एनआईसी एशिया क्यापिटलको साधारण सभा भाद्र ८ गते, ५५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, १७ साउन । एनआईसी एशिया क्यापिटलको छैठौं वार्षिक साधारण सभा भाद्र ८ गते हुने भएको छ । क्यापिटलको साउन १५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन […]

सम्बन्धित सामग्री

एनआईसी एशिया लघुवित्तको लाभांश प्रस्ताव

काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजारको १५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्त स्थापना […]

पाँच वाणिज्य बैंकले घोषणा गरे लाभांश: एनआईसी एशिया बैंकको सबैभन्दा बढी

काठमाडौं। गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हालसम्म पाँच वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेका छन् । माछापुच्छ्रे, एभरेष्ट, सानिमा, सिटिजन्स बैंक इन्टरनेशनल र एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष (आव) को अन्त्यसम्मको सञ्चित मुनाफाबाट लाभांश सार्वजनिक गरेका हुन् । यस वर्ष माछापुच्छ्रे बैंकले कुल १४ प्रतिशत, एभरेष्ट बैंकले २० दशमलव ५३ प्रतिशत, सानिमा बैंकले १४ दशमलव ७० प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशलले ५ दशमलव ७९ प्रतिशत र एनआईसी एशिया बैंकले ३० दशमलव ५३ प्रतिशत लाभांश दिन लागेका छन् ।  माछापुच्छ्रे बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । एभरेष्ट बैंकले १० प्रतिशत बोनस र १० दशमलव ५३ प्रतिशत नगद, सानिमा बैंकले ९ प्रतिशत बोनस शेयर र ५ दशमलव ७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सिटिजन्स बैंकले भने यस वर्ष करसमेत ५ दशमलव ७९ प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्ला २ आव लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको एनआईसी एशिया बैंकले भने २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ  गत आव लाभांश वितरण नगरेको माछापुच्छ्रे बैंकले यस वर्ष वाणिज्य बैंकमध्ये सबैभन्दा पहिला लाभांश पारित गर्न लागेको छ । माछापुच्छ्रेले असोज १८ गते वार्षिक साधारणसभा बोलाइसकेको छ । हालसम्म लाभांश घोषणा गरेका पाँच बैंकमध्ये यसअघि एनआईसी एशिया बैंकले २ आव र माछापुच्छ्रे बैंकले गत आव लाभांश वितरण गरेको थिएन । यसअघि आव २०७७/७८ को मुनाफाबाट माछापुच्छ्रे बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । एनआईसी एशिया बैंकले यसअघि आव २०७६/७७ को मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । दुई आव लगानीकर्ताको हात खाली भएको एनआईसी एशिया बैंकले अघिल्लो वर्षभन्दा बढी लाभांश प्रस्ताव गरेको हो । गतवर्षभन्दा यस वर्ष सानिमा बैंकको लाभांशसमेत बढी छ । गत वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गरेको सानिमा बैंकले यस वर्ष ३ दशमलव ७२ प्रतिशत विन्दु बढी लाभांश वितरण गर्न लागेको हो । एभरेष्ट र सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश भने यस वर्ष घटेको छ । गतवर्ष १३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको एभरेष्ट बैंकले शून्य दशमलव १५ प्रतिशत विन्दुले कम लाभांश वितरण गर्न लागेको हो । त्यस्तै गतवर्ष करसमेत ९ प्रतिशत नगद लाभांश वितरण गरेको सिटिजन्स बैंकले यस वर्ष ३ दशमलव २१ प्रतिशत विन्दुले कम लाभांश वितरण गर्न लागेको हो ।  लाभांशले बढेन लगानीकर्ताको उत्साह  बैंकहरूको लाभांश प्रस्ताव सार्वजनिक भए पनि लगानीकर्तामा भने उत्साह देखिएको छैन् । सिटिजन्स बैंकको लाभांश सार्वजनिक भएकै दिन आइतवार शेयरमूल्य प्रतिकित्ता १० रुपैयाँ ५० पैसाले घटेको छ । त्यस्तै भदौ २८ गते लाभांश प्रस्ताव गर्ने निर्णय गरेको एनआईसी एशिया बैंक र सानिमा बैंकको लाभांश सार्वजनिक पछिको पहिलो कारोबार दिन शेयर मूल्य घटेको छ । एनआईसी एशिया बैंकको शेयरमूल्य प्रतिकित्ता ५ रुपैयाँले र सानिमा बैंकको प्रतिकित्ता १२ रुपैयाँ ४० पैसाले घटेको हो ।  एभरेष्ट बैंकले भदौ २७ गते लाभांश वितरणको प्रस्ताव गरेको थियो । २८ गते सार्वजनिक बिदा परेकाले बजार खुला भएको थिएन । लाभांश प्रस्तावपछि पहिलो कारोबार दिन एभरेष्ट बैंकको शेयरमूल्य भने प्रतिकित्ता १५ रुपैयाँ ७० पैसाले बढेको छ । माछापुच्छ्रे बैंकले भने भदौ १३ गते लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव गरेको दिन प्रतिकित्ता २७५ रुपैयाँ ९० पैसा रहेको बैंकको शेयरमूल्य भदौ ३१ गतेको कारोबारमा अन्तिम मूल्य प्रतिकित्ता २६८ रुपैयाँ कायम भएको छ । लाभांश प्रस्तावपछि माछापुच्छ्रे बैंकको शेयरमूल्य प्रतिकित्ता ७ रुपैयाँ ९० पैसाले घटेको छ । कम्पनीहरूको शेयरमूल्य लगानीकर्ताको माग र आपूर्तिका आधारमा बढ्ने घट्ने हुन्छ । समग्र बजार घटेको दिन पनि माग बढी भएका कम्पनीको शेयरमूल्य बढ्ने गर्छ । पछिल्लो साता बजार बढेकै थियो । यो अवस्थामा पनि लाभांश सार्वजनिक भएका कम्पनीहरूको शेयरमूल्य घटेको अवस्थालाई हेर्दा लाभांशप्रति लगानीकर्ता सन्तुष्ट नभएको पुष्टि हुन्छ ।

एनआईसी एशिया क्यापिटलको साधारण सभा आह्वान, ४६ % लाभांश प्रस्ताव गरिने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । साउन ९ गते बसेको क्यापिटलको सञ्चालक समिति बैठकले क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा उक्त दिन बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ । गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा करसमेत ४६ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसमेत सभाले पारित गर्ने कार्यक्रम तय भएको छ । क्यापिटलले यस वर्ष नगद लाभांशका लागि ९ करोड २० लाख रकम छुट्याएको छ । यसका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय समेत सभाले पारित गर्नेछ ।

एनआईसी एशिया क्यापिटलद्वारा ५५ प्रतिशत लाभांश प्रस्ताव, साधारणसभा आह्वान

एनआईसी एशिया क्यापिटलले छैठौं वार्षिक साधारण सभा आव्हान गरेको छ। क्यापिटलको साउन १५ गते बसेको संचालक समितिको बैठकले भाद्र ८ गते सभा गर्ने निर्णय गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । क्यापिटलले ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  गरेको छ ।उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने रु. ११,००,००,००० (अक्षरेपी एघार करोड मात्र) नगद लाभांश वितरण गर्न प्रस्ताव सभामा  पेश हुने क्यापिटलले जनाएको छ ।

एनआईसी एशिया बैंकको लाभांश प्रस्ताव किन रद्द भयो ? लगानीकर्ताले केही नपाउने !

मघ १०, काठमाडौं । एनआईसी एशिया बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश रद्द भएको छ ।  नेपाल राष्ट्र बैंकले क्यापिटल कन्जरभेसन बफर नदेखिएको उल्लेख गर्दै लाभांश घोषणा तथा वितरण सम्बन्धि प्रस्ताव स्वीकृत नगरेपछि कम्पनीले लाभांश रद्द गरेको हो । कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  जसअनुसार शेयरधनीले  गत वर्षको मुनाफाबाट केहि पनि नपाउने भएका छन् । लाभांश रद्द गर्ने निर्णयबाट शेयरधनी तथा सरोकारवालाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा पनि मागेको छ ।

एनआईसी एशिया लघुवित्तको साधारण सभा आज, कति प्रतिशत लाभांश प्रस्ताव ?

काठमाडौं, ५ मंसिर । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज हुँदैछ । संस्थाको सभा धरान ब्याक्वेट एण्ड इभेन्ट म्यानजमेण्ट प्राली धरानमा हुने भएको हो । कम्पनीको आज बस्ने सभाले कम्पनीले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफा वितरण गर्ने ५ दशमलव ४१ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने जनाइएको छ । सभाले संस्थापक समूहबाट […]

एनआईसी एशिया बैंकद्वारा १५.७८% लाभांश प्रस्ताव

कात्तिक ८, काठमाडौं । एनआईसी एशिया बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

एनआईसी एशिया डायनामिक डेप्ट फण्डले साउन २८ गते बुक क्लोज गर्ने

साउन २४, काठमाडौं । एनआईसी एशिया डायनामिक डेप्ट फण्डले प्रस्तावित प्रतिफलका लागि साउन २८ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।  बुक क्लोजको आधारमा साउन २७ गतेसम्म कायम इकाईधनीहरु मात्र प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस फण्डले करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलको व्यवस्थापनमा सञ्चालित यो खुलामुखी योजना हो । क्यापिटलको व्यवस्थापनमा तीन बन्दमुखी योजना र एक खुलामुखी योजना सञ्चालनमा रहेको छ । यी तीन योजना सहित क्यापिटलले असार २३ गतेदेखि सात वर्षे अवधिको एनआईसी एशिया सेलेक्ट–३० सञ्चालन गरेको छ ।  पुराना दुई बन्द मुखी योजना एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुका लागि पनि क्यापिटलले एउटै अनुपातमा कर समेत ३५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिसकेको छ । यी बन्द मुखी योजनाको लाभांशका लागि भने बुक क्लोजको मिति तय हुन बाँकी छ । एनआईसी एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष १२ प्रतिशत प्रतिफल वितरण गरेको थियो भने एनआईसी एशिया ब्यालेन्सड् फण्डले सञ्चालनमा आएको आठ महीनामै ८ प्रतिशत प्रतिफल वितरण गरेको थियो । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले भने पहिलो वर्षमा १० प्रतिशत लाभांश वितरण गर्न सफलता पाएको हो ।

एनआईसी एशिया डायनामिक डेप्ट फण्डले साउन २८ गते बुक क्लोज गर्ने

साउन २४, काठमाडौं । एनआईसी एशिया डायनामिक डेप्ट फण्डले प्रस्तावित प्रतिफलका लागि साउन २८ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा साउन २७ गतेसम्म कायम इकाईधनीहरु मात्र प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।  एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस फण्डले कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलको व्यवस्थापनमा सञ्चालित यो खुलामुखी योजना हो । क्यापिटलको व्यवस्थापनमा तीन बन्दमुखी योजना र एक खुलामुखी योजना सञ्चालनमा रहेको छ ।  यी तीन योजना सहित क्यापिटलले असार २३ गतेदेखि सात वर्षे अवधिको एनआईसी एशिया सेलेक्ट–३० सञ्चालन गरेको छ । पुराना दुई बन्दमुखी योजना एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुका लागि पनि क्यापिटलले एउटै अनुपातमा कर समेत ३५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिसकेको छ । यी बन्दमुखी योजनाको लाभांशका लागि भने बुक क्लोजको मिति तय हुन बाँकी छ । एनआईसी एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष १२ प्रतिशत प्रतिफल वितरण गरेको थियो भने एनआईसी एशिया ब्यालेन्सड् फण्डले सञ्चालनमा आएको आठ महिनामै ८ प्रतिशत प्रतिफल वितरण गरेको थियो । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले भने पहिलो वर्षमा १० प्रतिशत लाभांश वितरण गर्न सफल भएको हो ।