बर्दिया अस्पताल गुलरियामा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ। बर्दियाको सबैभन्दा ठुलो अस्पतालमा गत फागुन १६ गतेदेखि भ्याक्सिन नभएपछि सेवाग्राही मर्कामा परेका छन्।
बर्दिया अस्पतालले भ्याक्सिन रित्तीएपछि सूचना नै निकालेर सेवा बन्द...
तुलसीपुर : बर्दिया जिल्लाले लुम्बिनी प्रदेशस्तरीय महिला तथा पुरुष रग्बी प्रतियोगिता २०८० जितेको छ।लुम्बिनी प्रदेश रग्बी संघको आयोजनामा दाङको बेलझुण्डी रङ्गशालामा शनिबार सम्पन्न लिग खेलमा लगातार जित निकालेको बर्दिया जिल्लाको महिला तथा पुरुष दुबै टिमले सर्वाधिक १२-१२ अङ्कका साथ शीर्ष स्थानमा रहँदै प्रतियोगिता जितेको हो।महिला र पुरुष टिमले नै प्रतियोगिता जितेपछि नगद ५० हजार, कप‚ पदक तथा प्रमाणपत्र पाएका हुन्। लिगमा बर्दिया जिल्लाको पुरुष तथा महिला टिमसँग ४-४ अङ्कले पछाडि परेको बाँके
बर्दिया । बर्दिया जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी राखिंदा उनीहरूको दैनिकी कष्टकर बनेको छ । जसले गर्दा कैदी बन्दीहरूले निकै कठिन रूपमा जेल जीवन गुजारा गर्नुपरेको हाे । सजाय भोगिरहेका बर्दिया कारागारका कैदीहरूले कैद सजाय त भोगि रहेका छन् । तर उक्त सजाय भन्दा पनि कठोर उनीहरूको कष्टकर दैनिकी बनेको छ । गर्मीयाम सुरु […]
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज बर्दिया गएका छन् । मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावको मिति नजिकिँदै गएको अवस्थामा गौतम एकाएक बर्दिया झुल्किएपछि चासोको साथ हेरिएको छ ।राष्ट्रियसभा सदस्यबाट गौतमले राजीनामा दिएर प्युठान वा बर्दियाबाट चुनाव लड्न चर्चा भइरहेको छ । ती दुई जिल्लामध्ये गौतमको अन्तिम रोजाइमा प्युठान परेको छ । चुनावका लागि गौतमले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर लग्न सहमत भइसकेका छन् । यस्तो अवस्थामा गौतम बर्दियामा देखा परेपछि धेरैले चुनाव
काठमाडौं : बाघको संख्या दोब्बर बनाउन योगदान पुर्याएबापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) को पुरस्कार पाएको छ।डब्ल्युडब्ल्युएफ नेपालले जनाएअनुसार पाटे बाघको संख्या बढाएकोमा बर्दिया राष्ट्रिय निकुन्जले डब्ल्युडब्ल्युएफ टिएक्सटु पुरस्कार जितेको हो। बर्दिया राष्ट्रिय निकुञ्जका साथै भारतको सत्य मंगलम टाइगर रिजर्भले पनि यो पुरस्कार पाएको छ।बाघ संरक्षणमा उत्कृष्ट कामका लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिन
काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा आज बाघ गणना सुरु हुँदैछ । बाघ गणनाका लागि बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरी सात सय २२ ग्रिडमा क्यामरा राखिने र प्राविधिकसहित ९८ जना जनशक्ति खटिने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, […]
बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा भोलि बुधवारदेखि क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाघ गणना सुरु हुने भएको छ । भोलिदेखि बर्दियाबाट बाघ गणना सुरु गरिने बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
मङ्सिर २९ गतेदेखि क्यामेरा ट्र्यापिङ प्रविधिबाट बर्दिया–बाँके कम्प्लेक्समा बाघ गणना सुरु गर्ने तयारीका साथ गणनामा खटिनेहरूका लागि दुई दिनको विशेष तालिम दिइसकिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयाे । बर्दिया ...
बर्दिया : भारतबाट ठूलो संख्यामा जंगली हात्ती बर्दिया प्रवेश गरेका छन्।हिजो दिउँसोदेखि नै बर्दियाको खाता करिडोर सामुदायिक वन हुँदै भारतबाट जंगली हात्तीको ठूलो समूह बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिए।बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा पर्ने शिव सामुदायिक वनमा झन्डै ३० वटा समुहको हात्तीको बथान हिँडिरहेको तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्।यसअघि बर्दियाको बबई भ्याली क्षेत्रमा पनि पहिल्यै हात्तीको अ
बर्दिया । पछिल्लो गैंडा गणनाको नतिजा अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको संख्यामा वृद्धि भएको छ । शनिबार निकुञ्जले सार्वजनिक गरेको तथ्याङ्गअनुसार बर्दिया निकुञ्जमा गैँडाको संख्या ३८ पुगेको छ । यस अघि सन् २०१५ मा गरिएको गणनामा बर्दिया निकुञ्जमा गैंडाको संख्या २९ रहेका थियो । पछिल्लो गणनामा निकुञ्जमा ९ वटा गैँडा बढेको छ । बर्दिया […]
The post बर्दिया निकुञ्जमा एकसिंगे गैंडाको संख्या बढ्यो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.