काठमाडौं : बाघको संख्या दोब्बर बनाउन योगदान पुर्याएबापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) को पुरस्कार पाएको छ।डब्ल्युडब्ल्युएफ नेपालले जनाएअनुसार पाटे बाघको संख्या बढाएकोमा बर्दिया राष्ट्रिय निकुन्जले डब्ल्युडब्ल्युएफ टिएक्सटु पुरस्कार जितेको हो। बर्दिया राष्ट्रिय निकुञ्जका साथै भारतको सत्य मंगलम टाइगर रिजर्भले पनि यो पुरस्कार पाएको छ।बाघ संरक्षणमा उत्कृष्ट कामका लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिन