मघ १०, काठमाडौं । एनआईसी एशिया बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश रद्द भएको छ ।
नेपाल राष्ट्र बैंकले क्यापिटल कन्जरभेसन बफर नदेखिएको उल्लेख गर्दै लाभांश घोषणा तथा वितरण सम्बन्धि प्रस्ताव स्वीकृत नगरेपछि कम्पनीले लाभांश रद्द गरेको हो ।
कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
जसअनुसार शेयरधनीले गत वर्षको मुनाफाबाट केहि पनि नपाउने भएका छन् । लाभांश रद्द गर्ने निर्णयबाट शेयरधनी तथा सरोकारवालाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा पनि मागेको छ ।