दुई वर्ष यताकै कम लाभांश प्रस्ताव गरेको एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार, मूल्य भने घट्यो

कात्तिक ९, काठमाडौं । एनआईसी एशिया बैंकको मंगलवार सर्वाधिक रकमको शेयर कारोबार भइरहेको छ ।  कारोबारको एक घण्टाको अवधिसम्म बैंकको रू. ८ करोड ३० लाख ११ हजार बराबरको शेयर कारोबार भएको हो ।कम्पनीले सोमवार गत आर्थिक वर्षको मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । कम्पनीको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  कम्पनीले विगत दुई आर्थिक वर्षको भन्दा यस वर्ष कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष २० प्रतिशत र अघिल्लो वर्ष २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गरेको उक्त कम्पनीको यो वर्ष भने लाभांश घटेको हो । कम लाभांश प्रस्तावका कारण मंगलवार कम्पनीको शेयरमूल्यमा प्रभाव परेको छ ।  सर्वाधिक रकमको कारोबार भइरहेको कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. ६ दशमलव ५० ले घटेको छ । कारोबारको एक घण्टाको अवधिसम्म बैंकको अन्तिम मूल्य रू. ८२९ दशमलव ५० कायम भएको छ ।  

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंक २७औं वर्षमा

एनआईसी एशिया बैंक लिमिटेडले २६ वर्ष पार गरेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासहित यो बैंकको स्थापना २६ वर्ष अगाडि भएको हो । २६औँ वार्षिकोत्सवको अवसरमा बैंकले हालको अवस्थासम्म ल्याउन सहयोग गर्ने सेयरधनी तथा ग्राहकलाई धन्यवाद दिएको छ । साथै, आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय […]

एनआईसी एशिया बैंकको सीईओमा न्यौपाने पुनः नियुक्त

१६ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपाने पुनः नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैंठकले न्यौपानेलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । न्यौपानेलाई बैंकको सञ्चालक समितिले आगामी १५ मंसिरदेखि लागु हुनेगरी सीईओ पदमा निरन्तरता दिने निर्णय भएको बैंकले जनाएको छ । उनको […]

एनआईसी एशिया बैंकको सीईओमा पुन: न्यौपाने

एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रोशन कुमार न्यौपानेले पुनर्नियुक्ति पाएका छन्।...

एनआईसी एशिया बैंक र नेपाल पेबीच सम्झौता

एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउसको क्यूआर स्क्यानबाट डिजिटल भुक्तानी गर्न सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौताअनुसार एनआईसी एशियाका मोबाइल बैंक प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको नेपाल पेको क्यूआर स्क्यान गरी सहज […]

एनआईसी एशिया बैंक २५ औं वर्षमा प्रवेश

एनआईसी एशिया बैंक स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैठकले “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिने समस्त ग्राहक, नियमनकारी निकाय, शेयर धनी, कर्मचारी लगायत सम्पूर्ण सरोकारवाला प्रति आभार प्रकट गरेको छ । ‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरुलाई नै जान्छ । साथै आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा

चुनौतीलाई अवसरमा बदल्ने एनआईसी एशिया बैंक

१६ माघ, काठमाडौं । चार वर्ष अघि एनआईसी एशिया बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रोशनकुमार न्यौपानेले पाए । उमेरले ३८ वर्षमात्रै पुगेका न्यौपाने कामु सीईओको जिम्मेवारी पाएको केही महिनामै प्रमुख कार्यकारी अधिकृत नियुक्त भए । ४० नपुग्दै बैंकको कार्यकारी नेतृत्वमा पुगेका न्यौपानेको काँधमा त्यसबेला नयाँ जिम्मेवारीसँगै चुनौतीका चाङहरू थिए । न्यौपानेको नियुक्तिलाई लिएर कतिपयले […]

आयो एनआईसी एशिया बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण

एनआईसी एशिया बैंक लिमिटेडले चालु आव २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ वाषिर्क विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल […]

एनआईसी एशिया बैंक २४ वर्षमा, अधिकांश वित्तीय परिसूचकहरूमा अग्रस्थानमा रहेको दावी

एनआईसी एशिया बैंक २४ वर्षमा प्रवेश गरेको छ । २४ वर्ष अघि आज कै दिन देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने लक्ष्य सहित स्थापना भएको बैंक २३ वर्ष पुरा गरी २४ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवको अवसरमा विज्ञप्ती जारी गर्दै बैंकले आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमास सम्म आइपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटीएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा अग्र स्थानमा रहेको दावी गरेको छ । ‘बैंक पन...

सामाजिक सुरक्षा कोष विरुद्ध एनआईसी एशिया बैंक कर्मचारी संघको विरोध कार्यक्रम

काठमाडौं । नेपाल सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया बैंक कर्मचारी संघले उक्त योजनाको विरोध गर्दै प्रदर्शन गरेको छ । संघले १८ गते देशैभरी एनआईसी एशिया बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा विभिन्न मागहरु राख्दै विरोध प्रदर्शन गरेको छ । एनआईसी एशिया बैंक कर्मचारी संघका अध्यक्ष सुमन थापाले एनआईसी एशिया बैंक कर्मचारी संघ यस योजनामा जाँदैनौ भन्ने नभइ योजनामा भएको विभेदको विरोध गरेको बताए । उनले आफूहरुको बुँदागत माग पुरा नहुँद