंकको २ करोड १९ लाख ७९ हजार ८५९ दशमलव ६०४५ कित्ता, सिद्धार्थ बैंकको १ करोड ५६ लाख २१ हजार २७६ दशलमव ३६ कित्ता र प्राइम कमर्सियल बैंकको २ करोड ५७ लाख ३२ हजार ८५९ दशमलव शून्य ४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब तीनओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कृषि विकास बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी, सिद्धार्थ बैंकले पुस ३० गते साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत र प्राइम कमर्सियल बैंकले पुस १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

नेप्सेमा नबिल बैंक सहित ५ कम्पनीको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुक्रबार ५ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज शुक्रबार बुक क्लोज गर्ने निर्णय गरेका कृषि विकास बैंक, फरवार्ड लघुवित्त, गुडविल फाइनान्स, हिमालयन डिस्टिलरी, र नबिल बैंकको शेयर मूल्य समायोजन भएको हो । पुस १४ गते गते कायम शेयरधनीले यी कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।कृषि विकास बैंकको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४१० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४९२ रुपैयाँ थियो । फरवार्ड लघुवित्तको ३५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १९६२.९६ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २६५० रुपैयाँ थियो ।गुडविल फाइनान्सको ९.१० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५३३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५८२ रुपैयाँ थियो । हिमालयन डिस्टिलरीको ७५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३९२५.७१ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ६८७० रुपैयाँ थियो । नबिल बैंकको ३३.६० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०८५.३३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १४५० रुपैयाँ थियो ।नबिल बैंकले पुस ३० गते साधारणसभा आह्वान गरेको छ भने ३३.६० प्रतिशत बोनस शेयर र ४.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । हिमालयन डिस्टिलरीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ भने ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कृषि विकास बैंकले   पुस २९ गते साधारणसभा आह्वान गरेको छ भने २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । फरवार्ड लघुवित्तले पुस ३० गते साधारणसभा आह्वान गरेको छ भने ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । गुडविल फाइनान्सले पुस २९ गते साधारणसभा आह्वान गरेको छ भने ९.१ प्रतिशत बोनस शेयर र ३.९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

काठमाडौं – कृषि विकास बैंक लिमिटेडले आव २०७३/७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ। बैंकले आर्थिक वर्ष २०७३/७४ मा रु ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ।