बर्दिया–बाँके कम्प्लेक्समा बुधवारदेखि बाघ गणना सुरु हुँदै

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा भोलि बुधवारदेखि क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाघ गणना सुरु हुने भएको छ । भोलिदेखि बर्दियाबाट बाघ गणना सुरु गरिने बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । मङ्सिर २९ गतेदेखि क्यामेरा ट्र्यापिङ प्रविधिबाट बर्दिया–बाँके कम्प्लेक्समा बाघ गणना सुरु गर्ने तयारीका साथ गणनामा खटिनेहरूका लागि दुई दिनको विशेष तालिम दिइसकिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयाे । बर्दिया ...

सम्बन्धित सामग्री

बर्दियामा बुधबारदेखि बाघ गणना

बर्दिया राष्ट्रिय निकुञ्जमा मंसिर २९ गतेबाट बाघको गणना सुरु हुँदै छ । निकुञ्जले बाघ गणनाका लागि अघिल्लो सोमबार र मंगलबार प्राविधिकलाई प्रशिक्षण दिएको छ ।

आजदेखि बाघ गणना सुरु हुँदै, वनमन्त्रीले उद्घाटन गर्ने

आजदेखि देशभर राष्ट्रिय बाघ गणना सुरु हुँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणना गर्न लागेको हो । बाघको गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ ।चितवन–पर्सा कम्प्लेक्सबाट बाघको गणना सुरु हुन लागेको हो । नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्मको वन क्षेत्र, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र र शुक्लाफाँटा गरी अरू तीन कम्प्लेक्समा छुट्याइएको छ । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद याद

आइतबारदेखि बाघ गणना: बाघ गणकको सुरक्षामा उच्च सतर्कता

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबारदेखि बाघ गणना गर्ने भएको छ । गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट सुरु हुँदै छ । २०२१ भित्रै गणना गरिने भए पनि कार्यक्रमको नाम ‘राष्ट्रिय बाघ गणना २०२२’ दिइएको छ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा छन् ।

बाघ गणना आजदेखि सुरु हुँदै

काठमाडौं, मंसिर १४ – बाघ गणना बिहीबारदेखि सुरु हुँदैछ । वन विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार ‘क्यामरा ट्र्यापिङ’ पद्धतिद्व...