काठमाडौं । कृषि विकास बैंक लिमिटेडले माघ मसान्तसम्म वार्षिक साधारण सभा गर्ने भएको छ ।
बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू लेखापरीक्षकबाट सञ्चालक समितिमा पेस नभएकाे भन्दै साधारण सभाका लागि माघ मसान्तसम्मको अवधि थप गर्ने निर्णय गरेको हो ।
गत वर्ष बैंकले चैत १४ गते वार्षिक साधारण सभा गरेको थियो । गत वर्ष बैंकले २ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।