अवैध रुपमा हात्तीको दाँत राखेको आरोपमा दक्षिण भारतीय अभिनेता मोहनलाल कानुनी झमेलामा पर्ने भएका छन् । उनीविरुद्ध वन्यजीव अपराध मामलामा मुद्दा दर्ता गर्ने तयारी भएको छ । किनकी तल्लो अदालतले उनीविरुद्ध परेको अभियोजन कारवाहीलाई फिर्ता लिनका लागि राज्य सरकारले दिएको निवेदनलाई खारेज गरिदिएको छ । प्रथम श्रेणी मजिस्ट्रट कोर्ट पेरुम्बवुरले निवेदन खारेज गरेका हुन् । […]